गोलको खडेरी तोड्दै रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सको जित

गोलको खडेरी तोड्दै रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सको जित

युभेन्ट्समा आबद्ध भएयता अन्ततः क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ । इटालियन सिरिए अन्तर्गतको खेलमा रोनाल्डोले दुर्इ गोल गर्दै युभेन्टसलार्इ विजयी बनाए । तर रोनाल्डोले युभेन्ट्समा पुगेपछि गोलको खडेरी तोड्न भने चौथो खेलसम्म कुर्नुपर्यो । पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा रोनाल्डोले दुवै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोल दास्रो हाफको पाँच मिनेटमै  सहज ट्यापमा गरेका थिए । ६५ औं मिनेटमा उनले अर्को गोल थपे र टोलीलाई मजबुत अवस्थामा पुर्याए  इन्जुरी समयको पहिलो मिनेटमा खोमा बाबाकारले गोल गरेपनि…

Read More

रेल दुर्घटनामा कम्तीमा २० घाइते

रेल दुर्घटनामा कम्तीमा २० घाइते

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् । कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए । रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनाग्रस्त रेल दक्षिणी…

Read More

दोषीलाई कारवाहीको माग

दोषीलाई कारवाहीको माग

देशका विभिन्न स्थानमा भएका हत्या एवम् बलत्कारजस्ता जघन्य अपराधका दोषीलाई कारवाही गर्न र प्राकृतिक विपद्मा परेकालाई सहयोग गर्न माग गरिएको छ । प्रदेशसभाको आजको बैठकमा बोल्ने सदस्यले बाढी पहिरोका कारण विस्थापित भएकालाई राहत एवं निर्मला पन्त हत्या प्रकरणका दोषीको पहिचान गरी तत्काल कारवाही गर्न माग गरेका थिए । प्रदेशसभा सदस्य सरिता गुरुङले समाजमा महिला हिंसाका घटना बढीरहेको बताउँदै त्यस्ता घटना नियन्त्रण गर्नुपर्ने बताए । उनले निर्मलाको हत्यारा पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरे । सदस्य सावित्री रानाले पछिल्लो समयमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताउँदै पीडितलाई तत्काल…

Read More

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन निर्देशिका तयार

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन निर्देशिका तयार

प्रदेश नं ५ सरकारले अघि सारेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालन निर्देशिका तय गरेको छ । प्रदेश सरकारको आज मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम सञ्चालन निर्देशिका पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशका अति पिछडिएका र मानव सूचकाङ्कमा पछाडि परेका १२ जिल्लाका ३४ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको सरकारका प्रवक्ता एवं भौतिक योजना तथा विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । उनका अनुसार सरकारले सार्वजनिक गरेको आव २०७५/७६ को बजेटमा समेत कार्यक्रम सञ्चालन गर्ने गरी रु १७ करोड बजेट विनियोजन गरेको छ…

Read More

विपदमा परेका परिवारलाई सहयोग

विपदमा परेका परिवारलाई सहयोग

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले वर्षात्का समयमा विभिन्न समस्यामा परेका ४८ परिवारलाई आर्थिक सहयोग गरेको छ । वर्षात्ले घरको छानो चुहिने, पर्खाल भत्केका र पानीका कारण घरमा सुत्ने नमिल्ने परिवारलाई रु एक लाख ७५ हजार पाँच सय बराबरको आर्थिक सहयोग गरेको गरिएको हो । विपद्का कारण समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न, गरीब, दलित, असहाय परिवारलाई गाउँपालिका, नगरपालिका र वडाको सिफारिशमा सहयोग गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । तत्काल राहत दिनुपर्ने र सा¥है समस्यामा परेकालाई सहयोग प्रदान भएको र बाँकीका हकमा थप जानकारी लिई सहयोगका लागि सरोकारवालासँग…

Read More

मरुवाकुना फाँट लिफ्टिङ सिँचाइ आयोजनाको शिलान्यास

मरुवाकुना फाँट लिफ्टिङ सिँचाइ आयोजनाको शिलान्यास

गण्डकी प्रदेशका पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले भौतिक पूर्वाधारको विकासको काम शुरु गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–५ मा आज मरुवाकुना फाँट लिफ्टिङ सिँचाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री बस्नेतले भने, “प्रदेश सरकारले बाँडेको रकमको पूर्णरुपमा कार्यान्वयन हुनेछ ।” उनले प्रदेश सरकारले जिल्लामा कार्यालय नहुँदा काम गर्न गाह्रोे भएकाले गण्डकी प्रदेशभित्रका सबै जिल्लामा प्रदेश सरकारले विभिन्न कार्यालय धमाधाम स्थापना गरिहेको भन्दै अब विकासको काम दु्रत गतिमा अघि बढ्ने बताए । सो आयोजनाको निर्माणको कूल बजेट रु एक करोड ३९ लाख रहेकामा प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि…

Read More

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँमाथि विद्युत् प्रसारण लाइन जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोग छ ।

Read More

नेपाल र भारत सम्बन्ध अझ प्रगाढ हुन्छ: मुख्यमन्त्री राउत

नेपाल र भारत सम्बन्ध अझ प्रगाढ हुन्छ: मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएसँगै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गरेको जनकपुर–पटना बस सेवा शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले सेवा सञ्चालनसँगै हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटक ल्याउन सहयोग पुग्ने बताए । मुख्यमन्त्री राउतले जनकपुरधाम–पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउँदै नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख…

Read More

‘नाडा अटो सो’ मा एक अर्बको कारोवार

‘नाडा अटो सो’ मा एक अर्बको कारोवार

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो । सङ्घका…

Read More

सुकुम्बासी बस्तीमा बाढी पस्दा जलमग्न

सुकुम्बासी बस्तीमा बाढी पस्दा जलमग्न

अनिल पोखरेल । सुकुम्बासी बस्तीमा फेरी कोसीको पानी पस्दा सुकुम्बासी बस्ती सहित अन्य भु–भाग जलमग्न भएको छ । गत भद्राको दाश्रो साता बिहीबार र शुक्रबार भएको वर्षापछि पसेको पानी सुक्न नपाउँदै कोसीमा पानीको सतह बढेर बस्तीमा पसेपछि समस्यामा परेका छन । वडा नं. १२ को सुकुम्बासी बस्ती सहित ७, ११ र १४ नम्ववर वडामा पनि पानी पसेको छ । कोसीको बहाव पश्चिमतिर फर्केका कारण वडा नं. १२ मा मात्र १ सय ८० घर डुबानमा परेका छन् । यसैगरी, वडा नं ७, ११ र १४ का ३ सय भन्दा बढी घर…

Read More