जलेको अवस्थामा मोटरसाइकल फेला

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमासे४प ३४३० नंको मोटरसाइकल जलेको अवस्थामा आज फेला परेको छ । सामुदायिक वनछेउ बिहान अज्ञात व्यक्तिले जलाएर बेवारिसे अवस्थामा छाडेको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । मोटरसाइकल पूरै जलेको अवस्थामा रहेको जनाइएको छ ।

Read More

नदीमा हामफालेका सुनारको भयाे जीवितै उद्धार

कञ्चनपुर।  नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महाकाली नगरपालिका–४ का ५३ वर्षीय धनगिरि सुनारको प्रहरीले जीवितै उद्धार गरेको छ ।  महाकाली नदीमा हामफालेका सुनारको तत्कालै प्रहरीको टोलीले जानकारी पाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । सुनारको अवस्था सामान्य छ ।

Read More

नुवाकोट तलेजुमा फूलपाती

नुवाकोटको साततले दरबारस्थित तलेजु भवानीको मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । नुवाकोटस्थित श्रीनाथ गणका नेपाली सैनिकको टुकडीले मङ्गल सलामी दिँदै बाजागाजाका साथ फूलपाती भित्र्याएको हो । स्थानीयवासीले फूलपाती भित्र्याउनुअघि मन्दिर वरिपरि गाईको गोबरले लिपपोत गरेका थिए । फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखि नै रहेको हो । गोरखाका राजा पृथ्वीनारायण शाह विसं १८०१ असोज १५ गते तेस्रंो प्रयासपछि नुवाकोट विजयी भएपछि फूलपाती र फूलाडोलीको महत्व झन् बढेको स्थानीयवासी बताउँछन् । फूलपाती भित्र्याउन प्रजिअ उद्धवबहादुर थापा, नेपाल प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख निरञ्जन भण्डारी, सरकारी कर्मचारी, स्थानीयवासीलगायतको सहभागिता थियो ।

Read More

दशैंमा शाकाहरीले के खाने ? यस्ता छन् १२ टिप्स

दशैंमा शाकाहरीले के खाने ? यस्ता छन् १२ टिप्स

दसैँलाई हर्ष, उमंग र उल्लासको पर्वका रुपमा हेरिन्छ । धार्मिक आस्था र उपभोगको पर्वका रुपमा पनि लिइन्छ । टाढिएका आफन्तजन, नातागोता, इष्टमित्र दसैँमा एकठाउँमा भेला भएर मान्यजनको हातबाट टीका र जमरा लगाउने तथा आशिर्वाद लिने गरिन्छ । मासु र मदिरा प्रयोग पनि दसैँमा सामान्य बन्दै गएको छ । यस्तो समयमा मासु नखाने व्यक्तिले कसरी चाडमा रमाइलो गर्ने, कस्ता खानेकुरा खाने भनेर रातोपाटीका लागि आस्था केसीले अलका अस्पतालकी डाक्टर रंगीना लाइकाङवाङसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ– भेजेटेरियनका लागि डाक्टर रंगीनाका १२ टिप्स : – हामीकहाँ ताजा–ताजा फलफूल उपलब्ध छन् । त्यसमा…

Read More

सावधान ! मासु यसरी विशाक्त हुन सक्छ

सावधान ! मासु यसरी विशाक्त हुन सक्छ

दशैंको एउटा फरक विशेषता हो, मिठो खाने । हुन त अहिले मासु खानका लागि दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपी देशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैंमा खसीको त्यो पनि पक्कु, खास परिकार हो । त्यसबाहेक अहिले रागा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ । त्यसबाहेक विदेशबाट आयतित सामुन्दि्रक खाना पनि हाम्रो भान्सामा सामेल हुन थालेको छ । मासुमा केही पोषक तत्व हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्छ…

Read More

मासु कसरी तयार गर्ने ? यस्तो छ विधि

मासु कसरी तयार गर्ने ? यस्तो छ विधि

मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने राम्रोसँग सफा गर्न अतिआवश्यक हुन्छ । – मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ । – थोरै समयमा मासु पकाउँदा भित्री भाग नपाकेको अपनि हुन सक्छ । त्यसैले, मासुलाई लामो समय दिएर पुरै पाक्ने गरि पकाईसकेर मात्र प्रयोग गर्नुपर्छ । – कहिल्यै पनि मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । मासु राख्द…

