तालिबानले गरेको आक्रमणमा परि कम्तीमा १५ सुरक्षाकर्मीको ज्यान गयो

तालिबानले गरेको आक्रमणमा परि कम्तीमा १५  सुरक्षाकर्मीको ज्यान गयो

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताएका छन् । उनले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते…

Read More

स्टील उद्योगमा भएको विष्फोटमा परि नौ जनाको ज्यान गयो

स्टील उद्योगमा भएको विष्फोटमा परि नौ जनाको ज्यान गयो

  भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जिपी। सिंहले सञ्चारमाध्यमलाई बताए। विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ। अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै…

Read More

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विज्ञान संकायका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । भ्रमण जाने रकम निकासा नगरेको भन्दै उनीहरुले विभागिय प्रमुखको कुर्सी समेत तोडफोड गरेका छन् । विद्यार्थीहरुलाई भ्रमण लैजाने पक्का पक्की गरिसकेपछि विभागिय प्रमुखले प्रशासनबाट हस्ताक्षर भएको चेक दिन अटेरि गर्दा विद्यार्थीहरु आक्रोसित भएका हुन् । यस अघि भ्रमण लैजान दर्जनौ पटक वार्ता भएको र अन्ततः असोज २५ गते भ्रमण जाने सहमतिमा बजेट निकासा गर्ने कुरा मिलेको भएपनी मंगलबार बसभाडाको लागि अग्रीम भुक्तानी दिन पैसा नपाए पछि विद्यार्थीहरुले तालाबन्दी गरेको विद्यार्थी भोजराज पन्तले बताए । विज्ञान संकायका विभागिय प्रमुख गोविन्द ढुङ्गानाले मनोमानी…

Read More

नारायणी नदीमा दुई वर्षीय नाबालकको शव फेला

नारायणी नदीमा दुई वर्षीय नाबालकको शव फेला

प्रनिश थापा/चितवन । चितवनको नारायणी नदीमा मंगलबार बिहान दुई वर्षीय नाबालकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नदी किनारस्थित उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै अन्दाजी ६ बजेको समयमा नाबालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार बिहान चार–पाँच बजेको समयमा बालकलाई ज्युँदै खोलामा बगाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक बालकलाइ नदीमा घोप्टो परिहेको अवस्थामा स्थानीय माझीले नदीमा शव फेला पारी किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए । मृतक बालकको शवलाई अहिले पोष्टमार्टमको…

Read More

फोहर व्यवस्थापनका लागि नयाँ स्थान

फोहर व्यवस्थापनका लागि नयाँ स्थान

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार हालका लागि विपल्पका रुपमा आत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ । यसै साताभित्र आत्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ । हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग…

Read More

साना सवारीद्वारा सम्झौता उल्लङ्घन

साना सवारीद्वारा सम्झौता उल्लङ्घन

काठमाडौँ । दशैँको अग्रीम टिकट बुकिङ गर्न साना सवारीका व्यवसायीसँग यातायात व्यवस्था विभागले सोमबार गरेको सम्झौता उल्लङ्घन भएको छ । सम्झौताअनुसार आजदेखि कोटेश्वर, गौशाला, चाबहिल, नयाँबसपार्क, कलङ्की, सातदोबाटोलगायत स्थानबाट सञ्चालन हुने लामो दूरीमा चल्ने माइक्रो, हाइस, मिनी बसलगायत साना सवारीको टिकट बुकिङ गरिने उल्लेख थियो । सोमबारको सम्झौताको समाचार पढेर बिहानै चाबहिलमा माइक्रोको टिकट लिन जानुभएकी सोलुखुम्बुकी शर्मिला बास्तोलाले बुकिङ भइसकेको जवाफ पाए । टिकट नखोली कसरी सकिन्छ भन्ने प्रश्न गर्दा काउन्टरबाट पहिल्यैदेखि वितरण गरेको जवाफ पाइएको उनले सुनाए । सम्झौता व्यवसायीले पालना नगरेको सूचना आएकाले कारवाही प्रक्रियामा जाने तयारी…

Read More

सप्तरीमा बजार अनुगमन, औपचारिकतामा मात्र सिमित

सप्तरीमा बजार अनुगमन, औपचारिकतामा मात्र सिमित

अनिल पोखरेल/राजविराज। चाडपर्व नजिकिएसँगै सप्तरीमा बजार अनुगमन सुरु भएको छ । तर, बारम्बार गल्ती दोहो-याउनेलाई पनि कारबाहीको सट्टा चेतावनी दिएर छोड्ने गरिएका कारण औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन् । वर्षमा दुई÷तीन पटक गरिने बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले जस्तोसुकै कमजोरी फेला पारेपनि ‘सुधार गर्नु’ भन्दै फर्कने गरेको छ । कारबाही नै नगरिएपछि सोही प्रकारका गल्ती बारम्बार दोहोरिने र त्यसको मार उपभोक्ताले खेप्नु परिरहेको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन् । ‘बजारमा म्याद गुज्रेका खाद्य वस्तु नबेच्ने पसल पाउन गाह्रो छ ।’, उनी भन्छ, ‘प्रशासनले गरेको…

Read More

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमति एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र…

Read More

‘यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान’

‘यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान’

अनिल पोखरेल/राजविराज । पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै विभिन्न पेशा र क्षेत्रका युवा, महिलाहरूले बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान सुरू गरेका छन् । राजविराजमा मंगलबार अभियानको आरम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताए । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा स्थानीय महादेव मन्दिरबाट निकालिएको ¥यालीले नगर परिक्रमा पश्चात सहिद दशन चोकमा कोण सभाको आयोजना गरी अभियानको आरम्भ भएको घोषणा गरेको छ । सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले सप्तरी जिल्लामा…

Read More

‘विकासको बाधक मदिरा र लागुऔषध’

‘विकासको बाधक मदिरा र लागुऔषध’

दुल्लु । गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । लागुऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उनले भने “मदिरा र लागुऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।” उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गरे । लागुऔषध निषेध…

Read More