१५ घण्टाको अवधिमा ६ सय हवाई आक्रमण

१५ घण्टाको अवधिमा ६ सय हवाई आक्रमण

सिरियाली सेना तथा रसियाको गठबन्धन सेनाले सिरियाको दक्षिणी क्षेत्रस्थित इश्लामिक स्टेट आईएस लडाकुलक्षित ६ सय हवाई आक्रमण गरेको छ । गठबन्धन सेनाले १५ घण्टाको अवधिमा ६ सय हवाई आक्रमण गरेको अनुगमनकर्ताहरुको दाबी छ । विद्रोही र सरकारबीच हिजो भएको वार्ता सकारात्मक नभएपछि गठबन्धन सेनाले आक्रमण जारी राखेको समाचार संस्था रोयटर्सले जनाएको छ । सिरियाली राष्ट्रपति बसर अल असाद नेतृत्वको गठबन्धन सेनाले विद्रोहीको कब्जामा रहेको दक्षिणपश्चिमी क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास स्वरुप आक्रमण गरेको दाबी गरेको छ । टर्कीको सीमा नजिक उत्तरपश्चिमी क्षेत्र र दक्षिणी क्षेत्र मात्र अहिले विद्रोहीको कब्जामा रहेका छन्…

Read More

नेकपा स्थायी कमिटी बैठकः नियमावलीको टुंगो लगाउने जिम्मा सचिवालयलाई

नेकपा स्थायी कमिटी बैठकः नियमावलीको टुंगो लगाउने जिम्मा सचिवालयलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ। पार्टी एकतापछि  बिहीबार बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको…

Read More

अवैध सम्बन्धको पोल खुल्ने डरले एक जोडीले गरे १० वर्षीया बालिकाको हत्या

अवैध सम्बन्धको पोल खुल्ने डरले एक जोडीले गरे १० वर्षीया बालिकाको हत्या

काभ्रेमा अवैध सम्बन्धको पोल खुल्ने डरले एक जोडीले बालिकाको हत्या गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरीबीच बुधबार कुखुराको खोरमा अवैध शारीरिक सम्बन्ध गरिरहेको अवस्थामा सोही ठाउँकी १० वर्षीया एलिसा तामाङले देखेकी थिइन्। उनले देख्दा होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट करिब ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको थिए। एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले मन्सुरी र ती महिलालाई समातेर कुटपिट गरेका थिए। कुटपिटबाट दुवैजना घाइते भएको र उपचारको…

Read More

हेर्नुहोस् यस्ता छन् वर्षका उत्कृष्ट तस्बिर

हेर्नुहोस् यस्ता छन् वर्षका उत्कृष्ट तस्बिर

फोटो पत्रकार क्लबको आयोजनामा भएको ग्लोबल–आईएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोसी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आईएमई ग्लोबल आईएमई फोटो अफ दी इयर घोषित भएको छ । दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । सुनिता अन्नपूर्ण पोस्ट्की फोटो पत्रकार हुन् । त्यस्तै, अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफमा श्रीराम…

Read More

यी बुवाले जसले गराए नवजात शिशुलाई स्तनपान

यी बुवाले जसले गराए नवजात शिशुलाई स्तनपान

केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । एक बुवाले छोरीलाई स्तनपान गराइरहेको तस्बिरलाई लिएर धे‍रैले प्रशंसा गरेका छन् भने केहीले कडा आलोचना पनि । आलोचना र प्रशंसालाई पर्वाह नगरी अमेरिकाको एक राज्य विस्कोन्सिन निवासी एक युवा म्याक्समिलन आफ्नी छोरीको स्याहार गरिरहेका छन् । प्रसुतिका क्रममा उनकी पत्नी अप्रिलको स्वास्थ्यमा समस्या भएर नवजात छोरीलाई स्तनपान गराउन सकेकी थिइनन् । त्यही कारण यी युवाले आफ्नी छोरीलाई दूध खुवाउने जिम्मेवारी लिए । पहिलो पटक आमा बनेकी अप्रिलका अनुसार उनलाई पोलिसिस्टिक सिन्ड्रो भएको थियो । जसका कारण आफूलाई सन्तान हुने कुरा पनि…

