बम विस्फोट गराएको आशंकामा नौजना पक्राउ

बम विस्फोट गराएको आशंकामा नौजना पक्राउ

विराटनगर आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका सबैको नाम गोप्य राखिएको छ। राजनीतिक आवद्धता र विगत गोप्य राखेर अनुसन्धान अगाडि बढाएको मोरङका प्रहरी प्रमुख डीएसपी निशान थापाले जानकारी दिए। केही दिनअघि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महानगरसँग चन्दा मागरेको थियो। त्यसकै आधारमा विस्फोटमा नेकपाको संलग्नता रहेको आशंका समेत गरिएको छ। प्रहरीले भने यो विषयमा केही खुलाएको छैन।  बम विस्फोट भएको स्थानमा टिनका टुक्रा र धातु बाहेक अन्य केही कागजात फेला परेको छैन। बम विस्फोटपछि बसेको…

Read More

भारतको धौलीगङ्गाको बाँध खोलिँदै, महाकालीमा बाढी आउने खतरा

भारतको धौलीगङ्गाको बाँध खोलिँदै, महाकालीमा बाढी आउने खतरा

भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।…

Read More

जकार्ता शहर २०५० सम्ममा पुरै डुब्ने

जकार्ता शहर २०५० सम्ममा पुरै डुब्ने

इन्डोनेशियाको राजधानी जकार्ता शहर डुब्ने क्रम प्रत्येक बर्ष बढेकाले यो क्रम जारी रहे सन् २०५० सम्म पुरै शहर डुब्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् । १३ वटा नदी रहेको जकार्ता शहर हरेक वर्ष २५ सेन्टिमिटरको अनुपातमा डुबिरहेको भन्दै यही अनुपातमा डुबेमा सन् २०५० सम्ममा ९५ प्रतिशत शहर पुरै डुब्ने अनुसन्धानकर्ताको दाबी छ । बाङदुङ इन्टिच्युट अफ टेक्नोलनजीमा २० वर्षदेखि काम गर्दै आएका अनुसन्धाकर्ता हेरी आन्द्रिएसका अनुसार जकार्ताको उत्तरी क्षेत्र मात्रै १० वर्षको अवधिमा साढे २ मिटर डुबिसकेको बीबीसीले उल्लेख गरेको छ । जकार्ताको अन्य स्थानको तुलनामा उत्तरी क्षेत्र डुब्ने क्रम बढीरहेको…

Read More

कर्तव्य ज्यान मुद्दाका कैदी बिजुली मर्मत गर्ने बहानामा कारागारबाटै फरार

कर्तव्य ज्यान मुद्दाका कैदी बिजुली मर्मत गर्ने बहानामा कारागारबाटै फरार

जिल्ला कारागार, झापाबाट आज एकजना कैदी फरार भएका छन्। कर्तब्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका झापा गौरादहका २५ वर्षिय उमेश माझी आइतबार दिउँसो करिब तीन बजे जेलबाट भागेका हुन्। बिजुलीको काम गर्न जान्ने माझी कारगार भित्र बिजुली मर्मत सम्भारको काम गर्थे। आइतबार बिजुली मर्मतका लागि राखिएको सिंढी चढेर प्रहरीको सेन्ट्रिपोष्टमा चढेका माझी त्यहींबाट बाहिर भागेको जेलर यज्ञराज निरौलाले बताए। जेलको चारैतिरका सेन्ट्रिपोष्टमा प्रहरी भएपनि प्रहरी नभएको पोष्टबाट उनी भागेको निरौलाको भनाई छ। जेलमा बिग्रिएको मोटर बनाउन माझीको खोजी भएपछि मात्रै उनी भागेको थाह भएको थियो। गौरादहका १२ वर्षिय बालकको हत्यामा दोषि…

