सातै प्रदेशमा आधुनिक रङ्गशाला: मन्त्री विश्वकर्मा

सातै प्रदेशमा आधुनिक रङ्गशाला: मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताउनुभएको छ । नेपाल भलिबल सङ्घद्वारा आज यहाँ आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उहाँले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको र मन्त्रिपरिषद्ले पास गर्ने बित्तिकै कामको शुरुआत हुने प्रस्ट पार्नुभयो । खेलक्षेत्रलाई व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको…

Read More

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

इलाम । माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि दमक लाइफ लाइन झापा लगेकामा उपचारका क्रममा मृत्यु भएको हो ।

Read More

चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा…

Read More

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा

अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पु-याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताउनुभएको छ । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको आज अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताउनुभएको हो । उहाँले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताउनुभयो । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो । अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद…

Read More

२५ बिघामा लगाइएको आठ करोड बराबरको गाँजा खेती नष्ट

२५ बिघामा लगाइएको आठ करोड बराबरको गाँजा खेती नष्ट

प्रहरीले आज २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टँुडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले आजबाट गाँजा खेती नष्ट गर्ने अभियान शुरु गरेको छ । अहिलेसम्म वडा नं १ को टँुडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । यस क्षेत्रमा लगाइएको ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको…

Read More

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गर्नुभएको छ । महोत्सवमा छाडापन बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले बर्दघाट नगरपालिका प्रदेश नं ५ कै पूर्वी मुख्य प्रवेशद्वार भएकाले नगरलाई प्रदेशको पहिचान झल्किने गरी सुन्दर, हराभरा र समृद्धिको दिशामा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले नवलपरासीको परासीस्थित बाइपास क्षेत्रलगायत…

Read More

‘ऐन कार्यान्वयनमा प्रदेश सरकार क्रियाशील’

‘ऐन कार्यान्वयनमा प्रदेश सरकार क्रियाशील’

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय सेवा प्रवाह गर्ने अत्यावश्यक ऐन कानून कार्यान्वयनमा प्रदेश सरकार क्रियाशील रहेको बताउनुभएको छ । प्रदेशसभाद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले स्थानीय तहले ऐन कानून बनाउँदा प्रदेश सरकारले ल्याएका ऐन कानूनसँग नबाँझिने गरी तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनताको जनमत बुझेर नयाँ ऐन कानूनको निर्माण गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उपसभामुख राधिका तामाङले जनताको आर्थिक समृद्धितर्फ क्रियाशील हुन स्थानीय निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कटेललें राष्ट्रिय सरोकारको…

Read More

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ: नेता पौडेल

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ: नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गर्नुभयो । उहाँले कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताउनुभयो । विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेश…

Read More

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति

कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल कपिलवस्तुमा योजना छनौट बैठकमा सहभागी हुनुभएको छ । क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको योजना छनौट बैठकमा समितिको संयोजकका रुपमा उहाँ सहभागी हुनुभएको हो । बैठकपछि उहाँले क्षेत्र नं १ को दिगो विकासमा टेवा पु¥याउने दुई मुख्य योजनासहित अन्य २० वटा योजना सर्वसहमतिका साथ छनौट गर्न सबैलाई आग्रह गर्नुभएको थियो । अनौपचारिक छलफलका साथ भएको बैठकमा दुई मुख्य योजनामा सहमति भएको छ । जसमा लक्ष्मणघाट अमौली, तीनघेरवा, बैदौली हुँदै झलनीपुल सडक कालोपत्र गर्ने र शुद्धोधन गाउँपालिकामा कन्या कलेज स्थापना गर्ने योजना छनौट…

Read More

मुलुकको समृद्धि मुख्य कार्यभारः सहमहामन्त्री डा महत

मुलुकको समृद्धि मुख्य कार्यभारः सहमहामन्त्री डा महत

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ । आज महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनु भयो । मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा महतको भनाइ थियो । भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा महतले बताउनुभयो । सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका…

Read More