देशभरमा ९० प्रतिशत रोपाइँ सम्पन्न

देशभरमा ९० प्रतिशत रोपाइँ सम्पन्न

कृषि विकास मन्त्रालयले देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले गत बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यसवर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ । गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ…

Read More

एकदिवसीय क्रिकेटमा ‘कार्डियाक किड्स’ को ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक

एकदिवसीय क्रिकेटमा ‘कार्डियाक किड्स’ को ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक

एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक रनले हराएको हो । २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।…

Read More

‘संवैधानिक अगंमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’ (विज्ञप्ति सहित)

‘संवैधानिक अगंमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’ (विज्ञप्ति सहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ । प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्यांकन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भएपनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्नसक्ने सुनिश्चित रहेको धारणा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत् जनाएका छन् ।

Read More

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई यस्तो चेतावनी

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई यस्तो चेतावनी

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् । आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिनुहुने बताएका हुन् । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भने, “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघिबढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।” कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै आएको हो । ट्रम्पले विशेषगरी…

Read More

हेर्नुहोस यसकारण बढेन तपाईँको तलब

हेर्नुहोस यसकारण बढेन तपाईँको तलब

विश्व समुदाय तीव्र आर्थिक विकासको गतिमा दौडिरहेको छ । लगानीको मात्रा पनि वर्सेनि बढेको छ । देश र कम्पनीहरु धनी हुँदै गएका छन् । तर, कर्मचारीको तलब भने बढेको छैन । आर्थिक विकासको तीव्र गतिमा विश्व समुदाय दौडिरहँदा कर्मचारीको तलब किन बढेन ? बेलायतको एउटा कम्पनीमा काम गरिरहेकी लुसीले आफ्नो क्षमता र काम अनुसार तलब नपाएपछि काम छाडिन् । अहिले उनी आफ्नै डिजिटल कम्पनी सञ्चालन गर्ने गर्छिन् । लुसीको कम्पनीले न्यूनतम वार्षिक तलब ३० हजार पाउण्ड तोकेको छ । यसबाहेक कम्पनीको लागि बिजनेश ल्याउने कर्मचारीलाई कमिशन र कम्पनीको नाफा पनि…

Read More

हजयात्राका लागि साउदी अरेबीया प्रस्थान

हजयात्राका लागि साउदी अरेबीया प्रस्थान

शम्भू माली , कपिलवस्तु साउदी अरेबीयामा हुने धार्मिक यात्रा (हजयात्रा)को लागि कपिलवस्तुबाट यात्रीहरु काठमाण्डौ प्रस्थान गरेका छन । जिल्लाका १० वटा ठाउँबाट १ सय ९३ जना हजयात्री हजयात्राको लागी बिहिबार काठमाण्डौ प्रस्थान गरेका हुन् । जसमध्ये तौलिहवाबाट ९६ जना रहेका छन । अघिल्लो बर्ष १ सय ७९ जना गएका थिए । हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुको ठूलो भीड लागेको थियो । यस वर्ष ३२ जिल्लाबाट हज समिति र प्राबिधिक टोली सहीत १ हजार २ सय १० जना मक्का मदिना जान लागेका हुन । भने कपिलवस्तुबाट देशभरमा…

Read More

पैसाकाे बाकस चोरेर भाग्दा लडेर दुई युवाको मृत्यु

पैसाकाे बाकस चोरेर भाग्दा लडेर दुई युवाको मृत्यु

लमजुङ  । क्व्होलासोथर गाउँपालिका, ९ छापागाउँस्थित एक पसलबाट पैसाकाे बाकस चोरेर भाग्दा दुई युवाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुने युवाकाे कुनै पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । छापागाउँस्थित मरिचमान गुरुङको पसलबाट पैसा चोरेर भाग्दा भिरबाट खसेर उनीहरुको मृत्यु भएको हाे । घटना शुक्रबार दिउँसो २ बजे भएको हो । उनीहरु करिब तीन सय ५० मिटर तल खस्दा मृत्यु भएको निरीक्षक अधिकारीले जानकारी गराएका छन् । चोरीमा संलग्नमध्ये छापागाउँका ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको बताइएको छ…

Read More

सर्पदशंबाट महिलाको ज्यान गयो

सर्पदशंबाट महिलाको ज्यान गयो

नवलपरासी , १८ साउन सर्पदशंबाट नवलपरासी पूर्व कावासोती निवासी एक जना महिलाको ज्यान गएको छ । कावासोती तीन अठ्ठाईस विगाहा निवासी ५५ वर्षकी कृष्णकुमारी रिमालको सर्पले डस्दा ज्यान गएको स्थानीय पवित्रा पौडेलले जानकारी दिईन । घाँस काटेर भैसीलाई राख्दिनेक्रममा उनलाई सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाउदा वित्तिकै कावासोतीको कालीगण्डकी अस्पतालमा उपचारका लागि लगेको भए पनि उनको बाटोमा नै मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

Read More

नेदरल्याण्डलाई सुरुवाती झड्का, दोस्रो बलमै लिए सोमपालले विकेट

नेदरल्याण्डलाई सुरुवाती झड्का, दोस्रो बलमै लिए सोमपालले विकेट

नेदरल्यान्ड्सविरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका वलर सोमपाल कामिले दोस्रो बलमै नेदरल्याण्डका ओपनर माईबर्गको विकेट लिए पछि नेदरल्याण्डलाई सुरुवाती झड्का लागेको हो । यस अघि नेपालका पारस र सोमपाल चम्के पछि नेपालले दियो २ सय १७ रनको चुनौति दिएको छ। ४८.५ ओभरमा अलआउट हुँदै नेपालले २१६ रन बनाएको हो। नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए भने कप्तान पारस खड्काले ५१ रन बनाए। कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का हानरे ६१ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्का…

Read More

सानिमा लाईफ र मेगा बैैंक बीच बैंक्यास्योरेन्स सम्झौता

सानिमा लाईफ र मेगा बैैंक बीच बैंक्यास्योरेन्स सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र मेगा बैंक बीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच ईन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी.तथा बैकका तर्फ बाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरि सेवा सुरु गरेको इन्स्योरेन्स द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंक्यास्योरेन्स सम्झौता अनुशार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखा हरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने बताएको छ ।

Read More