विद्यालयको लेखापरीक्षण स्थानीय तहले गराउने

विद्यालयको लेखापरीक्षण स्थानीय तहले गराउने

सङ्घीय सरकारले संविधानको मर्मअनुसार विद्यालयको लेखापरीक्षण गर्न स्थानीय तहलाई जिम्मेवारी दिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा व्यवस्थाको अधिकार स्थानीय तहको भए पनि विद्यालयको लेखा परीक्षण कुन तहले कसरी गर्ने भन्ने स्पष्ट भइनसकेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लेखा परीक्षण गराउन पत्र पठाई अधिकार हस्तान्तरण गरेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम लागू भएसँगै विद्यालय तह भन्नाले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म बुझाउँछ । विद्यालयको लेखा परीक्षणका लागि स्थानीय तहले नेपाल चार्टर्ड एकाउन्ट संस्थाको स्वीकृत मापदण्ड र शिक्षा नियमावली २०५९ को नियम…

Read More

गोरु ओसारपसार गर्ने ट्रक नियन्त्रणमा

गोरु ओसारपसार गर्ने ट्रक नियन्त्रणमा

दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला सदस्य सुरज परियारले जानकारी दिनुभयो । नेपालगञ्जबाट गढवा हुँदै भारततर्फ लग्ने तयारीमा रहेको सो ट्रकका लाइसेन्स, ब्लू बुक र साँचो नियन्त्रणमा लिइएको जनाइएको छ । सो सडकखण्ड भएर नियमित रुपमा गोरु ओसारपसार हँुदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप बताइएको छ ।

Read More

ढिस्काले पुरेर एक महिलाको मृत्यु

ढिस्काले पुरेर एक महिलाको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुरिएर घाइते भएकी पासवानलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Read More

सागका लागि उपसमिति गठन

सागका लागि उपसमिति गठन

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ । युवा तथा खेलकूद मन्त्रालयमा समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको तेस्रो बैठकले उपसमिति गठन गरेको राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले र काठमाडौँ महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई तोक्ने निर्णय भएको छ ।…

Read More

कोटेश्वरको सवारी चाप हटाउन पहल

कोटेश्वरको सवारी चाप हटाउन पहल

कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ । रु १२ करोडको लागतमा उक्त दोभानदेखि बालकुमारीसम्मको सडक निर्माणलाई द्रुतगतिमा निर्माण कार्य अघि बढाइएको छ । कोटेश्वरको सवारी चापलाई नै मुक्त बनाउन मनोहरामा बेलिब्रिज निर्माणको कार्यसमेत शुरु गरिएको छ । बेलिब्रिज तथा करिडोर निर्माण सम्पन्न भएपश्चात्…

Read More

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क लगाएपछि व्यवसायी आन्दोलित

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क लगाएपछि व्यवसायी आन्दोलित

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क लगाएपछि पर्यटकीयस्थल नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदूर र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरकोट आउने पर्यटकसँग छुट्टाछुट्टै शुल्क लिन थालेपछि दुई स्थानीय सरकारले एकै क्षेत्रका लागि दोहोरो शुल्क लिएको भन्दै व्यवसायीले आज नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन शुरु गरेका हुन् । चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि पर्यटन शुल्क लिन थालेको हो भने मण्डन देउपुर नगरपालिकाले गत असोज २९ गतेदेखि लिन थालेको हो । भक्तपुर र काभ्रेको सिमानामा रहेको पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका…

Read More

आवेदक सबैलाई आँखुखोलाको शेयर

आवेदक सबैलाई आँखुखोलाको शेयर

आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको सिभिल क्यापिटलले जनाएको छ । सो कम्पनीको शेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए । जुन कूल मागको ४.४३…

Read More

१४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

१४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट…

Read More

सुशासनका लागि सूचना अनिवार्य

सुशासनका लागि सूचना अनिवार्य

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकले सूचना बढी पाएमा सुशासन कायम हुने बताउनुभएको छ । सूचना आयोगले जुम्लामा कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको संरक्षण, सम्वद्र्धन र प्रचलनमा राष्ट्रसेवक कर्मचारीको भूमिका विषयको अन्तरक्रिया उहाँले सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी दिनुभयो । बाँस्कोटाले राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा मात्रै भए पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी नै सूचना आयुक्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका केही कार्यालयले सूचना नदिएको भन्ने गुनासा भएमा वा नियतबस सूचना नदिएमा कारबाही गर्ने बताउनुभयो ।

Read More

प्रदेश ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने

प्रदेश ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ ।  पत्रकारसँग आज उहाँले भन्नुभयो, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गर्नुभयो । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उहाँले ढिलो नभएको दावी गर्नुभयो । प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उहाँले भन्नुभयो, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उहाँले ऐन कानून बनिनसक्दा केही असहज…

Read More