कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

कार्य क्षेत्रलाई कामदारमैत्री, स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्नेमा सम्बन्धीत निकायका सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घले यहाँ आज आयोजना गरेको ‘कार्यक्षेत्रमा कामको सुधारात्मक अवस्था’ विषयक नीतिगत छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्रै उत्पादन बढ्ने भएकाले त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । सह–सचिव घिमिरेले सरकारले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनमा देशका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य भरतराज…

Read More

विकास गर्न सरकार प्रतिबद्ध: मन्त्री अधिकारी

विकास गर्न सरकार प्रतिबद्ध: मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नयाँ सरकार बनेपछि बाह्य पर्यटक विगतको वर्षमाभन्दा २४ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ । उहाँले नागरिकले प्रत्यक्षरुपमा देखिने विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । । सदरमुकाम चरिकोटमा राष्ट्रिय विभूती शङ्खधर साख्वाको शालिक अनावरण गर्न आइपुग्नुभएका मन्त्री अधिकारीले सन् २०१९ सम्ममा विश्वको पाँचौ गन्तब्यस्थल काठमाडाँैलाई बनाउन सरकार लागि रहेकोछ भन्नुभयो । शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, नेपाली काङ्गे्रसका नेता ईश्वरनारायण मानन्धर, नगरप्रमुख भरत केसीले राष्ट्रिय विभूति शङ्खधर साख्वाका विविध पक्षबारे…

Read More

वर्तमान सरकार चौतर्फी रूपमा विफल : नेता सिंह

वर्तमान सरकार चौतर्फी रूपमा विफल : नेता सिंह

शम्भु माली, कपिलवस्तु । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान बाम सरकार चौतर्फी रूपमा विफल हुँदै गएको बताएका छन् । नेपाली काँग्रेस पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बिचार व्यक्त गरेका हुन् । सिंहले सरकार शक्तिशाली भए पनि सङ्घीय कानुन बनाउन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, विकास बजेट पर्याप्त खर्च गर्न नसकेको र आम नागरिकका लागी शान्ति सुरक्षा कायम गराउन नसकेको तर्क दिँदै उक्त आरोप लगाएका हुन । सिन्डिकेट अन्त्य सहितका सरकारका योजना गफमा मात्रै सीमित भएको बताउँदै आफ्नै…

Read More

बीआरआई: व्यापार, लगानी र सम्पर्क विस्तार

बीआरआई: व्यापार, लगानी र सम्पर्क विस्तार

चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बीआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ । नेपालसहित दक्षिण एशियाली देशलाई सडकलगायत भौतिक सम्पर्क सञ्जालबाट चीनसँग जोडिँदा व्यापार तथा लगानीका क्षेत्रमा सबैलाई लाभ हुने अभिमतका साथ नेपाल–चीन मैत्री मञ्चले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो शताब्दीकै सबैभन्दा बृहत् परियोजना बिआरआईले दक्षिण एशियाको मात्र नभइ त्यो कार्यान्वयन हुने क्षेत्रको विकासको रुपरेखा रुपान्तरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिआरआईमा आबद्ध सबैलाई लाभ…

Read More

नेपालकी प्रथम नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने

नेपालकी प्रथम नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने

नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको हो । “चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ,” उहाँले भन्नुभयो । ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध रहनुुभएको छ । चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा हुनुहुन्छ । चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ । अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध…

Read More

पोखरा विमानस्थल १५ दिनको लागी ३ बजेपछि बन्द हुने

पोखरा विमानस्थल १५ दिनको लागी ३ बजेपछि बन्द हुने

पोखरा विमानस्थलमा आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार सुरु भएकोले उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ। यस अवधिमा दिउँसो ३ बजे बन्द हुने विमानस्थल भोलिपल्ट बिहान ६ बजे मात्र संचालनमा आउनेछ। मौसम सामान्य रहेको अवस्थामा अहिले पोखरा विमानस्थलबाट बिहान साढे ६ बजेदेखि बेलुकी पाँचबजेसम्म उडान हुँदै आएको छ। विमानस्थलको धानवमार्ग, ट्याक्सी–वे, एप्रोन सहित धावनमार्ग वरिपरि रहेको कालोपत्रे सडकको पनि मर्मतसम्भार गर्न थालिएको विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइले बताए । उनका अनुसार धावनमार्ग सहित विमानस्थलभित्रको सबै कालोपत्रे…

