धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ: मुख्यमन्त्री भट्ट

धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिएका छन् । आज आयोजित छलफल कार्यक्रममा उनले धानको बिक्री गर्दा किसानलाई घाटा व्यहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी रहेको बताए । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टको पनि सहभागिता थियो ।

Read More

सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन

सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाउनु भएको हो । बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना…

Read More

भौतिक पूर्वाधारको काममा थप समन्वय जरुरी

भौतिक पूर्वाधारको काममा थप समन्वय जरुरी

काठमाडौँ । पूर्वाधार निर्माणमा देखिएका कमीकमजोरी हटाई द्रुत गतिमा पूर्वाधार एवं विकास निर्माणका काम अगाडि बढाउन अन्तर मन्त्रालय समन्वयको जरुरी रहेको आवश्यकता औँल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरकारका सचिवको बैठकले विकास निर्माणका काममा गति दिन, नागरिकलाई परिवर्तनको महसुस हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएको छ । चालू आर्थिक वर्षको दुई महीनामा राजश्व सङ्कलन उत्साहप्रद भएको, यस अवधिमा १६० भन्दा बढी कानूनको निर्माण भएको, सङ्घ, प्रदेश र स्थानीय तहका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यको प्रथम चरण सम्पन्न भएको विषयमा समेत छलफल…

Read More

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

अङ्कारा । टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ । राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो । साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिलेर दुवै पक्षको संयुक्त टोलीमार्फत खोजी गर्ने योजना बनाएको छ । टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए । पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बन्नु भएका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही…

Read More

सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने

सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा विभिन्न दातृ निकायका प्रतिनिधिले आज छलफल गरेका छन् । विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने समूह नेता सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा, युरोपियन युनियनका कन्सलटेन्ट तेजराज दाहाललगायत दातृ निकायको टोलीले तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा नगरपालिकाका तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उपसचिव हरिप्रसाद ज्ञवाली, प्रवक्ता सुरेन्द्र श्री, कार्यपालिका सदस्य, सल्लाहकार, कर्मचारीलगायतको सहभागिता थियो । दातृ निकायका प्रतिनिधिले नगरपालिकाबाट…

Read More

सालकको छालासहित बालाजुबाट दुई पक्राउ

सालकको छालासहित बालाजुबाट दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडौंको बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ । बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका–२ का देवराज श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका–१ का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ गरिएका दुवैलाई कारवाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ । सालक लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१), सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण…

Read More

राउटे बस्तीमा दशैंको चटारो

राउटे बस्तीमा दशैंको चटारो

सुर्खेत । यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताए । “दशैँ आइसक्यो, खसीबोका र चामल किन्न…

Read More

दाङको बङ्गलाचुलीमा १५  शैयाको अस्पताल बन्ने

दाङको बङ्गलाचुलीमा १५  शैयाको अस्पताल बन्ने

लमही । सङ्घीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको बङ्गलाचुली गाउँपालिकामा १५  शैयाको अस्पताल बन्ने बताएका छन् । दाङको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताएका हुन् । उनलृले भने, “उक्त अस्पताल निर्माण भएपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौ हिडेर सदरमुकाम पुग्नुपर्दैन ।” सबै गाउँपालिकामा १५ श्ययाको सरकारी अस्पताल निर्माण गर्ने नीति अनुरुप देश भरी मै पहिलो दाङको बङ्गलाचुलीमा उक्त अस्पताल सञ्चालनमा आउने गरी पहल थालेको उनले बताए । उनले बङ्गलाचुली जडिबुटी उत्पादनको पकेट क्षेत्र भएकाले यहाँ…

Read More

‘तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माण’

‘तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माण’

कावासोती । खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानीको पहुँच सुनिश्चितता गर्ने गरी विशेष योजना अगाडि बढाइएको बताएका छन् । नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१औँ साधारणसभा तथा ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा तराईमा शुद्ध खानेपानी वितरणका लागि महाकाली, कर्णाली, बवई, नारायणी, मेचीलगायतका नदीमा सम्भाव्यता अध्ययनसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । उहाँले नवलपरासी, चितवनसहित छ जिल्लामा नारायणीको पानी शुद्धीकरण गरेर जनतामाझ पु¥याइने गरी दीर्घकालीन योजना अगाडि सारेको जानकारी गराए । जनताले आर्षनिक युक्त पानी खान नपरोस् भनेर नारायणी ‘बल्क…

Read More

महिला भलिबलको फाइनलमा एपिएफ र पुलिस

महिला भलिबलको फाइनलमा एपिएफ र पुलिस

बलेवा । गलकोटमा जारी राष्ट्रिय महिला भलिबलको आजको सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका छन् । एपिएफ प्रदेश नं ५ लाई सोझो सेटमा २५–१०, २५–१५ र २५–१९ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २८–२६, २५–१५ र २५–१४ अङ्कले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार खेलाइनेछ । तेस्रो स्थानका लागि आर्मीले प्रदेश नं ५ सँग खेल्नेछ । सो प्रतियोगिताबाट १८ खेलाडी उत्कृष्ट छनोट हुनेछन् । वैकल्पिक छ खेलाडी छनोट गरेर साग…

Read More