दाङमा आमाछोरी मृत फेला

दाङमा आमाछोरी मृत फेला

दाङको लमहीमा आमाछोरी मृत फेला परेका छन् । बबइ गाउँपालिका–४ हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका बिहिबार मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ । स्थानीयले बिहिबार बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४÷५ दिन अगाडि नै…

Read More

पशु हत्या रोक्न माग गर्दै पैदलयात्रा

पशु हत्या रोक्न माग गर्दै पैदलयात्रा

दमक । विश्व पशु दिवसका अवसरमा आज झापाको दमकमा पशु संरक्षणको आह्वान गर्दै ¥याली निकालिएको छ । दमकमा तीन वर्षदेखि वर्षेनी पशु दिवसका दिन पशु संरक्षणको माग गर्दै जनचेतनामूलक ¥याली गरिआएको छ । श्रीकृष्ण रथयात्रा समितिसहित एक दर्जन बढी विभिन्न धार्मिकजन्य सङ्घसंस्थाको संयुक्त आयोजनामा पशु संरक्षणको माग गर्दै बृहत् ¥याली निकालिएको हो । विभिन्न धार्मिक तथा जातीय सङ्घसंस्थाको सहभागिता रहेको ¥यालीमा पशुको बाँच्न पाउने अधिकारको माग गरिएको थियो । ¥यालीपछि आयोजित कोणसभामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी सञ्चालिका राधा दिदीले मावनताको पहिचान अहिंसा, सद्भाव, शान्तितर्फ सबैको ध्यान जानुपर्ने औँल्याए ।…

Read More

टर्कीमा सात सुरक्षाकर्मी मारिए

टर्कीमा सात सुरक्षाकर्मी मारिए

अङकरा । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् । बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके) का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएका थिए । घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा राखेको छ ।

Read More

सिटी सेण्टरले ल्यायो दसैँ तिहार उत्सवमा ५० प्रतिशतसम्म छुटको योजना

सिटी सेण्टरले ल्यायो दसैँ तिहार उत्सवमा ५० प्रतिशतसम्म छुटको योजना

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौँको कमल पोखरीमा सञ्चालन गरिरहेको व्यावसायिक भवन सिटी सेण्टरमा  शुक्रवारदेखि ʽसिटी सेन्टर सेलेब्रेशन नः दसैँ तथा तिहार उत्सव २०७५ʼ सञ्चालनमा ल्याएको छ । । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यस पटक पनि त्यसैको निरन्तरतास्वरुप दसैँ मेला आयोजना गरेको बताएको छ…

Read More

फरार टिप्पर चालक पक्राऊ, दमकल तोडफोड गर्दा रु १० लाखको क्षति

फरार टिप्पर चालक पक्राऊ, दमकल तोडफोड गर्दा रु १० लाखको क्षति

भक्तपुर । टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको घट्नामा आक्रोसित भीडले जलाएको टिपरको आगो नियन्त्रण गर्न गएको दमकल तोडफोड गर्दा रु १० लाखको क्षति भएको छ । जुद्ध वारुणयन्त्र भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेलले हिजो साँझ सूर्यविनायकको पाण्डुबजारमा भएको दुर्घटनामा आगो निभाउन गएको दमकलमाथि भीडले आक्रमण गरेको थियो । आक्रमणबाट दमकलको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ भने दमकलको सबै भागमा ढुङ्गा र घरेलु हतियारले हानेर प्वाल नै प्वाल बनाइदिइएका छन् । सूचना अधिकारी धौभडेलले भने, “प्रहरी उपरीक्षकको फोन आउँने बित्तिकै पौन…

Read More

विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

क्वालालमपुर । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो । पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ । अधिकारीहरूले दिएको जानकारी अनुसार उनले आरोपहरूको खण्डन गरेकी छन् । उनलाई लगाइएको आरोपहरू पुष्टी भएमा उनलाई आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ । निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया…

Read More

उद्धार गर्न गएका ६ जना गोताखोरको पानीमा डुबेर मृत्यु

उद्धार गर्न गएका ६ जना गोताखोरको पानीमा डुबेर मृत्यु

मलेसियामामा पोखरीमा डुबेर बेपत्ता भएका किशोरको उद्धारका लागि खटिएका ६ जना गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ मलेसियाको सेलांगोर प्रान्तमा बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको थियो ।अधिकारीका अनुसार उद्धारकर्मी पोखरीभित्रको भुमरीमा फसेका थिए । पोखरीबाट निस्कने प्रयास गरेका उनीहरुका उपकरण शक्तिशाली जलप्रवाहले छुट्टाइदिएपछि उनीहरु आफैं पानीमा फनफनी घुमेका थिए । हराएका किशोरको खोजी अभियान बिहीबार फेरि थालिएको अधिकारीले जनाएका छन् । विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीले सुरक्षाका लागि…

Read More

गाउँपालिकाले अनाथ बालबालिका पढाउने

गाउँपालिकाले अनाथ बालबालिका पढाउने

डोटी । सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने र एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना रु एक हजार ५०० प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाको सो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले जानकारीभयो । उनले भने “गाउँपालिकामा भएका अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।” यो सहयोगले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाले राहत पाउने उहाँको दाबी छ । गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय…

Read More

चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

काठमाडौँ । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् । तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्राक कान्टीन्टीलाई पराजित गरे । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए । हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए…

Read More

रात्रीकालिन हेलिप्याड सञ्चालनमा

रात्रीकालिन हेलिप्याड सञ्चालनमा

ज्ञानेन्द्र न्यौपाने, रसुवा । नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रीकालिन हेलीप्याडको आज उद्घाटन गरिएको छ । ५५ फिट लम्बाई तथा चौडाई भएको रात्रीकालिन हेलीप्याडको नेपाली सेना छ नम्बर बाहीनिका बाहीनिपति निर्मलकुमार थापाले उद्घाटन गरे । हेलीप्याड बनाउन पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशुली एक जलबिद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका एक नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ । दुई लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो । हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान…

Read More