विकास निर्माण काममा आयोग बाधक होइन साधक बन्ने

विकास निर्माण काममा आयोग बाधक होइन साधक बन्ने

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै पनि विकास निर्माणको काममा आयोग बाधक नभई साधक बन्न चाहेको बताएका छन् । ‘सुशासन प्रवद्र्धन र विकास निर्माण कार्यमा सहजीकरण विषयक’ अन्तक्र्रियामा उनले भने, “विकास निर्माणका कार्यलाई सहजीकरण गर्न आयोग सधैँ प्रतिवद्ध छ ।” प्रमुख आयुक्त घिमिरेले मुलुकमा सुशासन प्रवद्र्धन गर्ने कार्यमा आयोग लागिपरेको चर्चागर्दै आयोगमा परेका उजुरीका बारेमा सामान्य सोधपुछ गर्दैमा आयोगलाई देखाएर सबै काम ठप्प गरेर बस्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो । “आयोग कुनै पनि ठाउँमा रहरले नभई बाध्यताले प्रवेश गरेको छ, कुनै पनि काम व्यक्तिको प्रभावमा…

Read More

रुम्जाटारको विकासमा जोड

रुम्जाटारको विकासमा जोड

काठमाडौँ । ओखलढुङ्गाको रुम्जाटारमा सडक, बिजुली तथा टेलिफोनजस्ता पूर्वाधारको विकास गर्नसकेमात्र रुम्जाटारको विकास हुने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले बताए। उनीहरुले विमानस्थल, ठूलो गुम्बाजस्ता पर्यटकलाई आकर्षित गर्ने खालको सम्पदा रहेको रुम्जाटारमा स्मार्ट सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । रुम्जाटार बौद्धगुम्बा फाउण्डेशन र रुम्जाटार गुरुङ सेवा समाजले आयोजना गरेको अन्तक्र्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले ओखलढुङ्गाभित्र पर्ने रुम्जाटारको महिमा गौरवमय भएको बताउँदै रुम्जाटारको विकासका लागि स्थानीय जनता जागरुक हुनुपर्ने बताए । हलेसी–रुम्जाटार जोड्न सके पर्यटनको विकास हुने उनको भनाइ थियो । नेकपाका नेता किशोर अधिकारीले रुम्जाटार भौगोलिकरुपले सुन्दर ठाउँ…

Read More

तीन लाख घर पुनः निर्माण

तीन लाख घर पुनः निर्माण

काठमाडौँ । भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घरा सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी दुई लाख ५९ हजार ९८ घर पुनः निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनः निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । दशैँ तिहारपछि पुनः निर्माण भइरहेका घरको निर्माण सम्पन्न हुने र शुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रवक्ता…

Read More

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

म्याग्दी । बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो । ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी…

Read More

नेपाल र चीन ऊर्जा संयन्त्र बैठकः बृहद् कार्ययोजनासहित अघि बढ्ने सहमति

नेपाल र चीन ऊर्जा संयन्त्र बैठकः बृहद् कार्ययोजनासहित अघि बढ्ने सहमति

रमेश लम्साल, काठमाडौँ । नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि यहाँ शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर पेश गर्ने सहमतिसमेत भएको छ । ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने सहमतिसमेत भएको छ । मिति भने सहमतिका आधारमा तय…

Read More

प्रदेश नं ३ मा १८ विधेयक पारित

प्रदेश नं ३ मा १८ विधेयक पारित

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । दुबै विधेयक यही असोज १९ गते दिनको १ बजे बस्ने प्रदेशसभाको ५१ औँ बैठकमा छलफल हुने छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बढाथोकीले रासससँग संक्षिप्तमा कुराकानी गर्दै प्रदेशसभाको बैठकले हालसम्म विभिन्न १८ विधेयक पारित गरिएको र तीमध्ये…

