पहिरो पीडितलाई दश दश हजार सहयोग

पहिरो पीडितलाई दश दश हजार सहयोग

भरत प्रसाद सापकोटा, बागलुङ केहि दिन देखीको वर्षाका कारण जमीन धस्सिएर भूस्खलनको अवस्थामा पुगेको काठेखोला गाउपालिका ९ ५ बिहुँ काउलेको गाउँ प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले पीडितलाई दश दश हजार सहयोग गरेको छ । यसै गरि स्थलगत निरीक्षण अनुगमन गरेर पीडितहरुको मर्कालाई बुझेको छ ।काउले गाउँको ठाउँठाउँमा जमिन चिरा परेर घरहरु चर्किएका छन भने स्थानीय एकदर्जन दलित परिवार बिस्थापितकै अवस्थामा रहेका छन् । गाउँमा जमीन चिरिएर भूस्खलन हुँदै गरेकोअवस्थालाई हेर्दा यसलाई रोकथामको अबिलम्ब व्यवस्था नगरिएमा त्यस देखी तल रहेको मध्यपहाडी लोकमार्ग र मानवबस्तीनै उच्च जोखिममा…

Read More

सानिमा लाईफ र मेडिकेयर हस्पिटल बिच नगद रहित स्वास्थ्योपचारको सम्झौता

सानिमा लाईफ र मेडिकेयर हस्पिटल बिच नगद रहित स्वास्थ्योपचारको सम्झौता

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर चावहिलमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरेको ईन्स्योरेन्स द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  सो अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक…

Read More

कानुन संकाय डीन कार्यालयमा तालवन्दी

कानुन संकाय डीन कार्यालयमा तालवन्दी

स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रियामा विवाद भएपछि बिद्यार्थीहरुले त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय डीन कार्यालयमा तालवन्दी भएको छ ।निर्धारण गरिएको कोटाभन्दा बढि बिद्यार्थी भर्ना गर्ने तयारी भईरहेको भन्दै बिद्यार्थीहरुले डीन कार्यालयमा तालवन्दी गरेका हुन् । यसअघि ८ सय सम्मको कोटा निर्धारण गरि प्रवेश परिक्षा लिएको अबस्थामा प्रवेश परिक्षाको नतिजा सार्वजनिक नगरि बिद्यार्थीको संख्या बढाउने चलखेल भएको उनीहरुको आरोप छ । प्रवेश परिक्षाको नतिजा सार्वजनिक गर्नुपर्ने , डिन , सहायक डिन र क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने , कानुनी बिभागमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बिद्यार्थीहरुको माग छ । त्यस्तै क्याम्पसको पूर्वाधार बढाउनुपर्ने…

Read More

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

बजेटको महत्त्वपूर्ण अंग ‘विनियोजन विधेयक २०७५’ प्रतिनिधिसभाको बैठकले पास गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावअनुसार विधेयक बहुमतले पारित भएको हो ।तर, यो विधेयक पूर्ण रुपमा पास हुन भने अझै समय लाग्नेछ।राष्ट्रियसभामा छलफल गरी पास हुन बाँकी नै छ। अब राष्ट्रियसभामा पनि सोही विधेयकमाथि छलफल हुनेछ। संसद् सचिवालयका अधिकारीहरूका अनुसार राष्ट्रियसभाले हुबहु पारित गर्ने वा थप संशोधन गर्न सक्नेछ। हुबहु वा संशोधनसहित पास गरेर राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउने र राष्ट्रपतिबाट प्रमाणित गराएपछि कार्यान्वयनमा जानेछ। आगामी…

