पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो । रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेको समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उनी पक्राउ परेको बताइएको छ । उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ ।

Read More

टिपरको ठक्करबाट मृत्यु भएपछि टिपरमा लगाइयो आगो

टिपरको ठक्करबाट मृत्यु भएपछि टिपरमा लगाइयो आगो

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक पान्डूबजारमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा काभ्रे डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् । काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ गइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय बासिन्दाले टिपर जलाइदिएका छन्। राति ८ बजे अगाडि नै टिपर चलाएर दुर्घटना गराएको भन्दै स्थानीयले टिपरमा आगो लगाएका हुन् । टिपरको आगो निभाउन आएको दमकललाई समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । आक्रोशित भीड…

Read More

सडक सञ्जालले नछोएको हुम्लामा चामलको समस्या

सडक सञ्जालले नछोएको हुम्लामा चामलको समस्या

हुम्ला । दशैँ नजिकिँदै गर्दा जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो । चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य सङ्कट हुने भएको छ । डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले आजदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण…

Read More

१० राजनीतिक समूहसँग वार्ता सम्पन्न, विप्लव र सिके राउतसँग के भयो ?

१० राजनीतिक समूहसँग वार्ता सम्पन्न, विप्लव र सिके राउतसँग के भयो ?

काठमाडौँ । उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले विभिन्न माग राखेर भूमिगत भई हिंसात्मक गतिविधि गर्दै आएका १० राजनीतिक समूहसँग वार्ता गरेको छ । देशका विभिन्न स्थानमा सःशस्त्र र निःशस्त्र आन्दोलन गरिरहेका ती समूहलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रयत्न भइरहेको टोलीका संयोजक सोमप्रसाद पाण्डेयले जानकारी दिए । उक्त समूहका अधिकांश नेता तथा कार्यकर्ता कारागारमा भएको र केही कार्यकर्ता मुद्दा लागेर फरार भएको टोलीले जनाएको छ । समूहले राजनीतिक माग राखेर आफ्ना नेता तथा कार्यकर्ता छुटाउने विषयलाई प्राथमिकतामा राखेको छ । वार्ता गरिरहेका ती समूहले आगामी दिनमा शान्तिपूर्ण राजनीति गरी सामाजिक…

Read More

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताएका छन् । सर्लाही हरिवन नगरपालिकाले आज उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भने, “मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी छ ।” मुख्यमन्त्री राउतले मुलुकको विकास र समृद्धिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिदैं “संविधानअनुसार तीनै तहका सरकारबीच कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, त्यो नीति तीनै तहले लिनुपर्छ”, भने । एकले…

Read More

आवधिक निर्वाचन कार्यतालिका बनाउन सुझाव

आवधिक निर्वाचन कार्यतालिका बनाउन सुझाव

काठमाडौँ । निर्वाचन आयोगलाई सङ्घीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनका कार्यतालिका बनाउन सुझाव दिइएको छ । राज्यव्यवस्था समितिको आजको बैठकमा सदस्यले आयोग पदाधिकारीलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउन निर्वाचन कार्यतालिका आवश्यक रहेको बताए। बैठकमा सदस्यले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिइनुपर्ने, दलित तथा महिलाका लागि निर्वाचन क्षेत्रको आरक्षणसम्बन्धी व्यवस्था हुनुपर्ने तथा निर्वाचनको समयमा हुने आर्थिक अपचलनलाई रोक्ने प्रभावकारी संयन्त्र गठन हुनुपर्ने आवश्यकतामा जोड दिए । ठूलो मतपत्र र धेरै निर्वाचन चिह्न भएका कारण मत खेर जाने अवस्थालाई रोक्न जिल्लास्तरमा मतपत्र छपाइको संयन्त्र बनाउन आयोगलाई सुझाव…

Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

Read More

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय…

Read More

हिमाल आरोहण गरी फर्किदै गरेका चेक नागरिक बेपत्ता

हिमाल आरोहण गरी फर्किदै गरेका चेक नागरिक बेपत्ता

गोरखा । मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् । यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने पहिलो आधार शिविरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख विमल बस्नेतले जानकारी दिए । उनीहरु माउन्टट्रेक्सन नेपाल कम्पनीबाट हिमाल आरोहणका लागि गएका थिए । आधार शिविरमा नआएपछि उनका साथीहरुले चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ प्रहरी चौकीमा साथी हराएका बारे खबर गरेका…

Read More

दलित विद्यार्थी विद्यालयबाट निष्काशित

दलित विद्यार्थी विद्यालयबाट निष्काशित

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्काशन गरिएको पीडितको भनाइ छ । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्काशन गरिएको पीडितले बताएका छन् । मुकेशका आमाबाबुले पनि आफूहरुलाई नीच जातको भनेर प्रअले हेपेको…

Read More