पञ्चासेमा १० अर्बको लागतमा केबुलकार बनाइने

पञ्चासेमा १० अर्बको लागतमा केबुलकार बनाइने

धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर…

Read More

प्रथम प्रकाश स्मृति कप: काभ्रे र दोलखा विजयी

प्रथम प्रकाश स्मृति कप: काभ्रे र दोलखा विजयी

दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा आज भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको आजको पहिलो खेलमा ३–० गोल अन्तरले काभ्रेले जितेको छ । काभ्रेका लागि टिम क्याप्टेन समीर खड्काले पहिलो हाफको पाँच मिनेटमा एक र दोस्रो हाफको ५३औँ मिनेटमा एक गोल गरी दुई गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा काभ्रेका रुमन श्रेष्ठले पुनः एक गोल गरेका थिए । आजै भएको दोस्रो खेलमा दोलखा र सानो गौचरण क्लब बीचको खेलमा ४–० गोल अन्तरले…

Read More

‘कर्मचारीले देशको परिस्थितिअनुसार परिवर्तन हुनुपर्छ’

‘कर्मचारीले देशको परिस्थितिअनुसार परिवर्तन हुनुपर्छ’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले देशको परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताउनुभएको छ । आज ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘नवनियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण’ कार्यक्रममा उहाँले नवनियुक्त अधिकृतलाई मुलुक निर्माणमा सहभागि हुन आग्रह गर्नुभयो । ‘‘राष्ट्रसेवक कर्मचारीले पहिला राष्ट्रलाई चिन्नुपर्छ’’, उहाँले भन्नुभयो, “आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको हितको लागि काम गर्नुपर्दछ ।” उहाँले अधिकृतलाई जिम्मेवारीबाट पछि नहटी राष्ट्रप्रतिको समर्पण भावना, जनमुखी तथा सरल सेवाप्रतिको दृढता कायम राख्दै असल परिचालक बन्न समेत आग्रह गर्नुभयो । कुनै बहाना नगरी राष्ट्र सेवामा समर्पित हुन सबै नवनियुक्त अधिकृतलाई…

Read More

बलात्कार आरोपमा दुई जना साढे तीन वर्षपछि पक्राउ

बलात्कार आरोपमा दुई जना साढे तीन वर्षपछि पक्राउ

सोह्र वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई साढे तीन वर्षपछि आज पक्राउ गरेको छ । प्रहरीले राजविराज नगरपालिका–४ का २८ वर्षीय शम्भु साह र राजविराज–८ का २९ वर्षीय नवीन दत्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासले ०७५ साल कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिएबमोजिम आरोपितलाई पक्राउ गरिएको हो । राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा ०७१ साल चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितसहित सात जनाविरुद्ध पीडितले जिल्ला…

Read More

निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

विद्यालय तहको पाठ्यक्रममा नै निर्वाचन शिक्षासम्बन्धी विषय पाठयक्रममा अनिवार्य गराइनुपर्ने सरोकारवाला व्यक्तिहरुको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समीक्षा ः सरोकार र समालोचना’ विषयक छलफल कार्यक्रमका सहभागीले सो धारणा राख्नुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यसअघिका निर्वाचन निष्पक्ष र भयरहित हुन नसक्नुमा निर्वाचन शिक्षाको कमी हुनु पनि एक कारण रहेको धारणा राख्नुभयो । गाउँसम्म निर्वाचनसम्बन्धी जनचेतनाका कार्यक्रम अझै पुग्न नसकेको भन्दै आयुक्त उप्रेतीले सरोकारवाला निकायले यसतर्फ ध्यान दिन आवश्यक छ भन्नुभयो । प्रा कुसुम शाक्यले अझै पनि निर्वाचन व्यक्तिको स्वार्थ…

Read More

मेलामा गोरखा र धादिङका समूहबीच झडप: प्रहरीसहित ३ जना घाइते

मेलामा गोरखा र धादिङका समूहबीच झडप: प्रहरीसहित ३ जना घाइते

मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ । बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि उक्त घटना भएको र पछि दुवै पक्षबीच झडप भएपछि प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । घाइते प्रहरीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । झडपमा धादिङतर्फका अर्का एक…

Read More

अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते

अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते

अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताउनुभयो । प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकूहरुविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिनुभयो । उहाँले भीडन्तमा परी अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिनुभयो । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया…

Read More

काङ्ग्रेस राजनीतिक प्रस्तावको तयारीमा

काङ्ग्रेस राजनीतिक प्रस्तावको तयारीमा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीति प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताउनुभयो । पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गर्नुभएको थियो । कार्यक्रमका संयोजक गगनकुमार…

Read More

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग: अर्थ समिति

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग: अर्थ समिति

प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको आजको बैठकमा अर्थ, भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपछी विकास मन्त्रालयको चार महीनाको पूँजीगत खर्चको अवस्था र गैरबजेटरी शीर्षकमा माग गरिएको बजेटको आँकडा सुनेपछि समितिले उक्त सुझाव प्रस्तुत गरेको हो । आयोजना कार्यान्वयन अघि बढाउने सन्दर्भमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कानून, संरचना, ढाँचा, समन्वय, विधि, प्रक्रियामा सुधार गरेर लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक…

Read More

१२ वटा जीवित कछुवासहित एक जना पक्राउ

१२ वटा जीवित कछुवासहित एक जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार १२ वटा जीवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–२ का १८ वर्षीय रशिक श्रेष्ठ रहेका छन् । ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएका उनले बयानमा आफूलाई एक व्यक्तिले त्यो कछुवा विक्री गरेको बताएका छन् । उनले ३० देखि ३५ हजार रुपैयाँप्रति गोटासम्ममा कछुवा विक्री हुने गरेको समेत जनाएका छन् ।

Read More