नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा राजनीतिक संरक्षणमा ‘फरार’

नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा राजनीतिक संरक्षणमा ‘फरार’

गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा संलग्न कोही अदालतबाट नाम मात्रको धरौटीमा छुटेका छन् भने मुख्य व्यक्तिहरू राजनीतिक संरक्षणमा ‘फरार’ छन् । १ कात्तिकमा मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले मलेशियाका पूर्व उप–प्रधानमन्त्री एवम् आन्तरिक मामिला मन्त्री अहमद जाहिद हमिदीलाई पक्राउ ग-यो । पक्राउ गरेको भोलिपल्ट प्रहरीले हमिदीलाई क्वालालम्पुरको उच्च अदालतमा पेश ग-यो । आयोगले हमिदीलाई आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेशियन रिंगिट बराबरको रकम अवैधानिक रूपमा…

Read More

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गर्नु भएको हो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ। राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा…

Read More

एक किशोरी मृत फेला

एक किशोरी मृत फेला

बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् । आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्ड्याइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझसम्म घर नफर्केपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजी गर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक वद्रीप्रसाद ढकालले बताउनुभयो । घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरी अनुमान छ । राजापुरमा चिकित्सकको अभावका कारण शव परीक्षणका लागि कैलालीको टीकापुर अस्पतालमा पठाइएको छ ।

Read More

स्क्रब टाइफसबाट दुईको मृत्यु

स्क्रब टाइफसबाट दुईको मृत्यु

नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ । पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ । हालसम्म सो रोगबाट दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा…

Read More

लाल बहादुर धामी (अछामी बड्डा)ले ल्याए ‘अन्डी मन्डी’

लाल बहादुर धामी (अछामी बड्डा)ले ल्याए ‘अन्डी मन्डी’

चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डा)को नयाँ लोक पप गीत बजारमा आएको छ । खप्तड डिजिटल म्युजिक प्रालीको प्रस्तुती रहेको ‘अन्डी मन्डी’ बोलको गीतमा गायक लाल बहादुर धामी ‘अछामी बड्डो’ र दीपक संगम बिसीको आवाज रहेको छ। साथै गीतमा अराज केशव गिरिको -याप पनि सुन्न सकिन्छ। यस गीतमा दीपक संगम बिसीको लिरिक्स र म्युजिक रहेको छ। ‘अन्डी मन्डी’ गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा लालबहादुर धामी (अछामी बड्डो), अराज केशव गिरी, दीपक संगम बिसी, अन्जली अधिकारी, र तुला कुँवरको अभिनय रहेको छ। गीत राजधानी काठमाडौँका विभिन्न क्षेत्रमा…

Read More

डा. श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर, १ वर्ष कैद र एक करोड बढी जरिवाना

डा. श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर, १ वर्ष कैद र एक करोड बढी जरिवाना

विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उहाँलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको (अवैध) सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा…

Read More

यी हुन मेलम्ची आयोजनाका गाडी प्रयोग गर्नेहरु (सूचीसहित)

यी हुन मेलम्ची आयोजनाका गाडी प्रयोग गर्नेहरु (सूचीसहित)

  काठमाडौं । खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकीछिन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् । समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए । जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ । बा १ झ ८७५९ नं.को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको…

Read More

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा भ्रामक समाचार लेख्ने १ जना पक्राउ

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा भ्रामक समाचार लेख्ने १ जना पक्राउ

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा भ्रामक समाचार प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरेको बताएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका थिए।

Read More

भक्तपुरमा रङ्गशाला बनाएरै छाड्नेः नेता बस्नेत

भक्तपुरमा रङ्गशाला बनाएरै छाड्नेः नेता बस्नेत

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०७४÷०७५ मा स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यालय र गैर सरकारी संस्थाबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रथम समीक्षा बैठकमा उहाँले प्रत्येक नगरपालिकामा पक्की सडक विस्तार, धार्मिक पर्यटकीय गन्तव्यको विकास, प्रत्येक खोलामा पुल, हनुमन्ते करिडोर निर्माण, अन्तर्राष्ट्रिय रङ्गशाला र खेलकुदका लागि कबर्ड हल निर्माणको क्रम अगाडि बढिसकेको बताउनुभयो । पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका बस्नेतले विकासका सबै पूर्वाधार निर्माण गर्ने, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने, उज्यालो, सुरक्षित र शान्त…

Read More

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ

१३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ ।

Read More