मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।  मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो । असी बर्षीय गयूम र उहाँका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको हो । उहाँहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो । हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग…

Read More

हवाई यात्राका लागि दशैँमा टिकट पाउन गाह्रो

हवाई यात्राका लागि दशैँमा टिकट पाउन गाह्रो

-सीबी अधिकारी दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता…

Read More

उपसचिव केसी चढेको जीपमा ढुङ्घा प्रहार

उपसचिव केसी चढेको जीपमा ढुङ्घा प्रहार

धनगढी कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा आज ढुङ्गा प्रहार गरेको छ । धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत हुनुहुन्छ । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानको विषयमा प्रदेशसभाले गलत निर्णय…

Read More

दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला

दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला

बडा दशै मनाउन काठमाडौँबाट विभिन्न स्थान जाने यात्रुको चाप बढ्न सुरु भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गरी दशैकालागि सरकारले राजधानीका विभिन्न स्थानबाट अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । सिन्डिकेट अन्त्यको नाममा वर्षौदेखी यातायात सेवा प्रदान गदै आएका यातायात समिति सरकारले भङ्ग गर्ने निर्णय गरेपछि सिर्जित अन्योलताकाबीच निक्कै ढिला बुकिङ खुलेको हो । एकातिर व्यवसायी समिति माथि सरकारको धरपकड अर्कोतर्फ दशैको मुखैमा भएको भाडाबृद्धिले बुकिङ खुले पनि यात्रा सहज हुने सङ्केत छैन । विद्यमान अवस्थामा यातायात व्यवसायी र कम्पनीहरूले सञ्चालनमा ल्याएका गाडीका सबैजसो टिकट बुक भई सकेका छन् ।…

Read More

पैसाका लागि विद्यार्थीलाई अपहरण गरि हत्या गर्ने २ जना पक्राउ

पैसाका लागि विद्यार्थीलाई अपहरण गरि हत्या गर्ने २ जना पक्राउ

रानगर । रकमका लागि एक विद्यार्थीलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१७ का २० वर्षीय मोहम्मद सद्दीम हुसेन र सोही स्थानका २१ वर्षीय मोहम्मद आरिफ आलम रहेका छन । गौतमबुद्ध मेमोरियल विद्यालय रानीमा कक्षा १० मा अध्ययनरत् विराटनगर–१७ का १७ वर्षीय मोहम्मद अस्फाकको अपहरण गरी हत्या गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले अस्फाकलाई यही असोज १ गते साँझ ६ बजे विराटनगर–१५ स्थित भन्सार ढाटबाट मदीरा खुवाई विराटनगर–१८ स्थित बुधनगरको एकान्त…

Read More

रामपुर कृषि क्याम्पस सङ्कटमा

रामपुर कृषि क्याम्पस सङ्कटमा

चितवन । मुलुककै जेठो कृषि क्याम्पस रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसका रुपमा परिचित रामपुर कृषि क्याम्पस सङ्कटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णयसँगै उक्त क्याम्पस विस्तापित भएको छ । अहिले रामपुर कृषि क्याम्पस चितवनकै खैरहनीमा सरेको छ । सरकारले उक्त क्याम्पस रहेको जग्गासहितको भौतिक संरचनामा कृषि विश्वविद्यालय बनाउने निर्णयसँगै अहिले खैरहनीस्थित खैरहनी माविको दश जोड दुईको भवनमा सरेको छ ।…

Read More

चालु आर्थिक बर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब भन्दा माथि

चालु आर्थिक बर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब भन्दा माथि

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब भन्दा बढि रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउन महिनामै कुल वस्तु व्यापार घाटा ५९।१ प्रतिशतले विस्तार भई १खर्ब १३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा कुल वस्तु निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३।२ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो ।गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.६ प्रतिशतले बढे पनि चीनतर्फकोे ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको…

Read More

यू–१९ एसिया कपमा नेपालको भेट अफगानिस्तान सँग

यू–१९ एसिया कपमा  नेपालको भेट अफगानिस्तान सँग

बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेल सोमबार अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार सोमबार बिहान ८ स् ४५ बजे बाट सुरु हुने छ ।पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपालका लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ ।अफगानिस्तानलाई हराउन नसके नेपाल समुह चरणबाटै घर फर्कने सम्भावना रहन्छ । नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ ।अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार युएईलाई २ सय २७…

Read More

समलिङ्गी समुदायको समस्या संविधानअनुसार समाधान गर्ने प्रतिवद्धता

समलिङ्गी समुदायको समस्या संविधानअनुसार समाधान गर्ने प्रतिवद्धता

काठमाडौं । दक्षिण एशियामा नेपाल लैंगिक तथा समलिङ्गीको अधिकारलाई संविधानमा लिपिबद्ध गराउने देशमध्येको उत्कृष्ट रहेको सांसदहरुले बताएका छन् । ‘मितिनी’ नेपाल नामक संस्थाले आइतबार राजधानीमा आयोजना गरेको ‘सांसदहरुसँगको अन्तर्क्रिया’ कार्यक्रममा उनीहरुले समलिङ्गी समुदायको समस्या संविधानतः समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले आगामी दिनमा समलिङ्गी समुदायको नागरिकता, विवाह दर्ता, सम्बन्ध विच्छेद, पहिचान, अंशजस्ता संवेदनशील समस्या समाधानका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए । समलिङ्गी भएकै कारण नागरिकता बन्न नसकेकाले उनीहरु राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा कानूनी हकअधिकारबाट बञ्चित भएकाले यसको निराकरणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता उनीहरुले व्यक्त गरे…

Read More

टङ्केश्वर सडक मर्मत हुने

टङ्केश्वर सडक मर्मत हुने

काठमाडौँ । दश वर्षदेखि जीर्ण रहेको कालिमाटीदेखि टङ्केश्वरसम्मको सडकखण्ड करीब रु एक करोड ८० लाखको लागतमा मर्मत गरिने भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने उक्त स्थानको करीब आधा किलोमिटर सडकखण्ड भत्केको, खाल्डाखुल्डी बढ्दै गएका कारण सवारी तथा यात्रु दुर्घटनामा पर्ने गरेका थिए । अधिकांश समय व्यस्त हुने उक्त सडकमा यात्रुलाई आवतजावत गर्न समस्या भएकाले एक साताभित्र मर्मत शुरु गरिने समझदारी भएको छ । सांसद जीवनराम श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त सडक मर्मत भएपछि दैनिक आवतजावत गर्ने…

Read More