एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङ । केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जीव राईले बताए । दुई शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको…

Read More

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ । टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा सार्वजनिक सुरक्षाका लागि कम्तीमा पचास लाख रुपैयाँको टुरिस्ट गाइड कल्याणकारी कोष स्थापना गर्नुपर्ने, टुरिस्ट गाइडको व्यक्तिगत दुर्घटना बीमा सम्बन्धीत कम्पनीले व्यहोर्ने गरी अनिवार्य व्यवस्था गर्नुपर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन टुरिस्ट गाइडको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा विदेशी तथा स्वदेशी अवैध टुरिस्ट गाइडलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ । त्यस्तै आवश्यकताभन्दा बढी सङ्ख्यामा टुरिस्ट गाइड उत्पादन गरी अस्वस्थ प्रतिस्पर्धा…

Read More

श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो । राईलाई कतव्र्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं बमोजिम १० वर्ष कैदको फैसला गरेको अदालतका ठिठ्ठा खड्गबहादुर खत्रीले जानकारी दिए। राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको पेटमा लात्ती प्रहार गर्दा गम्भीर घाइते भएका उनको गत जेठ २० गते…

Read More

अरिङ्गालले टोकेर मृत्यु

अरिङ्गालले टोकेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो । स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेर थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उहाँमाथि अरिङ्गाल खनिएर टोकेका थिए । गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित…

Read More

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

दक्षिण कोरिया । दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ । उनले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उनको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ । हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गरेका छन्…

Read More

कञ्चनपुर काण्डः प्रहरी भन्छ, ‘एसपी लगायतको डीएनए २ ठाउँमा परीक्षण गरिएको छ’

कञ्चनपुर काण्डः प्रहरी भन्छ, ‘एसपी लगायतको डीएनए २ ठाउँमा परीक्षण गरिएको छ’

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका प्रमुखका भतिज आयुष विष्टको डीएनए परीक्षण २ ठाउँमा गरिएको प्रहरी बताएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत् राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिएको जनाएको हो । यसअघि, यी तीनैजनाको डीएनए परीक्षण एक ठाउँमा भएको भन्दै परीक्षणमै प्रश्न उठेको थियो ।

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनुपर्छ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनुपर्छ

सिवी अधिकारी, काठमाडौँ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी…

Read More

निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछः सांसद बस्नेत

निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछः सांसद बस्नेत

कास्की । सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताएका छन् । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उनको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने भनाइ राखेका हुन् । “१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता…

Read More

नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित

नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहनुभएका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण पार्टीप्रति बढेको बताए…

Read More

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

काठमाडौँ । सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् । पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वच्छ मासु र चाडपर्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा मासु व्यवसायीले सरकारले चाडबाडमा मात्र बजार अनुगमन नगरी नियमित अनुगमन गर्नुपर्ने बताएका हुन् । मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण रहने सहभागीले बताए । पशु व्यवसायी सङ्घका महासचिव कृष्णहरि भट्टले मासु भान्सासम्म पुग्ने खाद्य सामग्री भएकाले यसलाई उपभोक्तासम्म स्वस्थ पु¥याउनका लागि सरकारले उत्पादन…

Read More