सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताएका छन्। पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा शनिबार पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा उनले नयाँनयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको बताए। नेता नेपालले सरकारका राम्रा कामको समर्थन गर्न र रचनात्मक सुझाव दिन आग्रह गर्दै अनुचित माग पूरा गर्नुपर्ने बाध्यतामा सरकार नरहेको स्पष्ट पारे। कार्यक्रममा उनले पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणमा खेलेको योगदानको चर्चा गर्दै पुष्पलालले देखाएको बाटोमा अहिले कम्युनिष्ट पार्टी एकै…

Read More

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु, जनप्रतिनिधिलाई घटनास्थलमा जान समेत रोक

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु, जनप्रतिनिधिलाई घटनास्थलमा जान समेत रोक

धादिङको गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुई जनाको मृत्यु भएको छ। गाउँघरमा झाँक्री काम गर्दै आएका साइला भन्ने प्लेक तामाङ र नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बिकले बताए। तामाङ संस्कार अनुसार ४९ औं दिनको घेवा (काजकिरिया)मा जम्मा भएका गाउँलेले उनीहरुलाई कुटपिट गरेको र शनिबार उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले जनप्रतिनिधिलाई घटनास्थलमा जान समेत रोकेका छन्। गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले भने, ‘घटनाका बारेमा बुझ्न गएका गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षलाई गाउँलेले घटनास्थल पुग्न दिएनन्, कुटपिट गरेर दाहसंकार समेत गरिरहेको खबर पाएको…

Read More

इंग्ल्यान्डमा पारसको १ सय ६१ रन

इंग्ल्यान्डमा पारसको १ सय ६१ रन

फाइल तस्बिर कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको १ सय ६१ रनको मद्दतमा ठूलो स्कोर खडा गरेको थियो । नेपालले ५० ओभरमा सबै विकेट गुमाएर त्यो योगफल तयार पारेको हो । ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे। शरद भेषावकर…

Read More

डा. केसीलाई वार्तामा आउन सरकारको आग्रह, केसीले गरे अस्वीकार

डा. केसीलाई वार्तामा आउन सरकारको आग्रह, केसीले गरे अस्वीकार

डा.गोविन्द केसीलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । शनिबार एक विज्ञप्तीमार्फत वार्ता समिति संयोजक खगराज बरालले केसीलाई नि:शर्त वार्तामा आउन आग्रह गरेका हुन् । केसीले उठाएका माग वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने सरकारले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, निशर्त वार्तामा आउनोस् सरकार वार्ता गर्न तयार छ । निर्सत वार्ता गर्न सरकार जुनसुकै समय तयार छ ।’ सरकारले असार ३२ गते बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । तीन पटक वार्ता भएपनि सकारात्मक हुन नसकेको संयोजक बरालले विज्ञप्ती मार्फत बताएका छन् । सचिव स्तरीय वार्ताले…

Read More

आन्दोलनले खानेपानीको हाहाकार

आन्दोलनले खानेपानीको हाहाकार

चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् । नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताए ।…

Read More

राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव

राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राज्य अहिले पनि समावेशी हुन नसकेको बताएका छन् । संघीय समाजवादी फोरम नेपालले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा सो पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले जबसम्म विभिन्न जाति, धर्म, लिंग, भाषाका आधारमा गरिने विभेद कायम रहेसम्म राजनीतिक समस्या यथावत रहने बताए । उनले भने, ‘लोकतन्त्रलाई पूर्ण समावेशी बनाउने कार्य संविधान सशोधनबाट मात्र हुन्छ, सविधान सशोधनको सहमति भएको छ, त्यसपछि धेरै समस्याको समाधान हुनेछ ।’ उनले संघीय प्रणालीलाई व्यावहारिक बनाउनेपर्ने भन्दै संघीयता र पहिचानलाई अलग गरिँदा विवाद कायम रहने उल्लेख गरे । ‘संघीयतामा पहिचान…

Read More

वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरीबीच झडप

वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरीबीच झडप

 चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्रा डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढिरहेको थियो। तरुण दल र केसीका स्वतन्त्र समर्थकहरु सँगै देखिए पनि तरुणदलका कार्यकर्ताहरु प्रायले भने झण्डा बोकेका थिए। तरुण दलको झण्डा सहित केही युवा माइतीघरमा देखिएपछि सोलिडारिटी फर डा. केसीका अभियान्ताहरुले स्वतन्त्र नागरिकहरुको र्‍यालीमा कुनै पनि दलको झण्डा बोकेर उपस्थित नभइदिन माइकिङ गरेका थिए। तरुणदलले एक बजे…

Read More

आदित्य दाहालको प्रतिभा खोजीको विषय : प्रम ओली

आदित्य दाहालको प्रतिभा खोजीको विषय :  प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलेआदित्य दाहालको प्रतिभा विज्ञानको लागिखोजीको विषय भएको बताउनुभएको छ । आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियुगको आदित्य ज्योतिषपथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना अाएकाे ज्ञानले आफैं आश्चर्यजनक भएको बताउनुभएको छ । आदित्यको दार्शनिक श्रृंखला, चिन्तन प्रक्रिया र धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आदित्यको शारिरीक मात्रहोइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ’…

Read More

आन्दोलन जारी राख्नुहाेस् : गृहमन्त्री

आन्दोलन जारी राख्नुहाेस् :  गृहमन्त्री

गृहमन्त्री रामबहादु थापा मगरले उत्पीडित समुदायले अझै आन्दोलन जारी राख्नु पर्ने बताएका छन्। नेपाल मगर संघ २ नं. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृह मन्त्री मगरले वर्षौंदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका हुन् । ‘एउटा परिवारको शासन व्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था त आएको छ’, मन्त्री मगरले भने, ‘तर सम्पूर्ण जातजाती, समुदाय र वर्गको शासन सत्तादेखि राज्यका हरेक तह, तप्का र निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुन सकेको…

Read More

बझाङमा पहिरोमा परी चारजनाको मृत्यु, दुई घाइते

बझाङमा पहिरोमा परी चारजनाको मृत्यु, दुई घाइते

बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा, उनका ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय मंगल थापा रहेको घटना स्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए। घटनामा सोही गाउँका ५ वर्षीया कविराज थापा र रिकेश थापा घाइते छन्। गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा बाटोमा हिड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी…

Read More