डिसले धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा ल्याउने

डिसले  धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा ल्याउने

डिसहोमको रमाईलो टिभिले मनोरञ्जन दिने उदेश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा ल्याउने भएको छ । नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटेर नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी” पनि प्रसारणमा आउने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ । समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”,…

Read More

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ । यता रूसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हङ्गामा मच्चाएर बुधबार दुबई मा हुन लागेको मतदानलाई रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ । क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत् ‘रेड नोटिस’ अथवा अन्तराष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरित…

Read More

अख्तियारको सक्रियता ३९ ट्रयाक्टर नियन्त्रणमा

अख्तियारको सक्रियता ३९ ट्रयाक्टर नियन्त्रणमा

राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए । अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिससको संलग्नता पाइए भ्रष्टाचारको मुद्दा चलाइने…

Read More

तेस्रो लिटिल फ्लावर प्रिमियर लिग: लिटिल फ्लावरलाई उपाधि

तेस्रो लिटिल फ्लावर प्रिमियर लिग: लिटिल फ्लावरलाई उपाधि

सिद्धराज भट्ट/धनगढी । निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीले जितेको छ । आज भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलो पटक उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कूल धनगढीले उपाधिसँगै रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घीय प्रहरी कार्यालयको खेलमैदानमा आज भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको…

Read More

ईश्वर पोखरेलले भने ‘कर्णालीवासी विकटका बासिन्दा होइनन्’

ईश्वर पोखरेलले भने ‘कर्णालीवासी विकटका बासिन्दा होइनन्’

भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ…

Read More

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

अशोक घिमिरे/काठमाडौँ । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ ।नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता(टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी संयन्त्रको गत कात्तिक २७ गते सम्पन्न चौथो बैठकमा नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलाई समावेश गर्न आग्रह गरेको थियो । बैठकमा भएको छलफलबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित…

Read More

दाङमा सुत्केरी महिलालाई परिवारले घर निकाला गर्यो

दाङमा सुत्केरी महिलालाई परिवारले घर निकाला गर्यो

दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताउनुभयो । तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेको बताइएको छ । “तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महीनाबाटै पिट्न शुरु गर्नुभयो,” पीडित दुर्गाले भन्नुभयो, “गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु…

Read More

सन्ध्या बस्नेतको हत्या आरोपमा विवेककुमार पक्राउ

सन्ध्या बस्नेतको हत्या आरोपमा विवेककुमार पक्राउ

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । परिसरको टोलीले विसं २०६३ मंसिरमा कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यान मार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बस्नेत यसअघि लागुऔषध र ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइसकेका व्यक्ति भएको परिसरले जनाएको छ ।

Read More

टोखाबाट ७ लाख १५ हजार सहित १५ जुवाडे पक्राउ

टोखाबाट ७ लाख १५ हजार सहित १५ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रु सात लाख १५ हजार ४०० नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–८ गैरीगाउँका जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा आज बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टोखाका रमेशबहादुर श्रेष्ठ, शङ्कर खत्री, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, अविक राई, भोजपुरका टेकेन्द्र कार्की, चितवनका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा मोरङका कुलबहादुर दाहाल र गोरखाका सविन गुरुङ रहेका छन् । वृत्तका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले कौडा एक सेट र एक बुक ताससहित पक्राउ गरेको जानकारी दिनुभयो ।

Read More

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको टोलीले आज भेट गरी उक्त इच्छा जाहेर गरेको हो । पोखराको भ्रमणमा आउनुभएका चीन आइकाओ शहरका व्यवसायीको ११ सदस्यीय उक्त टोलीले राजनीतिक स्थिरतासँगै नेपालमा लगानीको वातावरण सृजना भएपछि पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छा देखाएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो । “पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि…

Read More