यी हुन् सांसदको बैठकमा उपस्थित नभै भत्ता थाप्ने ३१ सांसद

यी हुन् सांसदको बैठकमा उपस्थित नभै भत्ता थाप्ने ३१ सांसद

संसद्‍मा प्रमुख प्रतिपक्ष दलका सांसदहरु नै बढी अनुपस्थित हुने गरेको पाइएको छ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा ७९ वटा बैठक बसेकोमा १० वटा भन्दा बढी बैठकमा अनुपस्थित ३१ जना सांसद छन् । वैशाख २३ देखि बुधबारसम्म बसेको बैठकमा १० वटा भन्दा बढी अनुपस्थित हुनेको नाम सभामुख कृष्णबहादुर महराले सार्वजनिक गरेका हुन् । ३१ मध्ये कांग्रेसका मात्रै १४ जना सांसद छन् । नेकपाका ८, फोरमका ५ र राजपाका ४ जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको सभामुख कृष्णबहादुर महराले बैठकलाई जानकारी गराएका हुन् । हेर्नुहोस् को कति बैठकमा अनुपस्थित भए ?…

Read More

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथि अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् । अपहरण सम्वन्धी मुद्धामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए । उनलाई कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् ।

Read More

श्रम सम्झौतालाई अन्तिम रुप दिन छलफल हुँदै

श्रम सम्झौतालाई अन्तिम रुप दिन छलफल हुँदै

नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी÷मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि नेपालले जोड दिनेछ । यसैगरी कामदारको सामाजिक सुरक्षा, न्यूनतम् सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचारलगायत मुद्दा पनि छलफलका क्रममा नेपालले उठान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए…

Read More

भाडा वृद्धिको विरोधमा सत्तारुढ दलकै विद्यार्थी संगठन

भाडा वृद्धिको विरोधमा सत्तारुढ दलकै विद्यार्थी संगठन

काठमाडौं । दशैको मुखैमा बढाएको १० प्रतिशत भाडाको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनहरुले धर्ना दिएका छन् । बिहीबार यातायात व्यवास्था कार्यालय अगाडी भाडा बृद्धि तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियू (क्रान्तिकारी) ले धर्ना दिएको हो । अनेरास्ववियू (क्रान्तिकारी) ले मिन भवनस्थित विभागको कार्यालयमा बिहिबार दिउँसो एक घण्टा प्रर्दशनसहितको धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दवाब दिएको हो।

Read More

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ अन्तर्गत सिरहा जिल्लामा क्यान्सर अस्पताल स्थापना गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रिस्तरीय निर्णयबाट आज गठन भएको सो समितिको संयोजकमा मन्त्रालयका उपसचिव लीलाराज पौडेल र सदस्यद्वयमा भक्तपुर क्यान्सर अस्पतालका हेमोटोलोजिस्ट डा अजयकुमार झा र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटा रहेका छन् । क्यान्सर रोगको उपचारका लागि पर्याप्त विशिष्टकृत अस्पताल नभएको सन्दर्भमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वयमा सो जिल्लामा अस्पताल स्थापना गर्न अध्ययन समिति गठन…

Read More

बालक हत्या आरोपमा काका पक्राउ

बालक हत्या आरोपमा काका पक्राउ

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेमा बालकको हत्या आरोपमा प्रहरीले मृतक बालककै काकालाई पक्राउ गरेको छ । भदौ २७ गतेबाट भैसे बजार जान हिँडेका १० वर्षीय बालक कुशल विक जंगलमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनसार विकको हत्या आरोपमा उनकै काका पर्ने २५ वर्षीय उमेश विकलाई पक्राउ गरिएको हो । अभियुक्त विकले अपराध स्वीकार गरिसकेको र किटानी जाहेरी लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्यः पर्यटनमन्त्री

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्यः पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गरे। उनले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गरे । मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय…

Read More

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने

धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको स्थापना गर्न धनकुटामा आज आयोजना गरेको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् । देश सङ्घीयतामा गएकाले सङ्घीय संरचनाबाट जनतालाई सेवाको अनुभूति गराउने क्रममा प्रदेश सरकार रहेको भन्दै उनले जनताको भावना र मर्मअनुसार काम गर्ने बेला आएको छ भने । मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो कोसेली दुई वटा शक्तिशाली निर्देशनालय धनकुटाले पाएको भन्दै धनकुटेली जनतालाई बधाई दिएका…

Read More

बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम: चीन

बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम: चीन

चीन । अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ । दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ । उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ । अमेरिकी सैनिक विमानद्वारा साउथ चाइना…

Read More

विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने

विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने

काठमाडौँ । विश्व बैंकले कम खर्चमा निर्माण हुने ४ सय ७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

Read More