उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित कारोबारी पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित कारोबारी पक्राउ

अभि लामिछाने, उदयपुर लागुऔषध ओसार-पसारमा संलग्न रहेको ८ जनालाई जिल्ला प्रहरी कार्यलय उदयपुरले ठुलो परिमाणमा लागुऔषध सहित सोमवार सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । लागुऔषध सहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ११ पुरानो सब्जी बजार गाईघाटका २७ वर्षिय गैड भनिने उद्धब तामाङ, त्रियुगा नगरपालिका– ११ शिवालय टोलका २१ वर्षिय धनबहादुर बिक, ३० वर्षिय बिकास पराजुली, त्रियुगा नगरपालिका– ११ गाईघाटका किशोरद्धय १७ वर्षिय मनिस कार्की, १७ वर्षिय समिर मगर र कटारी नगरपालिका– २ घर भई त्रियुगा नगरपालिका– १० बोक्से बस्दै आएको १९ वर्षिय चक्रबहादुर…

Read More

दुवै आँखा झर्ने गरी कुटपिट गरेपछि खड्कालाई आठ वर्ष कैद, तीन लाख जरिवाना

दुवै आँखा झर्ने गरी कुटपिट गरेपछि खड्कालाई आठ वर्ष कैद, तीन लाख जरिवाना

जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो । अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । एकबहादुरले २०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए ।…

Read More

“फ्रान्ससँग निडर भई खेल्ने छौं” – बेल्जियमका प्रशिक्षक मार्टिनेज

“फ्रान्ससँग निडर भई खेल्ने छौं” – बेल्जियमका प्रशिक्षक मार्टिनेज

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् । बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् । “भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु पर्ने हुन्छ ,” मार्टिनेजले इएसपिएनसंगको अन्तरवार्तामा बताए । “यदि हामीले डर देखायौं भने हाम्रो क्षमता अनुसार प्रदर्शन गर्न सक्ने छैनौं ,” मार्टिनेजले थपे । फ्रान्सका किलियन एम्बाप्पेका लागि छुट्टै रणनीति पनि आफूले तयार पारेको उनले बताए । मार्टिनेजलाई प्रशिक्षण…

Read More

हेटौंडामा एकदिने सुरक्षित र सहज ट्राफिक व्यवस्थापनसम्बन्धि अनुशिक्षण सम्पन्न

हेटौंडामा एकदिने सुरक्षित र सहज ट्राफिक व्यवस्थापनसम्बन्धि अनुशिक्षण सम्पन्न

दीपक पराजुली , मकवानपुर । हाम्रो अभियान सुरक्षित र सहज ट्राफिक व्यवस्थापन भन्ने नाराका साथ सुरक्षित सवारी परिचालन सम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मध्यक्षेत्रिय प्रहरी कार्यालय पथलैयाले हेटौडामा गरेको कार्यक्रममा हेटौडास्थित विभिन्न सरकारी कार्यलयमा कार्यरत सवारी चालकहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाले प्रमुख अतिथि रहेको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बूढाको उपपस्थिती रहेको थियो । कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक दिलेन्द्र ठाकुरले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए भने प्रहरी निरिक्षक दिपेन्द्र कुमार सिंहले कार्यक्रमको…

Read More

डा. गोविन्द केसीको अवस्था जटिल बन्दै, प्रधानमन्त्रीसगँ बोल्न सकेनन्

डा. गोविन्द केसीको अवस्था जटिल बन्दै,  प्रधानमन्त्रीसगँ बोल्न सकेनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन । सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा समस्या आएपछि कुराकानी हुन नसकेको उनका आफन्त किशोर केसीले बताए । ‘डा. केसीसँग प्रधानमन्त्रीले केही कुरा गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँ बोल्न नसक्ने भएपछि मैले फोनबाट कुरा गर्न नसक्ने बताए ।’ डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै…

Read More

काँग्रेसलाई ओलीको प्रश्न : कानून संसद्ले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसद्मा थपडी ठोक्ने हो ?

काँग्रेसलाई ओलीको प्रश्न : कानून संसद्ले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसद्मा थपडी ठोक्ने हो ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए। “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए। यो गठबन्धन एउटा पार्टी भइसक्यो”–प्रधानमन्त्री ओलीले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्छ। यसमा आत्तिनु पर्दैन।” प्रधानमन्त्रीले बेमौसममा कराउनेहरु केही दिनमा आफैँ चुप लाग्नेसमेत स्पष्ट पारे। उनले शान्ति प्रक्रियाका केही अवशेष पनि अब चाँडै नै टुंग्याइने धारणा राखे। प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा…

Read More

ज्ञानेन्द्र शाह पथमा हिँडेको भन्दै ओलीको तस्बिरमा श्रीपेच

ज्ञानेन्द्र शाह पथमा हिँडेको भन्दै ओलीको तस्बिरमा श्रीपेच

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारविरुद्ध सोमवार माइतीघरमण्डलामा प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाह पथमा हिँडेको भन्दै नेविसंघले ओलीको तस्बिरमा श्रीपेच लगाएर उनीहरुले प्रर्दशन गरेका थिए । नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा विरोध जुलस नारावाजी गर्दै माइतीघरमा कोणसभामा परिणत भएको थियो । महरले सरकार विधी र कानुनर्ला मिच्दै मनपरी गर्न थालेको भन्दै आन्दोलन जारी राख्ने बताए । महरले सरकारद्वारा घोषणा गरिएको निषेधित क्षेत्रविरुद्ध साउन १ गते वृहत्त प्रर्दशन गर्ने समेत जनाए ।

Read More

तोकियो राजदुतको न्युनतम योग्यताः अंग्रेजी जान्नैपर्ने, यस्ता छन् थप मापदण्ड

तोकियो राजदुतको न्युनतम योग्यताः अंग्रेजी जान्नैपर्ने, यस्ता छन् थप मापदण्ड

मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन । जति कक्षा पढेको व्यक्ति पनि राजदूत हुन पाउने यसअघिको प्रावधान अब खारेज भएको छ । सरकारले पारित गरेको निर्देशिकाले राजदूत हुने व्यक्तिको शैक्षिक योग्यता, आचरण लगायतका मापदण्ड तोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । राजदूत हुने व्यक्तिका…

Read More

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड

कुरो नबिग्रे सम्म स्वागत–सत्कार कुरो विग्रे वलात्कार प्रेम सुनार, समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यमा संप्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जित पारेको छ । सञ्चार माध्यमा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थानिय समाज सेवीको आग्रह छ । फेरी दोहराईदै छ ‘माछा र कान’को विकृति । घरमा श्रीमतीलाई खोला तिर माछा खान जान्छौं भन्दै ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने ’रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केहि…

Read More

आफ्ना नेता कार्यकर्तालाई अपमान भएको भन्दै पार्टी एकता तोड्ने गच्छदारको चेतावनी

आफ्ना नेता कार्यकर्तालाई अपमान भएको भन्दै पार्टी एकता तोड्ने गच्छदारको चेतावनी

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् । नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् । सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे । उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरेका छन् । गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् । गच्छदार नेतृत्वको…

Read More