आइपीएलको १२ औं सिजन सन्दिप दिल्लीबाटै खेल्ने

आइपीएलको १२ औं सिजन सन्दिप दिल्लीबाटै खेल्ने

इण्डियन प्रिमियर लिगमा सन्दिप लामिछाने आगामी सिजन पनि दिल्लीबाटै खेल्ने भएका छन् । १२ औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफूलाई सावित गरेका थिए । त्यसपछि उनले विभिन्न लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दैछन् । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने रिटेन गरेको छ ।

Read More

मेयरको इटाभट्टमा गाँजा कारोबार, यसरी खुल्यो रहस्य

मेयरको इटाभट्टमा गाँजा कारोबार, यसरी खुल्यो रहस्य

रंगेली नगरपालिकाका मेयर दिलिप बगोडियाको इटा भट्टामा गाँजाको कारोबार हुने खेलको छ । नगरपालिकाको वडा नम्बर ३ मा मेयर दिलिपले सञ्चालन गरेको आनन्द इँटा भट्टाभित्र अवैध गाँजाको कारोबार हुने गरेको खुलेको हो । प्रहरीका अनुसार साढे दुई किलो गाँजासहित भारतीय कामदार हेमन्त बर्मनलाई पक्राउ गरे छ । उनलाई पक्राउ गरिपछि गाँजा कारोबार हुने गरेको खुलेको हो । इँटा भट्टाभित्रको क्यान्टिनमा छापा मार्दा अढाई किलो गाँजा सहित भारतीय कामदार फेला परेका हुन् । उक्त भट्टामा ५ सयभन्दा बढी भारतीय कामदार छन् । पूर्वका प्रायः सवै इँटा भट्टामा काम गर्न भारतको पश्चिम…

Read More

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो, शुक्रबार पेशी

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो, शुक्रबार पेशी

राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

Read More

चितुवाको आक्रमणबाट घाइते बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट घाइते बालिकाको मृत्यु

तनहुँ जिल्लाको भानु ४ चिसापानी जोखनेमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार रन्जिता लम्सालको घरको आँगनमा खेल्ने क्रममा बिहीबार साँझ चितुवाले आक्रमण गरेको थियो । उपचारको क्रममा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक बालिकाको बुवा कृष्ण लम्साल रोजगारीको सिलसिलामा विदेशमा छन् ।

Read More

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।” उहाँले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध…

Read More

‘उचित अवसर पाए महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ’

‘उचित अवसर पाए महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ’

कुमार चौलागाई/काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए । जापानको टोकियो सन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो रणनीति सफल भएको दावी गरे । उनले भने, “छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ, यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवश्य पनि राम्रो नतिजा आउँछ ।” कप्तान निरु थापाले…

Read More

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशको समृद्धिका लागि तीन तहको सरकारका बीचमा सहकार्य अपरिहार्य भएकोमा जोड दिनुभएको हो । “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “यसका लागि सङ्घीय सरकारले आवश्यक पहलकदमी लिन्छ ।” मन्त्री बस्नेतले कर्णाली प्रदेशको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत् तथा पर्यटन महत्वपूर्ण आधार रहेको उहाँको भनाइ…

Read More

३३ किलो सुनकाण्डः फेरी २ जना धरौटीमा रिहा

३३ किलो सुनकाण्डः फेरी २ जना धरौटीमा रिहा

३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवाल धरौटीमा रिहा भएका छन् । उच्च अदालत बिराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले सिलवाल र अग्रवाललाई पाँच÷पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। उच्च अदालतले छाड्ने आदेश दिएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती गोरेलाई सुन आयात गर्न लगानी गरेको आरोप छ । यसअघि जिल्ला अदालत मोरङले सुनतस्करी तथा शाक्य हत्या प्रकरण मुद्दामा भदौ १३ गते अग्रवालसहित इस्तियाज उद्दिन, राजकुमार दारुका,सैयाद अकवर साह र भारतीय नागरिक बिमल पोद्दारलाई पुर्पक्षका…

Read More

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक शनिबारका लागि बोलाइएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सानेपामा बस्ने बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान पारित गर्ने कार्यसूची रहेको छ । नेविसंघको कार्यसमितिको थप सएको समयावधि मंसिर २ गते समप्त सकिँदै छ। यो विषयमा केही निर्णय हुनेछ। दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो। बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ।

Read More

मन्त्रिपरिषद् बैठकः विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठकः विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज यहाँ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सो बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनाका साथै कर्मचारी समायोजन विषयका व्यवस्था गर्न बनेको अध्यादेश २०७५ मा लोकसेवा आयोगको परामर्श माग गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी दिनुभयो । यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात एवं श्रम रोजगार तथा…

Read More