Read More

सावधान यी कुरा खाँदा पेटमा गडबडी हुन सक्छ

सावधान यी कुरा खाँदा पेटमा गडबडी हुन सक्छ

चाडपर्वमा हामी मनलाग्दो खान्छौं । त्यसमाथि दशैं जस्तो पर्व । अर्थात मासु खाने पर्व । थरीथरीका मासु खाइने नै भयो । त्यसमाथि आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभत्तेरले पनि हाम्रो पेट खाली राख्न दिदैन । बरु, आवश्यक्ताभन्दा बढी खाइदिन्छौं । अहिले धेरैजसो यात्राका क्रममा होलान् । कसैलाई पूख्र्यौंली थातथलो र्फकने हतारो, कसैलाई ससुराली जाने । भनौं, सडकको चहलपहल पनि थामिनसक्नु छ । यात्राको क्रममा, अझ लामो यात्रामा पेट दुखे के गर्ने रु यात्रा नै खल्लो हुन्छ । दशैंको उल्लास नै हराउँछ । त्यसैले यतिबेला खानपानमा ध्यान दिन आवश्यक छ…

Read More

नवरात्रमा खाली खुट्टा पैदल हिड्नुभएको छ ? यस्ता छन् फाइदा

नवरात्रमा खाली खुट्टा पैदल हिड्नुभएको छ ? यस्ता छन् फाइदा

नवरात्र जारी छ, जसको आफ्नै विशिष्ठ धार्मिक महत्व छ । शरदीय ऋतुको यो मौसम स्वास्थ्यको दृष्टिले पनि उत्तिकै राम्रो मानिन्छ । यस मौसमको अझ बढी फाइदा त त्यसबेला उठाउनुहुन्छ, जतिबेला खाली खुट्टा हिँड्नुहुन्छ । नवरात्रको समयावधीमा जुत्ता, चप्पल नलगाई हिँड्दा स्वास्थ्यमा अनेकन सकरात्मक प्रभाव पर्छ । धेरै हिँड्नु पनि परेन । नियमित दुई सातासम्म खाली खुट्टा पैदल हिँड्नुपर्छ । दैनिक एकदेखि डेढ घण्टा । यसले गदा लामो समय निरोगी रहनको लागि सहयोग पुग्ने गर्छ । बदलिदो मौसम स्वस्थकर नवरात्रअघि वर्षाको समय हुन्छ । वर्षाको मौसम समाप्त भएर शरद ऋतु शुरु…

Read More

ऋणले बाँधिएको गाउँ : दलित र गरीब माथि बँधुवा श्रम यथावत, हलियामाथि बलियाको रजाइँ

ऋणले बाँधिएको गाउँ : दलित र गरीब माथि बँधुवा श्रम यथावत, हलियामाथि बलियाको रजाइँ

बझाङ । थलारा गाउँपालिका वडा नम्बर ६, विस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका नेपालीको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला गोपाल ४५ वर्षका थिए । गोपालको मृत्यु भएको दुई वर्षपछि २१ भदौ २०६५ मा सरकारले हलिया–प्रथा अन्त्य भएको घोषणा ग¥यो । यो घोषणासँगै कसैले हलिया राख्न नपाउने, ऋण तिर्न नसकी पुस्तौंदेखि साहुको हलो जोतिरहेका हलियाहरूको सम्पूर्ण ऋण आफैंले तिरिदिने र पूर्व हलियाहरूको पुनस्र्थापनाका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले ग¥यो । गोपालको…

Read More

दसैँमा यी कुरामा ध्यान दिनुहोस् नत्र पछुताउनुपर्ला

दसैँमा यी कुरामा ध्यान दिनुहोस् नत्र पछुताउनुपर्ला

दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्रा न्यूनतम र चिल्लो पदार्थ अधिक हुन्छ । जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । यस समयमा धेरै परिकारका खाना पकाएर भण्डारण गर्ने पनि चलन छ । खानेकुरालाई उपभोग्य, स्वच्छ र स्वस्थ बनाउन सही भण्डारण तापक्रम र तरिका पनि अत्यन्त आवश्यक पर्छ । त्यसैले दसैँमा यी कुरामा ध्यान दिन जरुरी छ । यी कुरामा ध्यान दिऔँ -दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्ने सम्भावना हुन्छ । विशेषगरी, दूध तथा दुग्धजन्य पदार्थ, माछा,…

Read More