सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष प्रचण्ड

सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष प्रचण्ड

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताउनुभएको छ । नेकपा मोरङद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी संयन्त्रलाई बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । ” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले मन्त्रीहरुले पनि कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरुबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएकाले यसप्रति सचेत हुन आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको नयाँ ऐन बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले दीर्घकालीन महत्वका कामहरुलाई…

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्नसुधारको काम अघि बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्नसुधारको काम अघि बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।…

Read More

जन्मजयन्तीमा यसरी सम्झियो देवकोटालाई

जन्मजयन्तीमा यसरी सम्झियो देवकोटालाई

काठमाडौँ।  “म रंगीचंगी छु वसन्त छोरो म जन्मिएँ कोकिलले कराई । झुसिल्किराको सपना सिङ्गारी दिए पखेटा प्रभुले मलाई” विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता, सग्रह भाग २’ मा समावेश ‘पुतली’ शीर्षकको यो कविता नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्ष गुञ्जायमान भएसँगै कार्यक्रम शुरु गरियो । देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रवचन, पुस्तक परिचर्चा एवं कविता वाचन कार्यक्रममा कवि प्रभा भट्टराईले माथिको कविताको पङ्क्ति वाचन गरेर वातावणलाई काव्यिक तुल्याउनु भएको थियो । कवि भट्टराईले मात्र होइन देवकोटालाई सम्ँिझदै कवि मातृका पोखरेलले आफ्नो ‘नक्कली हावा’ शीर्षकको कविता वाचन गर्नुभयो, जसले…

Read More

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन ः अर्थमन्त्री

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन ः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताएका छन् । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उनले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताएका हुन् । अर्थमन्त्री डा खतिवडाले अरुण तेस्रोको निर्माण चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसका बारेमा पुनरावलोकन गर्नेभन्दा पनि कार्यप्रगतिका आधारमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको धारणा व्यक्त गरे । राष्ट्रिय गौरवको जलविद्युत् आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरिसकेको छ, उनले…

Read More

सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीशको अभाव

सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीशको अभाव

काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए पनि अहिले १९ जना न्यायाधीश रहेका छन् । दुई जना न्यायाधीश रिक्त भएपछि न्यायपरिषद्ले अझै न्यायाधीश नियुक्ति प्रक्रिया शुरु गरेको छ । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले चाँडै नै रिक्त न्यायाधीश…

Read More

घुस लिएको अभियोगमा लेखापाल पक्राउ

घुस लिएको अभियोगमा लेखापाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ । आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष…

Read More

लागूऔषधसहित भारतका गुप्ता चितवन प्रहरीको नियन्त्रणमा

लागूऔषधसहित भारतका गुप्ता चितवन प्रहरीको नियन्त्रणमा

प्रनिश थापा , चितवन । चितवन प्रहरीले ठूलो मात्रामा लागू औषधसहित एक जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका वर्ष ३७ को राम निवास गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार चार्डपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरूमा सुरक्षा ब्याबस्था कडा बनाएको थियो । सो, क्रममा प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले डाइजेपाम ६० एम्पुल, ब्युप्रिनफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल, र नाइट्राजेपाम ३०३ ट्याबलेट सहित गुप्तालाई गत, कार्तिक…

Read More

मनै लोभ्याउने पेडा

मनै लोभ्याउने पेडा

शम्भू माली, कपिलवस्तु । देख्दा उत्तिकै राम्रो । खाएपछि जिब्रोमै हराउछ । मिठास र स्वादले जति खाए पनि मन भरिदैन् । खाऊ खाऊ लाग्छ । सबैलाई जिज्ञासा लाग्यो होला, के हो भनेर ? यो हो कपिलवस्तुको तौलिहवा बजारमा रहेको राहुल स्विट हाउसको पेडा । चोक बजारमा रहेको मिठाई पसलको विषेशता नै पेडा बनेको छ । पसलमा १५ बढी प्रकारका मिठाई पाईने भएपनि सबैको ध्यान पेडाले नै तान्ने गरेको छ । पेडा किन्न धेरै ग्राहक पुग्छन् । स्वादिलो र सरसपुर्ण भएकै कारण पेडाको माग बढी छ । पेडा बनाउन गाउँगाउँका किसानबाट…

Read More

डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु

डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु

डोल्पा । सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताउनुभयो ।

Read More

आन्तरिक विवादमा काँग्रेसः पौडेल पक्षको काठमाडौंमा छुट्टै भेला

आन्तरिक विवादमा काँग्रेसः पौडेल पक्षको काठमाडौंमा छुट्टै भेला

नेपाली काँग्रेस महासमिति बैठक सार्ने र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको बेला नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको छुट्टै भेला भएको छ । पौडेल निवास बोहराटारमा भएको भेलामा नेताहरू कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, गगन थापालगायत नेताहरुको सहभागी थिए । बैठकमा नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएनन् । उनी आफ्ना भाञ्जा बिरामी भएका कारण झापा गएको बताइएको छ । मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरु आफ्नो धारणा तय गर्न छुट्टै भेला गरेका हुन् । कांग्रेस बैठकमा महासमिति बैठकको मितिबारे छलफल हुँदैछ । त्यस्तै विधान संशोधन…

Read More