यो सरकार पुर्णरुपमा असफल भईसक्यो: रमेश लेखक (भिडियो अन्तरवार्ता)

यो सरकार पुर्णरुपमा असफल भईसक्यो: रमेश लेखक (भिडियो अन्तरवार्ता)

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको १२औं महाधिवेशनको मिति कार्तिक १६ र १७ गतेका लागि तय भएको छ । सङ्घीय संरचनामा हुन लागेको यो महाधिवेशनमा विधानमा अघि सारिएका उमेर हद लगायतका केही विषय चर्चामा छन् । पार्टीले समयमै विधान अनुमोदन गर्न नसक्दा महाधिवेशन तोकिएकै मितिमा हुनेमा पनि शंका व्यक्त गर्न थालिएको छ । काँग्रेसले सरकारका काम कारबाहीको खबरदारी र मुल्यांकन कसरी गरिरहेको छ । यी लगायत अन्य समसामयीक विषयमा केन्द्रित रहेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले कुराकानी गर्नु भएको छः प्रस्तुत…

Read More

एक भारतीयसहित तीन जना पक्राउ

एक भारतीयसहित तीन जना पक्राउ

धनुषा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी…

Read More

एउटा पुरुषको कथा: ‘म किन यौनकर्मीकहाँ धाउन थालेँ’

एउटा पुरुषको कथा: ‘म किन यौनकर्मीकहाँ धाउन थालेँ’

त्यो अस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ। महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ। मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ। उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो। निजी कम्पनीको जागिरको के भरोसा?…

Read More

११ एसएसपी डिआइजीमा बढुवा सिफारिस

११ एसएसपी डिआइजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले पुरानो ब्याचका ५ र नयाँ टोलीका ६ जना एसएसपीलाई डिआईजी बढुवा सिफारिस गरेको छ।मन्त्रालयले प्रहरी महानिरीक्षकसँगै भर्ना भएको टोलीका बिनोद शर्मा घिमिरे र नयाँ टोलीबाट शैलेश थापा क्षेत्रीलाई एक नम्बर बरियतामा बढुवा गरेको हो।बढुवा समितीले पुरानो टोलीबाट घिमिरे सहित विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्ण चन्द्र जोशी र तारणीप्रसाद लम्सालको बढुवा सिफारिस गरेको हो।यस्तै नयाँ टोलीबाट क्षेत्री सहित हरिबहादुर पाल, निरजबहादुर शाही, प्रधुम्न कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्यायलाई बढुवा सिफारिस गरेको हो।

Read More

डिएसपी राई घुस सहित पक्राउ

डिएसपी राई घुस सहित पक्राउ

  महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई घुस सहित पक्राउ परेका छन् । घुस रकमसहित राईलाई अख्तियारले नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता ९सह–सचिव० रामेश्वर दंगालले बताएका छन् ।पक्राउ पछि थप अनुसन्धान भईरहेको बताएका छन् ।रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो ।  

Read More

ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको ज्यान गयो

ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

Read More

पूर्वप्रधानमन्त्री नेपालको छमछमी

पूर्वप्रधानमन्त्री नेपालको छमछमी

सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली तथा छठका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उहाँले सांस्कृतिक रुपमा एकताबद्ध हुन सन्देश दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नेपाललाई महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, बंशीधर मिश्र लगायतले साथ दिनुभयो । नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्वीर लिनेको कमी थिएन । सोही मञ्चमा एकछिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’…

Read More

बंगबन्धु गोल्डकपबाट नेपाल बाहिरियो, प्यालेष्टाईन सँग १-० ले पराजित

बंगबन्धु गोल्डकपबाट नेपाल बाहिरियो, प्यालेष्टाईन सँग १-० ले पराजित

  बङ्गलादेशमा जारी बंगबन्धु गोल्डकपबाट नेपाल बाहिरिएको छ । प्यालेष्टाईन सँग एक शून्य गोलले पराजित भएपछि पहिलो चरणबाटै आउट भएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा प्यालेष्टाईनका सालेमोले ७० औ मिनेटमा गोल गरेका हुन् । डिफेण्डीङ च्याम्पियन नेपाल यो हार सँगै प्रतियोगिताबाटै बाहिरिनु परेको हो।

Read More

ट्रम्प–किम सम्मेलन हुनेमा वासिङ्टन आशावादी: पोम्पेओ

ट्रम्प–किम सम्मेलन हुनेमा वासिङ्टन आशावादी: पोम्पेओ

टोकियो अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेका छन् ।जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम रहेको छ । अमेरिकी विदेश मन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।  टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पेओले भने, आफ्नो एसिया भ्रमण लामो समयदेखि उत्तर कोरियासँग रहँदै आएको शत्रुतापूर्ण सम्बन्धलाई शान्तितर्फ अग्रसर गर्दै अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ । …

Read More

समृद्धिको यात्रामा रौतहटको भूमिका अग्रणी हुनुपर्छ : प्रभु साह

समृद्धिको यात्रामा रौतहटको भूमिका अग्रणी हुनुपर्छ : प्रभु साह

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले समृद्ध नेपाल निर्माणमा रौतहटको अग्रणी भूमिका हुनुपर्नेमा जोड दिएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शनिबार काठमाडौंको चोभारमा भएको दसैं, तिहार र छठको शुभकामना तथा वनभोज कार्यक्रममा साहले यस्तो बताएका हुन् । नेकपा नेतृत्वको सरकारले लिएको आर्थिक समृद्धिको अभिभारा पूरा गर्न जनताको दरिलो साथ आवश्यक रहेको बताए । झट्ट हेर्दा समृद्धि कठिन जस्तो देखिए पनि जनताले दह्रिलो साथ दिएमा त्यो पूरा हुने उनको भनाई थियो । ‘हिजो हामीले राजा हटाउँछौं, राजतन्त्र फाल्छौं भन्दा धेरैलाई अस्वाभाविक लाग्थ्यो ।…

Read More