उदयपुरमा यसरी मनाइयो छठपुजा (फोटो फिचर सहित)

उदयपुरमा यसरी मनाइयो छठपुजा (फोटो फिचर सहित)

अभिमन्यु लामीछाने, उदयपुर उदयपुरमा श्रद्धालु भक्तजनहरुले मंगलबार अस्ताउँदो सूर्यलाई अर्ध दिई छठ पर्व मनाएका छन् । जिल्लाको प्रमुख ब्यापरिक केन्द्र मानिने कटारीको तावा खोला र सदरमुकाम गाईघाटको त्रियुगा खोलाको किनारामा श्रद्धालू भक्तजनहरुको भीड लागेको थियो । निकै श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत् रुपमा सुरु भएको हो । मङ्गलवार साँझ अस्ताउँदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल,…

Read More

चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु : खनाल

चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु : खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । इलाम सन्दकपुर गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ” इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलकार पु-याउने काम केही वर्षभित्रै पूरा गर्ने बताउनुभयो । “माईमझुवाको बुधबारेबाट सन्दकपुरसम्म केवलकार मेरै कार्यकालमा पुग्छ”, उहाँले भन्नुभयो, “रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा अबको तीन वर्षभित्रमा पक्की सडक पु-याउने जिम्मा आफ्नो छ ।” नेता खनालले आफ्नो…

Read More

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्नुहुन्छ । ‘‘सबै मन्त्रालयका सचिवले प्रत्येक महीनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’’, उहाँले भन्नुभयो, ‘‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’’ मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफँैले…

Read More

चिनियाँ भाषाको विद्यार्थी बन्दै शिक्षक

चिनियाँ भाषाको विद्यार्थी बन्दै शिक्षक

काठमाडौँ उपत्यका र आसपासका जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई आजदेखि चिनियाँ भाषा तथा संस्कृति सिकाउन थालिएको छ । चीन सरकारको सहयोगमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टरनेशनल (एलआरआई) विद्यालय परिसरमा विभिन्न ६० विद्यालयका करीब १५० शिक्षकलाई भाषा सिकाउन शुरु गरिएको हो । आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भाषा प्रशिक्षणमा चिनीयाँ संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषा सिकाइनेछ । भाषा प्रशिक्षणको आज शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, “नेपालकी छोरी भृकुटी र कलाकार अरनिकोले चीनमा नेपालको सांस्कृतिक सम्बन्धको शुरुआत गरेका थिए ।” भाषा तथा संस्कृतिले दुवै मुलुकको शिक्षा,…

Read More

पर्यटन प्रवद्र्धनमा चीनको चासो

–सिवी अधिकारी नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ । नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताउनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग आज पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लुले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ सहयोग अभिवृद्धिबारे चासो व्यक्त गर्नुभएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा…

Read More

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हुँदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला…

Read More

माओवादी केन्द्रको चियापानमा नेताहरुको निस्कर्ष : सरकारमा गएकाहरुले कम्युनिष्टको बदनाम गरे

माओवादी केन्द्रको चियापानमा नेताहरुको निस्कर्ष : सरकारमा गएकाहरुले कम्युनिष्टको बदनाम गरे

नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सत्तामा रहेका आफूलाई कम्युनिस्ट भन्नेहरुले कम्युनिस्टलाई बदनाम गरेको आरोप लगाएका छन् । मंगलबार गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बैद्यले अहिले कम्युनिस्टलाई बदनाम गर्ने काम भएको भन्दै यसलाई चिर्न सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता आवश्यक रहेको समेत बताए । सरकार बाहिर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरणका लागि छलफल भइरहेको उनको भनाई छ । उनले तत्काल छलफल गर्दै मुद्दा मिल्ले विषयमा कार्यगत एकता गर्दै अगाडि बढ्नुपर्ने र एक हुने अभियान सुरु गर्नुपर्ने जिकिर गरे । उनले अहिले…

Read More

चलचित्र ‘गोपी’ माघ १८ मा

चलचित्र ‘गोपी’ माघ १८ मा

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दाबी लामाको रहेको छ । गोपीलाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस…

Read More

वरिष्ठ नेता पौडेलको टिप्पणीः जस्तो सरकार उस्तै काँग्रेस पनि

वरिष्ठ नेता पौडेलको टिप्पणीः जस्तो सरकार उस्तै काँग्रेस पनि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको नेता पौडेलको दावी गरेका छन् । ‘संसदमा विपक्षी दलको नेता विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन,’ नेता पौडेलले भने, ‘सरकार पनि हल न चलको अवस्थामा छ, कांग्रेस पनि त्यस्तै भएको छ । वास्तवमा आफै भित्र पनि म त्यति सन्तुष्ट छैन ।’ नेतृ सुजाता पौडेलको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गरेका छन् । ‘खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन,’ नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै…

Read More

विराटनगर भन्सारमा रु १० अर्ब राजश्व

विराटनगर भन्सारमा रु १० अर्ब राजश्व

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए । सङ्कलित राजश्वमा भन्सार महशुल रु चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१…

Read More