अपहरणमा परेका बालकको हत्या, दुर्इ अरोपित पक्राउ

अपहरणमा परेका बालकको हत्या, दुर्इ अरोपित पक्राउ

बाराबाट चार दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ।असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरी हत्या गरेर शवलाई गाउँ नजिकैको झाडीमा फालेको अनुसन्धानबाट खुल्न आएको बताए। उनका अनुसार बालकको हत्या संलग्न रहेको आरोपमा असोज २७ गते नयका टोलका दुई युवक हरेन्द्र कुश्वाहा र श्यामसुन्दर बैठालाई पक्राउ गरिएको छ।पक्राउ परेका कुश्वाहाले…

Read More

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह ‘गल्ती गर्नेलाई कारवाही गर्नुहोस्’

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह ‘गल्ती गर्नेलाई कारवाही गर्नुहोस्’

काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आज कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।” नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए । उनले भन्नुभयो, “काभ्रेपलाञ्चोक…

Read More

अबअध्यक्षमा मेरो दाबी स्वाभाविक, गलत अभ्यास भए सामना गर्न तयार छु : आचार्य

अबअध्यक्षमा मेरो दाबी स्वाभाविक,  गलत अभ्यास भए सामना गर्न तयार छु : आचार्य

” काम गर्नका लागी पद नै चाहिन्छ भन्ने होईन । पदमा रहेर वा नहरेर पनि यो अभियानमा योगदान गर्न सक्छु । एनसीसी आईसीसीमा रहेर निरन्तर १२ वर्ष काम गरेका साथीहरु सायदै छन । अनुभव, ज्ञान र क्षमताका आधारमा पनि अब नेतृत्वका लागी स्वभाविक दाबेदार हुँ । यो बुझेर पनि नेतृत्वमा जानकै लागी कतैबाट गलत अभ्यास भयो भने म यसको डटेर सामना गर्न तयार छु । “ १५ वर्ष पहिले विश्वभर छरिएको नेपाली डायस्परालाई एउटै संस्थामा आबद्ध गर्ने उदेश्यले स्थापित गैरआवासीय नेपाली सङ्घ अहिले विश्वभर नेपाली पुगेका ७९ देशमा क्रियाशील छ । विश्वको…

Read More

बढी भाडा लिने सवारी साधन कारबाहीमा

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँ । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उनले बताए । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको…

Read More

म्याद गुज्रेको सामान जफत

म्याद गुज्रेको सामान जफत

भक्तपुर । भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा किचेन फोहोर भएको, विद्युत्को तार अलपत्र राखेको, ग्यास सिलिण्डर आगो नजिक राखेको, मिठाइ सामानहरुमा धुलो, झिङ्गा भन्किएको, मूल्य सूची नराखेको र पसल नवीकरण नगरेको पाइएको वरिष्ठ अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताए । टोलीले देव तेल पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । त्यस्तै रामचन्द्र…

Read More

‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’: सुवासचन्द्र नेम्वाङ

‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’: सुवासचन्द्र नेम्वाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताएका छन् । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानबमोजिम व्यवस्था गरिएको तीन तहको निर्वाचनमा सबै दल सहभागी भई जनादेशअनुसार सबै तहमा सरकार सञ्चालन भएको हुँदा आवश्यकताअनुसार थपघट हुँदै जाने बताए । संविधान बनाउने समय स्व गुरुङले पार्टीको वैचारिक दृष्टिकोणलाई प्रक्रियामा लगेर संसद्मा छलफल गराउन भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले जनप्रतिनिधिले विधि र प्रक्रियाबाट निर्माण गरेको संविधान…

Read More

चितुवाको छालासहित एकजना पक्राउ

चितुवाको छालासहित एकजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका १८ वर्षीय कुनसाङ्ग तामाङलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जेब्रा झोलामा लुकाएर बेचविखन गर्न हिँडिरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको परिसरले जनाएको छ ।

Read More

पूर्वसचिव आचार्यको संरक्षकत्वमा सर्भेयर्स सोसाइटी गठन

पूर्वसचिव आचार्यको संरक्षकत्वमा सर्भेयर्स सोसाइटी गठन

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यको संरक्षकत्वमा सर्भेयर्स सोसाइटी कास्की गठन भएको छ । कास्की जिल्लाका पूर्व र कार्यरत नापीकर्मीहरुको शनिवार आयोजित भेलाले पूर्व सचिव आचार्य संरक्षक र भरतराज आचार्य अध्यक्ष रहेको सोसाइटी गठन गरेको हो । भेलाले सोसाइटीको उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ, सचिवमा दिनेश लामिछाने, कोषाध्यक्षमा झलकनाथ गौतम, सदस्यहरुमा गंगालाल पोखरेल, विष्णु भण्डारी, कृष्णप्रसाद आचार्य, विशाल थापा, ऋषी थापा, लक्ष्मी थापा र शिवशोभा खडका रहेकालाई चयन गरेको छ । समितिका संरक्षक आचार्यले नेपालमा नापी र भूमिसुधार सम्वन्धि व्यवस्थित नीति नभएको र कार्यान्वयन पक्ष समेत फितलो भएकाले सोसाइटीले यस विषयमा पृष्ठपोषण गर्ने बताए…

Read More

पानीपुरी खाँदा ३३ जना विरामी, पानीपुरी बेच्ने प्रहरी नियन्त्रणमा

पानीपुरी खाँदा ३३ जना विरामी, पानीपुरी बेच्ने प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेतमा पानीपुरी खाँदा एकै खाउँका ३३ जना विरामी परेका छन् । प्रहरीका अनुसार ठेलामा राखिएको पानीपुरी खाँदा सुर्खेतको भेरीगंगा नगरपालिका ३३ जना विरामी परेका हुन् । विरामी पर्नेमा महिला र बालबालिका रहेका छन् । उनीहरुले भेरीगंगा नगरपालिका ११ रामघाटमा ठेलामा राखिएको पानीपुरी खाएका थिए । पानीपुरी खाएर बिरामी परेकाहरुलाई बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्नेजस्ता लक्षण देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनीहरुलाई क्षेत्रीय अस्पताल कालागाउँमा लगिएको छ । पानीपुरी बेच्ने जयराम खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा

पोखरा । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ । शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो । हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव सङ्कलन गरी चार खेपमा गुर्जा पु¥याउन सफल भएको थियो । घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आज साँझ काठमाडौँ पठाइएको पोखरा विमानस्थलमा खटिएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।…

Read More