Read More

आमसञ्चारलाई जनताप्रति उत्तरदायी बनाउनु पर्छः सञ्चारमन्त्री बास्कोटा

आमसञ्चारलाई जनताप्रति उत्तरदायी बनाउनु पर्छः सञ्चारमन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले आमसञ्चारलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।  बिहीबार सिंहदरबारमा नेपाल पत्रकार महासंघले बुझाएकोे आमसञ्चार माध्यम सम्बन्धी नमूना ऐनको मस्यौदा बुझ्दै उहाले सञ्चारमाध्यमको बिश्वसनियतालाई कायम राख्न आमसञ्चारलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभएको हो । उहाले राज्यले स्वीकार गरेको चौथौ अंग सञ्चारकर्मी मर्यादित भएर अघि बढ्न सुझाव पनि दिनुभयो । सामाजिक सञ्जाल र मुख्यधारको सञ्चारमा भिन्नता हुनुपर्ने उहाको भनाई छ । उहाले सामाजिक सञ्जालमा आएका भ्रमहरुलाई सञ्चारमाध्यमले चिर्नुपर्ने जिकिर गर्नुभयो । नेपालको प्रेस र पत्रकारीतालाई बिश्वसामू नमूना बनाउनुपर्ने उहाको भनाइ छ । ज्ञापन पत्र बुझाउदै पत्रकार…

Read More

बाघको छालासहित काठमाडौंमा एकजना पक्राउ

बाघको छालासहित काठमाडौंमा एकजना पक्राउ

बाघको छाालासहित काठमाडौंमा एक जना पक्राउ परेका छन् । बाघको छाला विक्रिवितरण तथा ओसारपरार भइरहेको सूचनाका आधारमा महानगरीय प्रही बृत्त लैनचौरको खटिएको टोलीले काठमाडौं महानगरपालिका २६ कपुरधाराबाट दोलखा गौरिशंकर गाउँपालिका ५ का २१ वर्षीय वियन खड्कालाई पक्राउ गरेको हो । बाघको छालासहित पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी बृत्त लैनचौरबाटै अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । अनुसन्धान पश्चात खड्कालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरीको भनाइ छ ।

Read More

शेयर बजारमा हरियालीः दोहोरो अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियालीः दोहोरो अंकले बढ्यो नेप्से

शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार…

Read More

सशस्त्र प्रहरीका ५ एआईजीले किन दिए एकैपटक राजीनामा ?

सशस्त्र प्रहरीका ५ एआईजीले किन दिए एकैपटक राजीनामा ?

सशस्त्र प्रहरी बलका फाजिलमा रहेका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन्। सरकारले घटुवा गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै उनीहरुले एआईजीकै हैसियतमा पदबाट राजीनामा दिएका हुन्। प्रहरी महानिरीक्षक शैलैन्द्र खनाललाई उनीहरुले विहीबार राजीनामा पत्र बुझाएका हुन्। खनालले सो राजीनामा गृह मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीलाई बुझाएका छन्। सशस्त्र प्रहरीका एआईजी जानकीराम भट्टराईले आफूले राजीनामा दिएको स्वीकार गरे। ‘मैले राजीनामा दिए, अरुको बारेमा म जान्दिन्’ उनले भने। सरकारले एआईजी पद कटौती गरेपछि उनीहरु जिम्मेवारीविहिन बनेका थिए। उनीहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न वा डीआईजीमा घटुवाका लागि तयार…

Read More

मेसी र रोनाल्डोको कारणले भाँडियो घरबार, श्रीमान् श्रीमतीबीच डिर्भोस

मेसी र रोनाल्डोको कारणले  भाँडियो घरबार, श्रीमान् श्रीमतीबीच डिर्भोस

रूसमा जारी रहेको विश्वकप फुटबलबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिइसकेका छन् । तर पनि यी दुई देशका समर्थकबीच दुई सुपर स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई लिएर निरन्तर बहस चल्दै आएको छ । यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहसले समर्थकहरुबीच कुटाकुट र गालीगलौजसम्म हुने गरेको छ। यस्तै एउटा रोचक घटना विश्वकप आयोजक राष्ट्र रसियाबाट आएको छ । एक व्यक्तिले क्रिस्टियानो रोनाल्डोलाई लियोनेल मेसी भन्दा उत्कृष्ट भनेको झोँकमा पत्नीलाई तलाक दिएको समाचारले अहिले फुटबल जगतलाई तताएको छ। यो घटना २६ जुनमा भएको हो । त्यसदिन अर्जेन्टिनाले नाइजेरियालाई २-१ ले हराएको थियो ।…

Read More