सामाजिक सञ्जालमा यस्तो फोटो राखिन् अमेरिकन गायिका सेलेनाले

सामाजिक सञ्जालमा यस्तो फोटो राखिन् अमेरिकन गायिका सेलेनाले

अमेरिकन गायिका सेलेना गोमेजको बिकिनी लगाएको तस्बिरले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । २६ औँ जन्मदिनका क्रममा उनले कन्सर्ट र डुंगा सवारीमा रमाएका तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी हुन् । अगस्ट १५ मा सेयर गरिएका सेल्फी तस्बिरहरूमा उनी बिकिनीमा देखिएकी छिन् । उनी घुमफिरका लागि कुन स्थानमा गएकी हुन् भन्ने खुलाइएको छैन । सेलेनाले आफ्नो उत्कृष्ट समय बिताइरहेकी छिन् । तस्बिरमा उनका साथीभार्इ पनि र्छनन् । एउटा तस्बिरमा उनले नीलो र हरियो बिकिनी लगाएकी छिन् । सेलेना आफ्नो नयाँ एल्बमको तयारीमा व्यस्त छिन् । उनले आफ्नो जन्मदिनका अवसरमा छुट्टी निकालेर साथीहरूसँग रमाइलो गरेकी हुन् ।

Read More

विप्लव निकट अखिल क्रान्तिकारीका दुई नेता पक्राउ

विप्लव निकट अखिल  क्रान्तिकारीका दुई नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र अर्का विद्यार्थी नेता एकिन्द्र तिमल्सिना काठमाडौंको तीनकुनेबाट शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

Read More

कैलालीमा फेरी १४ वर्षीया बालिका बलात्कृत

कैलालीमा फेरी १४ वर्षीया बालिका बलात्कृत

प्रकाश मिश्र, कैलाली । देशभर बलात्कारका घटना बढीरहेका बेला कैलालीमा फेरी बलात्कारको घटना सार्वजनिक भएको छ । घोडाघोडी नगरपालिकामा एक १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । नगरपालिकाको वडा नम्बर ६ कि १४ वर्षीया बालिकालाई सोही ठाउका ३३ वर्षीया हर्क कुवरले बलात्कार गरेको खुलेको हो । १३ गते राती घरमा सुतिरहेकी बालिकालार्इ करिब १० बजेतिर कोहि नभएको मौका पारी कुवरले बलात्कार गरेको पीडित बालिकाका बुबाले प्रहरिलार्इ दिएको उजुरिमा उल्लेख छ । बालिकाको बुबा आमा पहाड गएकोबेला बालिका आफ्ना हजुरबुबासंग बस्दै आएकी थिइन । सोही रात भदौ १३ गते हजुरबुवा छिमेकिको…

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता, रक्षामन्त्री पोखरेल लेवनान प्रस्थान

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी स्वदेश फिर्ता, रक्षामन्त्री पोखरेल लेवनान प्रस्थान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन विहीबार विहान काठमाडौं आएका मोदी शुक्रबार साँझ स्वदेश फर्किएका हुन्। मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदाई गरेका थिए। यसअघि मोदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी रक्सौल–काठमाडौं रेल्वे सर्वे सम्बन्धी समझदारी गरेका थिए। बिमस्टेकमा सहभागी हुन आएका मोदी भारतको प्रधानमन्त्री भएपछिको यो चौथो नेपाल भ्रमण हो। यस्तै, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली…

Read More

चिकित्सक संघद्वारा आन्दोलनको घोषणाः आकस्मिकबाहेकका सेवा बन्द हुने

चिकित्सक संघद्वारा आन्दोलनको घोषणाः आकस्मिकबाहेकका सेवा बन्द हुने

केही दिनदेखि स्थगित नेपाल चिकित्सक संघको आन्दोलन फेरी सुरु हुने भएको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल संघले आन्दोलन घोषणा गरेको हो । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । साथै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ । भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब…

