मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान

मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५आँै वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश २ ले पूरा गर्ने दावी गर्नुभयो । मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागि मारवाडी समुदायको लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । मारवाडी…

Read More

सडकमा गुड्दै गरेको मोटरसाइकल घरभित्र छिरेपछि…..

सडकमा गुड्दै गरेको  मोटरसाइकल घरभित्र छिरेपछि…..

 अनियन्त्रित भएर घरभित्र छिरेको मोटरसाइकलको ठक्करबाट खोटाङमा दुई जना घाइते भएका छन्। सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको बाइक अनियन्त्रित भएर पसल घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाइते भएका हुन्। बच्चालाई बोर्डिङ लैजाने क्रममा बुधबार बिहान हाटडाँडा तर्फबाट त्रिबेणीचोक तर्फ जाँदै गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका शंकर कट्वालले चलाएको बाइक अनियन्त्रित हुँदा राईको पसलको ढोका फोड्दै घरभित्र पसेको प्रहरीले जनाएको छ। घाइते दुबैलाई उपचारका लागि काठमाडौं पठाइएको आफन्तले बताएका छन्। मोटरसाइकलले उनीहरुको खुट्टामा ठक्कर…

Read More

पत्रकार खड्काको अवस्था पत्ता लगाउन माग

पत्रकार खड्काको अवस्था पत्ता लगाउन माग

नेपाल पत्रकार महासङ्घले विगत चार दिनदेखि बेपत्ता भएका महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेको छ । महासङ्घले पत्रकार खड्काको खोजीमा सरकार गम्भीर हुनुपर्ने भन्दै अवस्था पत्ता लगाउन सरकारसँग माग गरिएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय निकाय, प्रदेश सरकार, सुरक्षा निकाय र सञ्चारसम्बद्ध सङ्घसंस्थासँग आग्रह गरेको छ । भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन हुनुभएको थियो…

Read More

जुडोमा नेपाल पराजित

जुडोमा नेपाल पराजित

एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । यसैगरी महिला ५२ केजीमुनिको तौल समूहमा खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० को अन्तरमा पराजित भइन् ।

Read More

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

धादिङ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मङ्गलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदी खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । नदीमा परेर हराइरहेका गजुरी गाउँपालिका वडा नं ६ का २१ वर्षीय रामकृष्ण भुजेलको खोजी भइरहेको भने बाइस वर्षीय केशर पुलामी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । दुर्घटनामा अन्य तीन घाइते भएकाले उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ । नदी ठूलो भएको र पानी परिरहेकाले उद्धारमा समस्या परेको…

Read More

खुल्ने भयो बाजेको सेकुवा ! सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश

खुल्ने भयो बाजेको सेकुवा ! सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश

काठमाडौं । बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले शिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि सुन तस्करीमा बाजेको सेकुवाका मालिकको पनि संलग्नता रहेको भन्दै सरकारले सबै शाखाहरुमा सिलबन्दी गरेको थियो । शिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले भदौ १० गते दोस्रो पटक सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चको फैसलामा भनिएको छ,‘सर्वोच्चले पेशा तथ व्यवसाय गर्न पाउने मौलिक हक भएकोले उक्त…

Read More

दोषीलाई कडा कारवाहीको माग

दोषीलाई कडा कारवाहीको माग

काठमाडौँ  । अन्तर पार्टी महिला सञ्जालले मुलुकभर महिला तथा बालबालिकामाथि भएका हिंसा र बलात्कारका घटनासम्बन्धमा छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको छ । सञ्जालले आज गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यस्ता घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उम्मुक्ति दिन नहुने जनाएको हो । सञ्जालका अध्यक्ष नीलम बर्मा नेतृत्वको टोलीले पछिल्लो समय मुलुकभर महिला तथा बालबालिकामाथि हिंसा, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । “कतै बोक्सीको नाममा महिलामाथि क्रूर यातना दिने काम भइरहेको छ भने कतै प्रथा परम्पराको नाममा महिलामाथि अपमान र तीरस्कार भइरहेको छ”,…

Read More

उच्च गुणस्तरको “स्टे फिट” बिस्कुट बजारमा

उच्च गुणस्तरको “स्टे फिट” बिस्कुट बजारमा

गुणस्तरीय बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्रि गर्दै आएको नेबिको प्रा.लि.ले उच्च गुणस्तरको “स्टे फिट” बिस्कुट बजारमा ल्याएको छ। चिनी प्रयोग नगरिएको बिस्कुटमा फुड ग्रेड स्विटनर र प्रशोधित गहुँ प्रयोग गरी बनाइएको बताएको छ। “स्टे फिट” बिस्कुटमा शारीरिक स्वास्थ्य सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ भएकोले हरेक उमेर समूह र वर्गका लागि निकै नै उपयोगी हुने कम्पनीको दाबी छ। यसका साथै मधुमेह भएका तथा नभएका दुवै उपभोक्ताको लागि लाभदायक हुने नेबिकोले विश्वास लिएको छ । लो क्यालोरी बिस्कुट हरेक उमेर समूह र हरेक वर्गका लागी निकै नै उपयोगी हुने बताएको छ…

Read More

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता, फेरी पक्राउ परिन् अर्कि नेतृ

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता, फेरी पक्राउ परिन् अर्कि नेतृ

बनेपा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट मङ्गलबार पक्राउ परेकी भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताए । उनलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । यसअघि सोही घटनामा संलग्न रहेको…

Read More

बस दुर्घटनामा एकको मृत्यु

बस दुर्घटनामा एकको मृत्यु

इटहरी । सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ । सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही…

Read More