Read More

अवतरण गर्न लागेको विमान समुन्द्रमा खस्यो, यात्रुको यसरी उद्धार गरियो

अवतरण गर्न लागेको विमान समुन्द्रमा खस्यो, यात्रुको यसरी उद्धार गरियो

न्युजिल्यान्डको सुदूर प्रशान्त द्वीपमा विमान चालकले समुन्द्रमै विमान अवतरण गराएका छन्। एयर न्युगिनीको बोइङ ७३७-८०० को विमान माइक्रोनेसियाको वेनो विमानस्थलमा अवतरणका क्रममा उक्त घटना घटेको हो। विमान चालकको गल्तीले समुन्द्रमा अवतरण भएको विमान डुब्न लागेपछि यात्रीले पौडेर ज्यान बचाउने प्रयास गरेका थिए। विमान समुन्द्रमा अवतरण भएलगत्तै समुन्द्रमा रहेका डुंगा चालकहरू पनि उद्धारमा खटिएका थिए। स्थानीय डुंगा चालकको सहयोगमा विमान रहेका ३५ जना यात्री र चालक दलका १२ सदस्यको उद्धार गरिएको थियो। स्थानीयले सानाको डंगाको मद्दतबाट यात्री तथा चालक दलका सदस्यहरूको उद्धार गरेका हो। उक्त घटना शुक्रबार दिउँसो भएको अन्तर्राष्ट्रिय सञ्चार…

Read More

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

मोटरसाइकलको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएपछि स्थानीयवासीले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पारेका छन् । आज मोटरसाइकलको ठक्करबाट गोरखा नगरपालिका–१४ का रुद्र कुमाल गम्भीर घाइते भएपछि मोटरसाइकल र चालकलाई पक्राउ गर्न माग गर्दै स्थानीयले बिहान ११ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । प्रहरीले सडक खुलाउन पीडित पक्षसँग छलफल गरेको भए पनि सहमति हुन नसक्दा दुवैतर्फ सवारीका साधन रोकिएका छन् । गोरखा नगरपालिका–१२ को १० किलो भन्ने स्थानमा नम्बर खुल्न नसकेको रातो रङको मोटरसाइकलले सडकमा हिँडिरहेका कुमाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट कुमालको टाउको र खुट्टामा गम्भीर चोट लागेको जिल्ला ट्राफिक…

Read More

एक महीना अघि भारतको जंगलमा हराएका चौधरीको शव फेला, अझै तीन बेपत्ता

एक महीना अघि भारतको जंगलमा हराएका चौधरीको शव फेला, अझै तीन बेपत्ता

बाँके । एक महीना अघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् । भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्था शब फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिल्ला बर्दिया राजापुर नगरपालिका– ६ बस्ने वर्ष ४५ को वीरेन्द्रबहादुर शाह, सोही स्थान बस्ने वर्ष ४३ को डिब्बु भन्ने बालकृष्ण चौधरी,वर्ष ४० को गोपालचन्द र वर्ष ४५ वर्षको हाङ्ले…

Read More

चाडपर्वलाई लक्षित गरि ट्राफिक प्रहरीले ल्यायो नयाँ सुरक्षा योजना

चाडपर्वलाई लक्षित गरि ट्राफिक प्रहरीले ल्यायो नयाँ सुरक्षा योजना

काठमाडौं । दशैं, तिहार र छठ पर्व लक्षित गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महाशाखाले यस बर्षको चाडपर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । उपत्यकाबाट करीब २५ लाख मानिस दशैंमा बाहिरीने भएकाले सडक जाम ब्यवस्थापनका लागि नागढुङ्गामा ४० टन क्षमताको क्रेन राख्ने ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लो बर्ष नियमित रुट बाहेक ४ सय यातायात साधन थपिएको र यस बर्ष पनि त्यहि हाराहारीमा सवारी साधन थपिने जानकारी दिईएको छ । दशैंका लागि शुक्रवारसम्म २८ हजार टिकट बुकिङ भइसकेको…

Read More