लागु औषधसहित कपनबाट तीन जना पक्राउ

लागु औषधसहित कपनबाट तीन जना पक्राउ

प्रहरीले लागु औषधसहित काठमाडौंको कपनबाट तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनले काठमाडौं बूढानिलकण्ठ नगरपालिका ११ कपनका दीपेन्द्र खत्री, गुल्मी रुपाकोटका रामबहादुर थामा र नुवाकोट बिदुर गाउँपालिका नवराज शाहीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले फेनार्गन एम्पुल ८८ थान डाईजेल्याप पम्पुल ८८ थान र नुरफिन एम्पु ८८ थान बरामद गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत्तमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।

Read More

भीमदत्त नगरपालिकाले गर्यो दुई कानून पारित

भीमदत्त नगरपालिकाले गर्यो दुई कानून पारित

भीमदत्त नगरपालिका कार्यपालिका बैठकले दुई कानून पारित गरेको छ । भीनपा नगर कार्यपालिकाको २२औँ बैठकबाट आज ती कानून पारित गरिएका हुन् । यातायात कार्यविधि २०७५ र कर्मचारी सेवा शर्त कार्यविधि २०७५ पारित गरिएको छ । यसअघि ४२ कानून पारित गरिएका थिए । त्यसमध्ये ३२ कानून स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा गएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले २२आँै कार्यपालिका बैठकबाट दुई कानून निर्माणसहित केही कानून संशोधन गरिएको जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकबाट मदिरा बिक्रीवितरण व्यवस्थापन तथा नियन्त्रण कार्यविधि, नगरपालिका कार्यसम्पादन नियमावली, आर्थिक…

Read More

सङ्घीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा: डा. कोइराला

सङ्घीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा: डा. कोइराला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै नेताहरुलाई सच्चिन आग्रह गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बु, प्रदेशसभा सदस्यद्वय…

Read More

कतारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

कतारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक सकेर बिहीबार साँझ स्वदेश फर्केकी छन् । कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन्। परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले सम्बन्ध थप उचाइमा पुगेको दाबी गरेको छ। राष्ट्रपति फर्के लगत्तै उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मी समक्ष भ्रमणको सफलता सुनाए। राष्ट्रपतिले औपचारिक भेटघाटको साथै कतारमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्। भ्रमणका क्रममा उनले त्यहाँ रहेका नेपालीका समस्या पनि सुनिन्। कतारमा तीन लाख बढी नेपाली कार्यरत छन्। कतारका राष्ट्रपति अमिर…

Read More

लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर(भ्याट)को समस्या समाधान भएको, रु ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीलाई आयकरमा १० प्रतिशत छुट दिइएको र पूँजीबजारमा सूचीकृत हुन प्रोत्साहित गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी रु एक अर्ब वा सोभन्दा बढीको…

Read More

प्रधानमन्त्रीको स्वस्थ्यमा सुधार: १, २ दिनमै अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्रीको स्वस्थ्यमा सुधार: १, २ दिनमै अस्पतालबाट डिस्चार्ज

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

Read More

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्छ भन्नुभयो । नेता नेपालले काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारवाही…

Read More

ध्वनि र धुवाँ प्रदूषण रोक्न आदेश

ध्वनि र धुवाँ प्रदूषण रोक्न आदेश

नेपालगञ्ज औद्योगिक क्षेत्रबाट निस्किने धुुवाँ र ध्वनि प्रदूषण रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र शान्ति सिंहको संयुक्त इजलाशले बुधबार यस सम्बन्धी परमादेश जारी गरेको हो । अधिवक्ताद्वय लोकबहादुर शाह र पवनकुमार गुप्ताले गत जेठ १९ गते अदालतमा रिट निवेदन दर्ता गराएको थियो । नेपालगञ्ज औद्योगिक क्षेत्रको धुवाँ र ध्वनि प्रदूषणले स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने हक अधिकारबाट नागरिक बञ्चित भएकाले नागरिकको वातावरणसम्बन्धी हक अधिकारको संरक्षण गर्न विपक्षीका नाउँमा निषेधाज्ञा र परमादेशको आदेशको मागसहित रिट दायर गरिएको निवेदक लोकबहादुर शाहले बताउनुभयो । नेपालगञ्ज…

Read More

सीके राउत थप १५ दिन थुनामा रहने

सीके राउत थप १५ दिन थुनामा रहने

रौतहट । जिल्ला अदालत रौतहटले सीके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो। राज्य विरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा अनुसन्धानको क्रममा रहेका छन्। राउतसंगै जिल्ला गठबन्धनका रौतहट जिल्ला संयोजक अशोक सिंह, विरेन्द्र दास, जयप्रकाश कुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन्।

Read More

जनकपुर विकास परिषद्का पदाधिकारीविरुद्ध मुद्दा दायर

जनकपुर विकास परिषद्का पदाधिकारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्र रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै कोषका लेखापाल उत्तमराज शर्मा ढकालले रु ६२ लाख ८८ हजार ५६९, तत्कालीन सवइञ्जीनियर पर्शुराम साहले रु तीन लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साह रु ६२ लाख ८८…

Read More