पुनः बीमा कम्पनीको आइपिओ जारी हुँदै

पुनः बीमा कम्पनीको आइपिओ जारी हुँदै

दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा रासससँगको सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आइपिओ जारी हुने बताउनुभयो । रु सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उहाँले भारत सरकारका स्थापित चार वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि…

Read More

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्र्याइएका आठ लाख मूल्य बराबरका पटका नष्ट

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्र्याइएका आठ लाख मूल्य बराबरका पटका  नष्ट

भद्रपुर । भारतबाट झापाका विभिन्न नाका हुँदै नेपाल भित्र्याइएको झन्डै रु आठ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको छ । झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज, कोरोवारीलगायतका नाकाबाट प्रहरीले बरामद गरेको रु सात लाख ९४ हजार ५४६ मूल्य बराबरको पटका आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको हो । नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि अवैध रुपमा नेपाल भित्र्याइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

Read More

डिशहोमको च्यानल रमाइलो टिभीमा नयाँ कार्यक्रम आउँदै

डिशहोमको च्यानल रमाइलो टिभीमा नयाँ कार्यक्रम आउँदै

डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएको डिशहोमले जनाएको छ । रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् । नारी सम्वेदनामा…

Read More

विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा यहाँ आज बसेका सर्वदलीय, सर्वपक्षीय बैठकले मदिरा व्यवसायीले बेलुका ८ बजेसम्म, रेष्टुरेण्ट व्यवसायीले राति ८ः३० बजेसम्म र होटलले ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । तिहार र छठलाई लक्षित गरी लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले पान…

Read More

प्रदेश नं ३ भ्रष्टाचारमुक्त प्रदेश : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ भ्रष्टाचारमुक्त प्रदेश : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को नीति तथा योजना आयोगले आज आयोजना गरेको गोष्ठीमा उहाँले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, मानव संसाधन अगाडि रहेको प्रदेश भएकाले भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले कानून निर्माण, नीति निर्माण र कार्यविधि निर्माणको प्रक्रियाले प्रदेश सरकारको काम नदेखिए पनि अब जनताको अपेक्षालाई छिट्टै पूरा गर्ने आफूले काम गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युष्टि पार्टीका नेत्री तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश…

Read More

कुख्यात सिरियल किलर शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

कुख्यात सिरियल किलर शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो । नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग…

Read More

काङ्ग्रेसको आर्थिक नीति तयार हुँदै

काङ्ग्रेसको आर्थिक नीति तयार हुँदै

नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारीलाई तीव्र गति दिएको छ । पार्टीले सो कार्यका लागि सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो । समितिको आज बसेको बैठकले समग्र आर्थिक नीति मस्यौदा तयारीमा विज्ञहरु डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, डा पोषराज पाण्डे, अच्युत वाग्ले र डा विश्व पौडेलसँग आवश्यक सहयोग लिने निर्णय गरेको छ । समितिले यसअघि आर्थिक नीति मस्यौदा तयारीका लागि आवश्यक सुझाव लिने क्रममा यही कात्तिक ९ गते गण्डकी प्रदेशको पोखरामा सो क्षेत्रका पार्टी सभापति तथा विज्ञको संलग्नतामा…

Read More

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको आज यहाँ आयोजित पदक वितरण समारोहमा उहाँले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताउनुभयो । पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उहाँको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उहाँले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाउनुभयो । नेपाली काङ्ग्रेसका…

Read More

सिसिटिभी क्यामरा राख्न अनुमति अनिवार्य

सिसिटिभी क्यामरा राख्न अनुमति अनिवार्य

जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ । गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक, व्यापारिक र निजी प्रयोजनमा जडान हुने सिसिटिभी क्यामराको वर्गीकरण गरी अनुमति लिएर मात्र प्रयोगमा ल्याउन आग्रह गरेको हो । यसअघि सञ्चालनमा रहेका र अबदेखि जडान गर्न लागिएका सिसिटिभी क्यामराका लागि तोकिएको ढाँचामा दिएको आवदेनका आधारमा प्रशासन कार्यालयले अनुमति उपलब्ध गराएपछि मात्र क्यामरा जडान गर्न पाइने प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । उहाँको अनुसार सिसिटिभी क्यामरा जडानले सुरक्षाका लागि सहजता,…

Read More

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिएका छन् । तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

Read More