फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ । यससँगै अब पेट्राेलकाे नयाँ मूल्य ११४ रडिजेल/मट्टितेलको १०१ कायम हुने भएकाे छ । निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ। अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९…

Read More

तेजाव हान्ने व्यक्ति नै पिडितको कुरुवा बनेर जाँदा

तेजाव हान्ने व्यक्ति नै पिडितको कुरुवा बनेर जाँदा

-काठमाण्डौ रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीहरुकै छिमेकी रामबाबु पासवान रहेका छन् । चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि गत भदौ २६ गते राति करिब १२ बजे सुतिरहेको अवस्थामा तेजाव हानिएको थियो । पक्राउ परेका पासवान पीडितका बुवा जादोलाल दाससँगै किर्तिपुर अस्पतालमा कुरुवा बस्दै आएका थिए । प्रहरीले पासवानलाई पक्राउ गरेकोबारे केही विवरण सार्वजनिक गरेको छैन । तर पीडित किशोरीका बुवा जादेलालले छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनलाई प्रहरीले सोमवार…

Read More

सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा पिडित भएकाहरु सवै जना भियतनामकै नागरिक रहेका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । “घटना के कारणले भयो र दोषी को को छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ,” प्रहरीका एक उच्च अधिकृतले सोमबार भने । मृत्यु भएका सवै २० देखि ३० बर्षका छन् भने अचेत अवस्थामा रहेका पाँच…

Read More

नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ । कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् ।…

Read More

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बेशीशहर । मोटरसाइकल दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–७ कुमालटारका प्रदीप मिश्रको मृत्यु भएको छ । मापसे सेवन गरी मोटरसाइकल चलाउँदा सुन्दरबजार नगरपालिका–९ पैरेमा शनिबार दुर्घटना हुँदा गम्भीर घाईते भएका उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको आफन्तले जनाएको छ । मिश्रले चलाएको बा ७४ प २०१४ नंको मोटरसाइकल इलाका प्रहरी कार्यालय भोटेओडारमा राखिएको सो कार्यालयले जनाएको छ । यस्तै बेशीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । उदिपुरबाट सुन्दरबजार–९ भोटेओडारतर्फ जाँदै गरेको ग १३ प ९००३ नंको स्कुटरले पैदल यात्रु ५२ वर्षीया लक्ष्मी…

Read More

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

सोलुखुम्बु । काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिए । घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ,…

Read More

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

काठमाडौँ । धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी…

Read More

मोबाइल फोनको बीमा हुने

मोबाइल फोनको बीमा हुने

काठमाडौँ । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।…

Read More

हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध

हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसं केन्द्रीय समितिले आज पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो । सङ्घका अध्यक्ष नैनसिंह महरले पन्तको हत्या भएको दुई महीना पुग्दासमेत सरकारले घटनाको दोषीलाई पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए । हत्यारालाई कारवाही गरेर पीडितका परिवारलाई न्याय नदिएसम्म निरन्तर आन्दोलन गर्ने सङ्घले जनाएको छ । Photo: File

Read More

एएफसी यु–१६ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा

एएफसी यु–१६ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यही असोज ३ गतेदेखि शुरु हुने समूह चरणका खेलहरुको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलन एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । विभिन्न छ समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को खेल नेपालमा हुन लागेको हो । उक्त प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगिसकेका छन् । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘इ’ मा छ । नेपालको समूहमा फिलिपिन्स, म्यानमार र मलेसिया छन्…

Read More