Read More

जलवायु परिवर्तनका असरसम्बन्धी मुद्दा उठाउन सुझाव

जलवायु परिवर्तनका असरसम्बन्धी मुद्दा उठाउन सुझाव

जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्तरुपमा मुद्दा उठाउन यस क्षेत्रका विज्ञले सुझाव दिएका छन् । उनीहरुले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा जलवायु परिवर्तनले जनजीविकामा पु¥याएको असरका बारेमा नेपालले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् । सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयको तयारी सम्बन्धमा वन तथा वातावरण मन्त्रालय र स्वच्छ ऊर्जा नेपालले सरोकारवाला व्यक्ति र सङ्घसंस्थाबीच आज यहाँ अन्तक्र्रिया आयोजना गरेको हो । कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयसम्बन्धी प्रतिवेदन अन्तिम तयारीमा रहेको र सरोकारवालाका सुझाव समेटिने बताउनुभयो ।…

Read More

वैदेशिक रोजगार मुद्दामा कार्की कारागार

वैदेशिक रोजगार मुद्दामा कार्की कारागार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । ब्युरोको टोलीले वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७१ कात्तिक २३ को फैसलाअनुसार चार वर्ष कैद र रु चार लाख जरिवाना हुने ठहर गरे पनि फरार रहँदै आएका ताप्लेजुङ थुम्वेदिनका विनोदकुमार कार्कीलाई आज मण्डिखाटारबाट पक्राउ गरेको हो । कार्कीले विसं २०६८ मा काठमाडौँको नक्सालमा नर्थपोल ओभरसिज प्रालिका सञ्चालन गरेर आकर्षक वैदेशिक रोजगारका लागि पोल्याण्ड, युएइ, मलेसिया र बहराइन पठाइदिने सर्वसाधारण व्यक्तिबाट रु १६ लाख ४३ हजार ७१९ रकम ठगी गरेका थिए । वैदेशिक रोजगार न्यायाधीकरणले…

Read More

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुमन श्रेष्ठ, सन्तोष उपाध्याय, मोहम्मद गुडजु, भरतबहादुर थापा, अर्जुन महर्जन, नरबहादुर पुन, सुमन विष्ट, मानवजंग शाह, विवेक श्रेष्ठ, महेश्वर धामी, लिङ्गन कार्की, पुरुषोत्तम सिलवाल, मेनुका कार्की, शङ्कर चौलागाईं, अशेस लुईंटेल, शङ्करध्वज जोशी र त्रिरत्न शाहीको मोटरसाइकल तथा स्कुटर फेला पारेर जिम्मा लगाएको हो ।…

Read More

के भयो नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा ?

के भयो नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा ?

दिउासो २ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साँझ अबेर मात्रै सुरु भयो । बैठकमा महाधिवेशन सम्बन्धमा गठित निर्देशक समितिले प्रतिवेदन पेश गरेको छ । समितिका संयोजक प्रकाशशरण महतले सुझावसहितको प्रतिवेदन पेश गर्नुभएको हो । उमेर हद र तदर्थ समिति गठनमा नेताहरु बीच सहमति नहुँदा बैठक नै प्रभावित भएको हो । असोज २१ को कांग्रेसले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेविसंघमा विवाद छ । नेविसंघको विवादमा पार्टी नेतृत्व नै विभाजित हुँदा निर्णय लिन सकस परेको हो । निर्देशक समितिले नेविसंघको विद्यमान केन्द्रीय कार्यसमितिको विकल्पका रुपमा अर्को…

Read More