नेपालीहरु किन सेक्सका लागी अध्याँरो स्थान वा समय रोज्छन ? रोचक तथ्य …

नेपालीहरु किन सेक्सका लागी अध्याँरो स्थान वा समय रोज्छन ? रोचक तथ्य …

अधिकांश नेपालीहरु यौन कार्यका लागी एकान्तमात्रै होईन अध्याँरो स्थानको समेत आवस्यकता महशुस गर्ने गरेका छन । यहि कारण यौनसम्बन्धका लागी नेपालमा रातको समयलाई सहि समय मानिन्छ । यसका विभिन्न मनोवैज्ञानिक कारणहरु छन ।  लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुराकानीमा आधारित यौन जानकारी तल अध्ययन गर्नुहोस् । मनोबिज्ञान बृहत…

Read More

यस्तो बन्दैंछ धौलागिरी आधार शिविर पुग्ने पदमार्ग

यस्तो बन्दैंछ धौलागिरी आधार शिविर पुग्ने पदमार्ग

धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण हुने भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्रवकुमार पाइजाले जानकारी दिनुभयो । चिमखोलाका ४८ मजदूरले २७ दिनसम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । थप ५० मिटर पहाड काट्ने र दुई किलोमिटर भिरमा पदमार्ग बनाएपछि धौलागिरि पहिलो हिमालको आधार शिविरमा सहजै पुग्न सकिने पाइजाले बताउनुभयो । यसअघि…

Read More

ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए । केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिए । उनी सहितको टोली केही दिनअगाडि तिब्बत गएको बुझिएको छ । रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा…

Read More

उद्धार गरिएका युवती काठमाडौं पुगेकै दिन थप १६ को उद्धार

उद्धार गरिएका युवती काठमाडौं पुगेकै दिन थप १६ को उद्धार

नयाँदिल्ली — दिल्लीस्थित मुर्निकाको एक घरबाट उद्धार गरिएका १६ नेपाली युवती काठमाडौं पुगेकै दिन बन्धक बनाएर राखिएका थप १६ को मंगलबार उद्धार गरिएको छ । नयाँदिल्लीको इग्नो रोड, साकेतमा राखिएका दुई भारतीयसहित १८ महिलालाई नेपाली दूतावास र स्थानीय प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका नेपाली महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेको थियो। उनीहरूमध्ये केहीलाई भैरहवाबाट सिधै र केहीलाई बनारसको बाटो हुँदै mदिल्ली पुर्‍याइएको थियो। दुई साताअघि उत्तर प्रदेशको बनारसमा वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक पठाउने भन्दै डढ सय नेपाली महिलालाई…

Read More

सेफ्टी ट्याङ्की बनाउँदा समेत घुस लिएपछि

सेफ्टी ट्याङ्की बनाउँदा समेत घुस लिएपछि

गुलरिया दश हजार रुपैयाँ घुस लिएको आरोपमा यहाँ एकजना एकजना इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले गुलरिया नगरपालिका कार्यालयमा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर रमेशकुमार गौतमलाई पक्राउ गरेको हो । बबई बहुमुखी क्याम्पस गुलरियाको शौचालयको सेफ्टी ट्याङ्की निर्माण पुरा भएपछि प्रतिवेदन बापत १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको टोलीले गौतमलाई पक्राउ गरेको हो ।

Read More

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

अनिल पोखरेल सप्तरीको राजविराज –१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीया भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । सूर्यनारायण साहको नागरिकता बनाउने…

Read More

सावित्रा चम्किँदा एपिएफ बन्यो उप–राष्ट्रपति कपको च्याम्पियन

सावित्रा चम्किँदा एपिएफ बन्यो उप–राष्ट्रपति कपको च्याम्पियन

सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा विभागिय नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपिएफ लिग च्याम्पियन बन्ने सफल भएको हो । एपिएफ लिगमा अपराजित रहेर महिला लिगको च्याम्पियन बन्न सफल भएको हो । जितसँगै एपिएफले चार खेलबाट १२ अंक जोड्न सफल भयो । एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन् । आर्मीका लागि पुनम जर्घा मगरले एक गोल फकाईन् । ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो…

Read More

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २.४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले…

Read More

सरकारले गर्यो विभिन्न निकायका तीन सचिवको सरुवा

सरकारले गर्यो विभिन्न निकायका तीन सचिवको सरुवा

सरकारले विभिन्न निकायका तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बुद्धिबहादुर खडकालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । प्रदेश १ को प्रमुख सचिवमा भने कसैलाई पठाइएको छैन । मन्त्रिपरिषदले गण्डकी प्रदेशका कायमुकायम प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । बिडारीलाई गण्डकी प्रदेशकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

Read More

साथीको रेस्लिङमा झैँ पछारेर हत्यापछि कुवामा पसेर आत्महत्या (सिसी टिभीको भिडियो )

साथीको रेस्लिङमा झैँ पछारेर हत्यापछि कुवामा पसेर आत्महत्या (सिसी टिभीको भिडियो )

  साथीसँग झगडा परेपछि साथीलाई डब्लुडब्लुइ रेस्लिङको स्टाइलमा कुट्दा साथीको ज्यान गएपछि कुट्ने छात्रले पनि आत्महत्या गरेका छन् ।कक्षाको सिसिटिभी क्यामेराले खिचेको लडाइँको भिडियो अहिले भाइरल भइरहेको छ । सामान्य विवादमा झगडा हुँदा दुई छात्रको ज्यान गएको बताइएको छ । रेस्लिङ स्टाइलमा फाइटको यो भिडियो तमिलनाडुको हो ।यहाँको कैथुर जिलल्लाको फतिमा मेट्रिक स्कुलमा यो झगडा भएको बताइएको छ ।यहाँ १० कक्षामा पढ्ने २ छात्रको झगडा भएको थियो । झगडाकै क्रममा एक छात्रले अर्का छात्रलाई उचालेर भुइँमा पछारे । पछारिने छात्र त्यसपछि उठ्न सकेनन् ।डाक्टरका अनुसार पछारिने छात्रको कार्डिएक अरेस्टका कारण…

Read More