विप्लव समूहकी नेतृ भुजेललाई थुनामुक्त गर्न आदेश

विप्लव समूहकी नेतृ भुजेललाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज अदालतको मुख्य रजिष्ट्रार भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नु ।’ क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई यही भदौ १२ गते बालाजुबाट पक्राउ गरिएको थियो भने अनुसन्धानका लागि म्याद थप जिल्ला अदालत काभ्रेबाट गरिएको थियो । भुजेलले…

Read More

आफुलाई साइबाबा बताउने झाँक्रीबाट १५ वर्षीया बालिका पटक-पटक बलात्कृत

आफुलाई साइबाबा बताउने झाँक्रीबाट १५ वर्षीया बालिका पटक-पटक बलात्कृत

नेपालगन्जको गणेशपुरमा झारफुक गर्ने काममा संलग्न आफूलाई साइबाबा बताउने ४६ वर्षका एक व्यक्तिले १५ वर्षीया बालिकालाई तीन चार महिनादेखि बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा ती व्यक्तिले बलात्कार गरेको बाँके प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। वैशाख महिनादेखि नै साइबाबाले आफूमाथि बलात्कार गर्दै आएको बयान बालिकाले प्रहरी समक्ष दिएकी छिन्। उनले कसैलाई भनेमा जे पनि हुनसक्ने धम्की दिएका कारण अहिलेसम्म घटना गुपचुप राखेको उनले बताएकी छन्। बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तश्राप भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी हुन्। घटना थाहा…

Read More

नेपाल–चीन सम्बन्ध प्रगाढ ः सभामुख

नेपाल–चीन सम्बन्ध प्रगाढ ः सभामुख

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उनले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए । उनले भने, “अहिले तिब्बत दुई देशबीचको सम्बन्ध, व्यापार, पर्यटन, संस्कृति एवं अन्य चासोका क्षेत्रको द्वारका रुपमा रहेको छ ।” पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै सभामुख महराले केही दशकयता तिब्बतले आर्थिक एवं…

Read More

प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रमको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रमको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका छन्। प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताए । सो अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…

Read More

उखुको किनबेचमा देखिएका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री

उखुको किनबेचमा देखिएका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले उखु किसान र व्यवसायी बिच देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार उखु किसान र चिनी व्यवसायी तथा सरोकारवालापक्षसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले उखुको किनबेचमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । सरकारले उखु किसानलाई अनुदान दिएको भन्दै उनले अब उखु किसान प्रत्यक्ष लाभान्वीत हुने बताए । प्रधानमन्त्री ओलीले किसानबाट किनेको उखुबाट उत्पादन गरको चिनी बजारमा पठाउनुपर्ने भन्दै बाहिरबाट आयात गरिएको चिनीलाई स्थानीय उत्पादन भनेर बिक्री बन्द गर्न आग्रह गरेका छन् । चिनी किसानलाई मर्कामा पर्ने गरि व्यवसायीले चीन…

Read More

सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिनुभयो । विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेन्ट तथा छड उद्योगलाई कारवाही गरिसकेको छ । इजाजतपत्र रद्द गरेसँगै उद्योग सञ्चालन गर्न पाइँदैन ।

Read More

जनताबाट असुलेको कर दुरुपयोग गरेको भन्दै अर्धनग्न प्रर्दशन

जनताबाट असुलेको कर दुरुपयोग गरेको भन्दै अर्धनग्न प्रर्दशन

झापाको भद्रपुर नगरपालिकाले जनताबाट उठाएको करबाट नगरका चेलीलाई दर खुवाएको छ। नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायत नगरपालिका र विभिन्न महिला संघसंस्था गरी १५ सय जनाले दर खाएका छन् । तर जनताको करले दर खाएको भन्दै केही युवाले भने विरोध गरेका छन्। सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शन गरेर चर्चाको पात्र बनेका झापाका बिकेन लिम्बुले शुक्रबार भद्रपुर नगरपालिका अगाडि जनताको करबाट दर खाएको विरोधमा अर्धनग्न प्रदर्शन गरेका हुन्। भद्रपुर नगरपालिकाले जनताको करको बजेटबाट तीजको कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ पृथ्वीनगर निवासी बिकेन लिम्बुसहित दुई दर्जन बढी युवा प्रदर्शनमा सहभागी…

Read More

श्रीलङ्का रुबेला मुक्त घोषित

श्रीलङ्का रुबेला मुक्त घोषित

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले श्रीलङ्कालाई रुबेला मुक्त देश घोषणा गरेको छ । मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बिहीबार जानकारी दिनुभयो । श्रीलङ्कालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलङ्काका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गर्नुभएको थियो । श्रीलङ्कालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने यसअघि सन् २०१५ मै घोषणा गरिएको थियो ।

Read More

धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकाङ्क्षी घाइते

धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकाङ्क्षी घाइते

राष्ट्रपतिको निर्वाचन प्रचार प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ । दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी शहर जुइज दे फोरामा आक्रमण भएको थियो । उहाँको तत्काल शल्यक्रिया गरिएको थियो । शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराईरहनुभएका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ । धारिलो हतियारको आक्रमणबाट घाइते राष्ट्रपतिका उम्मेदवारना जाइर मेस्सियास बोल्सोरोको शान्ता कासा दे जुइज फोरा अस्पतालमा शल्यक्रिया भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभयो । बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्सटाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिनुभयो ।…

Read More

यात्रुसँग ३० प्रतिशत बढी भाडा असुली

यात्रुसँग ३० प्रतिशत बढी भाडा असुली

सार्वजनिक यातायातमा ‘डिलक्स’ र ‘सुपर डिलक्स’ का नाममा यात्रुसँग २० देखि ३० प्रतिशतसम्म बढी भाडा असुल्ने गरिएको छ । साउनपछि यातायात समिति नवीकरण नभए पनि टिकट काउन्टर भने चलिरहेका छन् । समितिका टिकट काउन्टरले भिडियो कोच, वाइफाइ सुविधाका नाममा बढी भाडा लिए पनि सुविधा भने नपाइने यात्रुको गुनासो छ । राम्रा देखिने सवारीमा यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिइने गरेको यातायात क्षेत्रको सुधार अभियानमा लाग्नुभएका अभियानकर्मी रामबहादुर थापाले बताउनुभयो । “विभागले तोकेको भाडा थोत्रा सवारीमा मात्र लागू भइरहेको छ, चढ्नसम्म हुने सवारीमा उनीहरुले चाहे जति भाडा लिन्छन्, समितिका टिकट…

Read More