मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो ¥यालीसँगै मधुमेहसम्बन्धी अन्तक्र्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो । ¥यालीको समापनपछि आयोजित अन्तक्र्रियामा डा अंशुमाली जोशीले मधुमेहबाट बच्न र बचाउन दैनिक खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न, तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिनुभयो । कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना हुने जनाउँदै उहाँले मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने,…

Read More

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक

प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समृद्ध बनाउने प्रदेश सरकारको सङ्कल्पमा आम जनताको सहयोग अपेक्षा गर्नुभएको छ । प्रदेश नं १ को सरकारका तर्फबाट राष्ट्रिय चाडपर्वको सन्दर्भमा स्थानीय आदर्श उच्च माविमा आज आयोजित विशेष सांस्कृतिक महोत्सवमा उहाँले चाडपर्वले राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मद्दत गरेको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले विविधताबीचको एकता हाम्रो पहिचान भएको बताउँदै सरकारले सबै जातजातिका धर्म, संस्कृतिलाई संरक्षण गर्ने स्पष्ट पार्नुभयो । प्रदेश नं १ का प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा…

Read More

बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको काम शुरु भइसकेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणलेसमेत चासो देखाएकाले शेयर खुला गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै शेयर खुला गरिएको थियो । कात्तिक २५…

Read More

शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा

शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा

पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेट्नु भएको छ । पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुग्नुभएको थियो । तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा आज मात्रै भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुग्नुभएका नेता दाहाल र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आउनु भएका गृहमन्त्री थापा यहाँ आउनु भएको थियो ।…

Read More

ठगी गर्ने बसलाई कारवाही सिफारिस

ठगी गर्ने बसलाई कारवाही सिफारिस

सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो । चौतीस जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो । गैरपर्यटक बसमा…

Read More

पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

विराटनगरको इलाम नगरपालिक–८ मा माईखोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १७ वर्षीय छोरा लेखराज लिम्बूको डुबेर मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।

Read More

सञ्चय कोषको आकर्षक बीमा योजना: सञ्चयकर्तालाई सुविधै सुविधा

सञ्चय कोषको आकर्षक बीमा योजना: सञ्चयकर्तालाई सुविधै सुविधा

अशोक घिमिरे/काठमाडौँ । कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि रु १० सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् । समझदारी आगामी तीन वर्षसम्म कायम रहने…

Read More

स्वदेशमै रोजगारी सिर्जना हुन्छ: प्रदेशमन्त्री भट्ट

स्वदेशमै रोजगारी सिर्जना हुन्छ: प्रदेशमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बेरोजगार युवाले स्वदेशमै राजगारी पाउने बताउनुभएको छ । बैतडी तल्लोस्वराडमा आज आयोजित एक कार्यक्रममा उहाँले जनतालाई रोजगारीसँग जोड्ने उद्देश्य प्रदेश सरकार गाउँगाउँमा साना उद्योग खोलिने बताउनुभयो । “सरकारले सहुलियतरुपमा युवालाई व्यवसायका लागि ऋण उपलब्ध गराइरहेको छ”, मन्त्री भट्टले भन्नुभयो, “जिल्लामा उद्योग कलकारखानाका लागि कच्चा पदार्थको उपलब्धताको सम्भावना छ, यसका लागि स्थानीय सरकारले चासो देखाउनु पर्दछ त्यसका लागि के गर्नुपर्छ म पहल गर्न तयार छु ।” File Photo

Read More

विश्वको ३५ औंँ कला नगरीका रुपमा ललितपुर

विश्वको ३५ औंँ कला नगरीका रुपमा ललितपुर

कृष्णराज गौतम र सञ्चिता घिमिरे/काठमाडौँ । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ । विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभयो । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ । परिषद् विश्वभरमा छरिएका रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला…

Read More

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरी जवान हिरासतमा

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरी जवान हिरासतमा

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिनुभएको छ । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए । थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताउनुभयो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More