दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने

काठमाडौं । दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ । वाण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गरे । प्रदेश नं ३ का भौतिक योजनामन्त्री केशव स्थापितले आफूले…

Read More

माछापुच्छ्रे बैङ्कका ब्रान्ड एम्ब्यासडर आर्यन गिरी र मिरा राईलाई अर्को सफलता

माछापुच्छ्रे बैङ्कका ब्रान्ड एम्ब्यासडर आर्यन गिरी र मिरा राईलाई अर्को सफलता

माछापुच्छ्रे बैङ्क लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यु १४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् । नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उक्त उपाधि जितेका हुन् । यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यु १४ टेनिस प्रतियोगिताको लागि थप ऊर्जा मिलेको गिरीले बैङ्कलाई बताएका छन् । आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस सुरु गरेका…

Read More

बन्द उद्योग सञ्चालन गर्नेः मन्त्री खनाल

बन्द उद्योग सञ्चालन गर्नेः मन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताएका छन् । चाडपर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले ती उद्योग खुलाउने विषयमा उद्योग मन्त्रालयसँग पहल थालिएको जानकारी दिए । मन्त्री खनालले दुई मन्त्रालय मिलेर एउटा समूह नै निर्माण गरी बन्द उद्योग सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताउँदै महङ्गो भए पनि नेपालमै उत्पादित कपडा पहिलो चरणमा सरकारी कर्मचारी र सुरक्षा निकायबाट प्रयोगमा ल्याइनेछ भने । बाँके जिल्लामा रहेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिका रुपमा विकास गर्ने योजना…

Read More

गिट्टी बाकेर जनकपुर आइपुग्यो रेल

गिट्टी बाकेर जनकपुर आइपुग्यो रेल

भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ -याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको -याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो ।…

Read More

राष्ट्र बैङ्कद्वारा आगामी शनिवार बैङ्क तथा वित्तीय संस्था बन्द नगर्न निर्देशन

राष्ट्र बैङ्कद्वारा आगामी शनिवार बैङ्क तथा वित्तीय संस्था बन्द नगर्न निर्देशन

बैङ्क तथा वित्तीय संस्थाहरूलाई आगामी शनिवार पनि आफ्ना शाखा तथा काउण्टरका सबै कार्यालय सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाले आगामी असोज २७ गते राजस्व बुझ्नको लागि अनिवार्य रुपमा बैङ्कका कार्यालय खोल्न अनुरोध गरेकाले राष्ट्र बैङ्कले यस्तो निर्देशन दिएको हो ।कार्यालय खोलेर राजस्व बुझ्ने व्यवस्था गर्नुका साथै राजस्व जम्मा गर्ने र दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्क तथा वित्तीय संस्थासँगै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत खुला गर्न निर्देशन दिईएको छ ।

Read More

एनआईसी एसियाको थप दुई नयाँ शाखा सञ्चालनमा

एनआईसी एसियाको थप दुई नयाँ शाखा सञ्चालनमा

एनआईसी एसिया बैङ्कले २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बाँकेको नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ मा त्रिभुवनचोकशाखा र बैजनाथगाउँपालिका वडा नं.६ मा सम्झना चोक शाखाको सुरुवात गरेको हो । त्रिभुवनचोकशाखाको बैङ्कका सञ्चालक राजेन्द्र प्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगन्जका निर्देशक विमल राज खनाल बाट एक समारोहका बिच समुद्घाटन गरेको बैङ्क द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैङ्कको हाल मुलुकभर २६१शाखाकार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखा रहित बैङ्किङ ईकाई मार्फत बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क…

Read More

सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त: नेता बानियाँ

सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त: नेता बानियाँ

हेटौँडा । प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्न सक्छ ।” नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरु हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताए । उनले भने, “राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी…

Read More

कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श बैठक

कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श बैठक

सुर्खेत । कर्णाली प्रदेश सरकार र यसअन्तर्गत गठित विज्ञ समूहबीच आज परामर्श बैैठक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको परामर्श बैठक बजेट कार्यान्वयनमा केन्द्रित भएको हो । बैठकमा विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा. पुण्य रेग्मी, डा. सुरेश तिवारी, डा. कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधानले समूहको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका समूहका संयोजक शर्माले भने, “जनतालाई परिणाम चाहिएको छ । कानूनी अड्चनलाई सल्टाएर बजेट कार्यान्वयनमा सरकारले तदरुकता देखाउनुपर्दछ ।” जनतालाई सरकारी प्रक्रियाको सरोकार…

Read More

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

रामहरि न्यौपाने/बेत्रावती । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत नीरञ्जना मन्दिरमा यो वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । “ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ”, पुजारी पौडेलले भन्नुभयो, “यसको पूजाआरधना…

Read More

मापदण्ड विपरित सञ्चालित दुई पानी उद्योग बन्द

मापदण्ड विपरित सञ्चालित दुई पानी उद्योग बन्द

नेपालगञ्ज । मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो । यसैबीच गाईभैँसीको घिउमा वनस्पति घिउ मिसाएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिकसहित तीन जनालाई आज यहाँ पक्राउ गरिएको छ । पक्राउ…

Read More