Read More

नुहाउन गएकी दुई बालिकाको खोलामा डुबेर मृत्यु

नुहाउन गएकी दुई बालिकाको खोलामा डुबेर मृत्यु

फाईल फोटो रौतहटको स्थानीय खोलामा नुहाउन गएकी २ बालिकाको शुक्रबार डुबेर मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिका-७ स्थित कुडीयामा रहेको भकुवा खोलामा डुबेर १० वर्षीया सविना खातुन र ९ वर्षीया मजदा खातुनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घरबाट दुबै नुहाउन गएको बेला घटना भएको हो ।प्रहरी निरिक्षक मनोज यादवले उक्त खोलामा कुनै पनि बालबालिकालाई नुहाउन नपठाउन स्थानीयलाई अनुरोध गर्दै आएको बताए । ‘हामीले पहिलादेखि नै भन्दै आएका थियौं,’ उनले भने, ‘केही महिनाअघि यही खोलामा डुबेर २ बालिकाको मृत्यु भएको थियो ।’

Read More

प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको म्याद १५ दिन थप

प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको म्याद १५ दिन थप

प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा ३ ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ ।शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि १५ दिन म्याद थपेको हो ।प्रदेशका १० जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । राजधानी माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरेका काभ्रे, भक्तपुर, नुवाकोट, चितवन, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, रामेछापको अध्ययन सकिसेकेको समितिले अहिले अस्थायी राजधानी रहेको मकवानपुरको अध्ययन गरिरहेको छ । मकवानपुरको अध्ययन सकेर प्रतिवेदन बुझाउनका लागि थप समय आवश्य भएको समितिका सभापति दीपक निरौंलाले…

Read More

तीते करेलाको फाइदासँगै बेफाइदा,यस्तोसम्म हुनसक्छ

तीते करेलाको फाइदासँगै बेफाइदा,यस्तोसम्म हुनसक्छ

तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी( उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ। पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि…

Read More

अधिनायकवाद आउँछ’ भनेर ‘चैनेकेरे’, ‘माने’ जस्तै थेगो बनाइएको छः प्रधानमन्त्री

अधिनायकवाद आउँछ’ भनेर ‘चैनेकेरे’, ‘माने’ जस्तै थेगो बनाइएको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि खतरा छ भनेर आमजनतालाई भ्रमित नपार्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभा बैठकमा शुक्रबार जवाफ दिँदै उनले ‘अधिनायकवाद’ आउँछ भन्नु कांग्रेसको थेगोमात्र भएको र लोकतन्त्रमाथि कुनै खतरा नरहेको बताए । उनले मुलुकमा ‘कम्युनिस्ट अधिनायकवाद आउँछ’ भनेर ‘चैनेकेरे’, ‘माने’ जस्तै थेगो बनाइएको उल्लेख गर्दै सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? आमजनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पन्छाउन सक्तैन’ प्रधानमन्त्रीले भने ।…

Read More

ललितपुरमा बस दुर्घटना, ठुलो हताहत भएको आशंका

ललितपुरमा बस दुर्घटना, ठुलो हताहत भएको आशंका

ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर डिहेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ प्रहरी टोली उद्धारको लागि पुगिसेकेको छ। बसमा सवार ३५ जना यात्रु थिए। घाइते १६ जनालाई आनन्दवन अस्पतालमा उपचारको लागि ल्याएको र केहीलाई उद्धार गर्ने क्रम जारी छ। ‘एक जनाको ज्यान गइसकेको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा धेरै हताहत भएको देखिन्छ, हामी घाइतेलाई अस्पताल…

Read More

असार १५ मा कृषिराज्यमन्त्रीले माछा समातेपछि

असार १५ मा कृषिराज्यमन्त्रीले माछा समातेपछि

राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका ८ अर्ताहामा खेतमा माछा समाउने प्रतियोगिता आयोजना भयो । कृषिराज्यमन्त्री रामकुमारी चौधरीले खेतमा अरु प्रतियोगी जस्तै माछा पक्रिइन् । मन्त्रीले खेतमा माछा पक्रेपछि स्थानीयले ताली बजाए । यसअघि उनले स्थानीय परशुराम कार्कीको ठुले मोहर कृषि फारमभित्र धान रोपेर धान दिवसको शुभारम्भ गरेकी थिइन् ।

Read More