Read More

भारतले बनाइदिएको  धर्मशाला उद्घाटन

भारतले बनाइदिएको  धर्मशाला उद्घाटन

भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३९८ शय्याको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । शुक्रबार दुई प्रधानमन्त्रीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार भारत सरकारको अनुदानमा उक्त धर्मशाला बनेको हो। धर्मशालामा ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन्। जसमा ३ सय ९८ जना एकैपटकमा बस्न सक्छन्।

Read More

दोदोधरा स्वास्थ्य चौकीः स्थापनाकोे ४ दशकसम्म पनि स्तरोन्नती भएन

दोदोधरा स्वास्थ्य चौकीः स्थापनाकोे ४ दशकसम्म पनि स्तरोन्नती भएन

पवन मुडभरी, बौनियां । स्थापना भएको ४ दशकसम्म पनि दोदोधरा स्वास्थ्य चौकीको स्तरोन्नती हुन सकेको छैन । कैलालीको मध्यवर्ती क्षेत्र बर्दगोरिया गाउँपालिकामा ईलाका स्वास्थ्य चौकीको रुपमा ४ दशक अघि सञ्चालनमा आएको थियो । लामो समयदेखि सेवा दिईरहेको स्वास्थ्य चौकीमा भौतिक पूर्वाधार, बर्थिंग सेन्टर, लगायत आवश्यक पुर्वाधारहरु भएपनि सेवामा स्तरोन्नती हुन नसकेको स्वास्थ्यचौकी ईञ्चार्ज कृष्णदेव जोशीले बताए । लामो समयसम्म अस्पताल सञ्चालनका लागि आफुले पहल गरेपनि सम्बन्धीत निकायले ध्यान नदिएको उनले गुनासो गरे । स्थानीय निर्वाचनपछि जनपूतिनिधि आइसकेकोले अस्पताल सञ्चालन हुनेमा जोशीले आशा व्यक्त गरे । दैनिक सयौं बिरामी तथा महिनामा…

Read More

बसुन्धाराको गेष्ट हाउसमा एक महिला मृत फेला(भिडियो सहित)

बसुन्धाराको गेष्ट हाउसमा एक महिला मृत फेला(भिडियो सहित)

काठमाडौँमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा ७ स्थायी घर भएकी १८ वर्षीय लक्ष्मी परियार मृत फेला परेकी हुन् । काठमाण्डौको बसुन्धारामा रहेको स्पीड गेष्ट हाउसको एक कोठामा मृत अवस्थामा फेला परेकी हुन् । उनी त्यस होटेलमा भाद्र सात गते देखि बस्दै आएको खुलेको छ । ७ गते उक्त गेष्ट उसमा श्रीमान् सुनसरी धरानका अनिल परियारसँग आएकी थिइन् ।१२ गते बेलुका होटेलमा सँगै खाना खाएर सँगै सुतेको होटेल सञ्चालन मनोज तामाङले बताए । भोलि पल्ट उनका श्रीमानले उनी बिरामी छिन् केही दिन हामी आउँदैनौ…

Read More

अस्पताल खर्च तिर्न नसकेर १५ महिनादेखि अस्पतालमै बन्धक सुरज सम्झौता गरी छुटे

अस्पताल खर्च तिर्न नसकेर १५ महिनादेखि अस्पतालमै बन्धक सुरज सम्झौता गरी छुटे

बुटवल । उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको उद्धार गरिएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए । बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि मा गत वर्ष जेठको १४ गते भर्ना भएका विकको अस्पतालसँग सहमति गरी आज स्थानीय प्रशासनले उद्धार गरेको हो । अस्पतालले उनको बिल मात्र रु…

Read More

छुरा हानेर बाबुको हत्या

छुरा हानेर बाबुको हत्या

पाँचथर । पाँचथरमा छुराले हानेर एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन् । जिल्लाको वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले आफ्नै बाबुको हत्या गरेका हुन् । माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पारिवारीक झगडामा हत्या भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More