बलात्कार बिरुद्ध उत्रनेलाई गोलीले भुट्ने तयारी कञ्चनपुरमा कर्फ्युसँगै सेना परिचालन

बलात्कार बिरुद्ध उत्रनेलाई गोलीले भुट्ने तयारी कञ्चनपुरमा कर्फ्युसँगै सेना परिचालन

१३ वर्षीय बालिका बलात्कारपछि हत्या गर्ने दोषीमाथी कारबाहीको माग गदै प्रर्दशनमा उत्रिएका स्थानीयलाई सरकारले दमन गरेर पछि हटाउने तयारी थालेको छ । बिहिबार दिउँसो चरम दमनमा उत्रिएको प्रशासनले शुक्रबारका लागी कफ्र्यू जारी गरेसँगै सेना परिचालन गर्ने निर्णय गरेको छ । अहिले कञ्चनपुरको भिमदत्त नगरपालिका आसपासका क्षेत्रमा व्यापक रुपमा सेनाले गस्ती गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गरेपछि सोही ऐनको दफा ६ ९क० मा व्यवस्था भएअनुसार स्थितीलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

Read More

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ। गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहनुभएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको मन्त्रालयले जनाएको छ । यसैबीच गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै…

Read More

सपना देख्नुहुन्छ ? जान्नुहोस् भविष्यको संकेत गर्ने ६५ सपना र यसका फल

सपना देख्नुहुन्छ ? जान्नुहोस् भविष्यको संकेत गर्ने ६५ सपना र यसका फल

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ । यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ । १. अनार खाएको देखेमा धन र सन्तानको प्राप्ति । २. अलि अलि बादल देखे रोगबाट लाभ । ३. ऊँट देखेमा अपार धन प्राप्ति हुनु । ४. आकाश देखेमा  ऐश्वर्य वृध्दि, सन्तान हुनु । ५. आगो उठाएको देखेमा अवैध…

Read More

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले आफ्ना विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा भर्ना नगराएमा, विद्यालयले भर्ना लिन इन्कार गरेमा, विद्यार्थीले पढ्न पाउन नसक्ने अवस्था भएमा, त्यसबारे स्थानीय तहलाई लिखित जानकारी नदिएमा वा परीक्षा दिन रोक लगाएमा कसुर हेरेर रु तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव सो विधेयकमा गरिएको छ । प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सबैको सहज…

Read More

वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ : नेता खनाल

वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ : नेता खनाल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको एकीकरणमा योगदान पु¥याएका वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गरी प्रेरणा लिनुपर्ने बताउनुभएको छ । ‘टिस्टा–काँगडा–सतलज ऐतिहासिक नेपालको एकीकरणबारे बृहत् कला प्रदर्शनी’को समापन अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वीर योद्धाका बलिदान र देशको ऐतिहासिक एकीकरणका कारण हामी स्वतन्त्र राष्ट्रका स्वाभिमानी नेपाली हुन पाएकामा गौरव गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार मोदनाथ प्रश्रितले नेपाल र नेपालीले मेचीदेखि टिस्टा र महाकालीदेखि काँगडा सिमानासम्म करीब १२ वर्ष राज्य गरेको इतिहासलाई स्मरण गर्दै त्यस क्षेत्रमा लडेका वीर योद्धाको आदर्शलाई प्ररेणाका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो…

Read More

कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर

कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । दोस्रो चरणको भाषा परीक्षामा करीब तीन हजार २०० परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए । कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान…

Read More

कञ्चनपुरमा प्रहरीले दमन गरेको भन्दै कांग्रेस र राप्रपाले गरे बिरोध

कञ्चनपुरमा प्रहरीले दमन गरेको भन्दै कांग्रेस र राप्रपाले गरे  बिरोध

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएकोमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रहरी कार्यालयबाहिर प्रदर्शनमा उत्रिएकाहरुमाथि बिहीबार प्रहरीले गोली चलाएको थियो । कांग्रेस र राप्रपाले बिहीबार विज्ञप्ति जारी गरी प्रहरीको कदमप्रति विरोध जनाएको हो । जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनुपर्ने दायित्व भएको सरकारले अनुसन्धानमा ढिलाइ गरेका कारण सर्वसाधारणमा आक्रोश बढेको भन्दै कांग्रेसले पीडित पक्षको आक्रोशलाई संयमितपूर्वक आत्मसात गर्नुपर्नेमा उल्टै बल प्रयोग गरेको बताएको…

Read More

१८औं एसियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन

१८औं एसियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन

१८औं एसियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन भएको छ । नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एसियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित भएको हो । बिहीबार पुरुषको ६८ केजीमुनि स्पर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए । यसअघि आजै भएको पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकका आधारमा पराजित गर्दै दोस्रो चरणमा पुगेका थिए । यता महिलाको ४९ केजीमूनि तौलसमूहमा नेपाली खेलाडी अस्मिता खड्का पनि प्रि–क्वार्टरफाइनलमै पराजित भइन् ।…

Read More

नयाँ कानुनकाे प्रभाव : ‘पत्नीपीडित पति’हरु धमाधम सम्बन्ध विच्छेदकाे मुद्दा दायर गर्दै

नयाँ कानुनकाे प्रभाव : ‘पत्नीपीडित पति’हरु धमाधम सम्बन्ध विच्छेदकाे मुद्दा दायर गर्दै

 भदाै एक गतेबाट लागू भएकाे नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने सजिलाे प्रावधान भएपछि यहाँ त्यसकाे प्रभाव देखिन थालेकाे छ । श्रीमानले चाहेमा पनि सम्बन्ध विच्छेदका लागि कानुनले मान्यता दिने भएपछि जिल्लाका पत्नीपीडित पतिहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् । नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेद गर्न भन्दै भदौ ६ गते सम्ममा पाँचजना पुरुषले उजुरी दर्ता गराइसकेकाे जिल्ला अदालत पर्वतका न्यायाधीश ध्रुवबहादुर थापा बताउँछन् । उनले भने, ‘पुरुषहरूलाई पनि सम्बन्ध विच्छेदका लागि सोझै अदालत जान सक्ने सुविधा नयाँ कानुनले दिएकाे छ, यसले वर्षाै‌देखि सहेर बसिरहेका पुरुषहरुलार्इ…

Read More

प्रधानन्ययाधीशमा मिश्रको नाम सिफारिस

प्रधानन्ययाधीशमा मिश्रको नाम सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफरिस भएको छ । संवैधानिक परिषदले बिहीबार मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

Read More