संविधान संशोधन नभए समर्थन फिर्ता लिने राजपाको चेतावनी

संविधान संशोधन नभए समर्थन फिर्ता लिने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । काठमाण्डौमा आयोजित साक्षात्कार राजपाका महामन्त्री केशव झाले मेधशी समुदायले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । महामन्त्री झाले भने, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उहाँले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया…

Read More

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए, अष्ट्रेलियाको भिसा फेक

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए, अष्ट्रेलियाको भिसा फेक

चितवन ।  छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला परेका छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताए । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ ।  सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा नक्कली…

Read More

आज राति सिंह उल्का वर्षा

आज राति सिंह उल्का वर्षा

आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनको भनाइ छ । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।

Read More

कांग्रेस बैठक : नेविसंघको प्रदर्शनले फेरि स्थगित, आइतबार बस्ने

कांग्रेस बैठक : नेविसंघको प्रदर्शनले फेरि स्थगित, आइतबार बस्ने

शनिबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ। शनिबार दिउँसो सबै नेता पार्टी मुख्यालय सानेपामा पुगे पनि बैठक बस्न सकेन। साँझ केही मिनेट बसेको बैठकले कुनै पनि निर्णय नगरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिए । कांग्रेस बैठक शृङ्खलावद्ध रुपमा स्थगित भइराखेको छ। असोज २१ गते बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिह केसी र प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेखेका थिए। शनिबार पार्टी मुख्यालयमा नेविसंघ कार्यकर्ताको विरोध प्रदर्शनले…

Read More

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

इनरुवा सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८…

Read More

बालकुमारीमा रेविजको प्रकोप

बालकुमारीमा रेविजको प्रकोप

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ । गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । उनको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलन शुरु गरेको रोगले अहिले सिङ्गोगाउँ नै प्रभावित भएको हो । कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेट्टिएका छन् । ती मर्नुका कारण रेविज…

Read More

बच्चाको मानसिक विकासका लागि यी खाना खुवाउनुस्

बच्चाको मानसिक विकासका लागि यी खाना खुवाउनुस्

बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ। सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ। बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाको खानपानको असर बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो । यदि आमाले गर्भावस्थामा ओमेगा…

Read More

वडा अध्यक्ष इन्द्रावती नदीमा मृत भेटिए

वडा अध्यक्ष इन्द्रावती नदीमा मृत भेटिए

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर–८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदीमा भेटिएको छ ।वोर्ड गाउँको होष्टे दोभानभन्दा ५० मिटरमाथि नदीको माझमा लास देखिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । घोप्टिएको अवस्थामा नदीको बिच भागमा शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।तामाङका अनुसार बिहान ३ बजे घरबाट निस्केका वडा अध्यक्ष श्रेष्ठको खोजी कार्य परिवारका सदस्यहरुले गरिरहेका थिए ।नदीको बीचमा रहेको शवको हुलियाको आधारमा वडा अध्यक्षकै शव भएको सुरुबाटै प्रत्यक्षदर्शीले अनुमान गरेका थिए ।खोलामा हाम्फालेको या डुबेको हुनसक्ने वा अरु कुनै कारण भए अनुसन्धानपछि मात्र थाहा हुने जिल्ला…

Read More

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा एक पक्राउ

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा एक पक्राउ

मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोबाईल चोरी गरेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका –५ नामाडी घर भएका विदुर खड्काले भक्तपुर नगरपालिका –१ सल्लाघरीमा सञ्चालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी भयो ।खड्काको ड्राईभिङ सेन्टरबाट बा५३प ६५७६ नं।को स्कुटर र मोबाईल थान २ चोरी भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी भएको स्कुटर र मोबाईलसहित एक युवा प्रहरीको फन्दामा परे ।चोरी गरेर भाग्नेक्रममा सिन्धुली घर भई…

Read More

यसकारण उपल्लो मुस्ताङका १४ विद्यालय पोखरामा सारियो

यसकारण उपल्लो मुस्ताङका १४ विद्यालय पोखरामा सारियो

हिमालपारिको जिल्ला मुस्ताङमा चिसो बढ्न थालेपछि उपल्लो मुस्ताङका अधिकांश विद्यालयहरु जाडो छल्नकै लागि पोखरातर्फ सरेका छन् ।तीन हजार आठ सयदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेका मुस्ताङका लोमाङथाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड गाउँपालिका र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालयहरु पोखरामा घुम्ती विद्यालयका रुपमा सरेका हुन् ।उपल्लो मुस्ताङ क्षेत्रमा रहेका सामुदायिक, निजी र गुम्बा विद्यालयहरु जाडोको मौसममा पोखरामा सर्ने गरेका लोमाङथाङ गाउँपालिका शिक्षा समन्वय इकाई स्रोत व्यक्ति गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।उपल्लो मुस्ताङबाट सर्ने अधिकांश विद्यालयहरुले पोखरामा घुम्ती कक्षाको रुपमा पढाउने गरेको उहाँले बताउनुभयो । ‘हिमाली भेग भएकाले अत्याधीक…

Read More