Read More

अन्तरजातीय विवाह गर्नेको परिवारमाथि कुटपिट

अन्तरजातीय विवाह गर्नेको परिवारमाथि कुटपिट

भोजपुर– अन्तरजातीय विवाह गरेको परिवारमाथि कुटपिट भएको छ। भोजपुरको अरुण गाउँपालिका ४ चरम्वीमा स्थानीय निशान नेपालीले सोही ठाउँकी राई समुदायकी एक युवतीसंग प्रेम विवाह गरेपछि निशानको परिवारका सदस्यमाथि कुटपिट भएको हो। स्थानीय भोजन राईसहित अन्य ३ जनाको समूहले निशानको परिवारमाथि कुटपिट गरेपछि जिल्लामा दलितको क्षेत्रमा काम गरिरहेका ६ वटा दलित संघ सस्थाले विज्ञप्ती जारी गरी विरोध जनाएका छन्। निशानकी बहिनी  आमा, ठुलो बुवासहित परिवारलाई गाली गलौजसहित मरणासन्न हुनेगरी कुटपीट गरेपछि संस्थाहरुले घटनाको भत्र्सना गरेका छन्। नेपाल राष्ट्रिय दलित मुक्त मोर्चाका अध्यक्ष वविन्द्र रसाईली, नेपाल दलित संघका उपाध्यक्ष अनिल विक, नेपाल…

Read More

जुवा खेल्नेलाई ३ वर्ष, खेल्न ठाउँ दिनेलाई एक वर्ष जेल

जुवा खेल्नेलाई ३ वर्ष,  खेल्न ठाउँ दिनेलाई एक वर्ष जेल

काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ । जुवा खेल्नेमात्र नभई अरुले…

Read More

माछापुच्छ्रे बैंकको सुपर एजेण्टमा जिएमई रेमिट

माछापुच्छ्रे बैंकको सुपर एजेण्टमा जिएमई रेमिट

माछापुच्छ्रे बैंकले जिएमई रेमिटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जिएमई को ७००० भन्दा बढी एजेण्टहरु बाट हुनुका साथ जिएमई को भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श् सुमन शर्मा र जिएमई जिएमई रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरेको बैक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्ने बताएको छ  । एमबिएल रेमिटमार्फत स्वदेशमा पठाएको…

Read More

एनआईसी र जनरल ईन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता

एनआईसी र जनरल ईन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता

एनआईसी एसिया बैङ्क लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब यस बैङ्कका ग्राहकहरूले बैङ्कको २३७ वटै शाखाहरूबाट सहज रूपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने बैक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैङ्कको तर्फबाट बैङ्कका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के टमोटले हस्ताक्षर गरेको बताएको छ ।बैङ्कको हाल मुलुकभर २३७ शाखा कार्यालयहरू, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान आएको बताएको छ ।

Read More

राजपा नेपालका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटारमा

राजपा नेपालका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटारमा

फाइल फोटो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् । राजपाले प्रधानमन्त्रीसँग गएको बिहीबार भेट्न समय मागेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको राजपा नेताहरुको गुनासाकाबीच आइतबार भेट भएको हो । सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ…

Read More

स्थानीय निकायमा करको दर फरक भएकोमा सरकारको ध्यानआकर्षण

स्थानीय निकायमा करको दर फरक भएकोमा सरकारको ध्यानआकर्षण

स्थानीय तहमा करको समस्या बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा सम्बद्ध निकायहरुले जोड दिएका छन् । सोमबार नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेज प्रालिले काठमाडौमा आयोजना गरेको ‘नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’ विषयक अन्तरक्रियामा महालेलेखा परीक्षक, आईक्यान अध्यक्ष, अर्थविद तथा व्यवसायीले यस्तो बताएका हुन् । कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्माले स्थानीय तहमा देखिएका करका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु पर्ने बताए । आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले पनि प्रत्येक स्थानीय निकायमा करको दर फरक भएको तर्फ सरकारको ध्यानाकर्षण गराए । त्यस्तै खुसी साथ नागरिकले राज्यलाई कर तिर्न पाउने वाताबरण बनाउन…

Read More