नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन

नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रदान गर्न जिल्लास्थित सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जिल्लास्थित कार्यालय प्रमुखको आज बसेको बैठकमा उनले भने, “परिवर्तित सन्दर्भमा सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ । ” प्रजिअ केसीले अपराधका घटनामा संलग्न दोषीलाई पक्राउ गर्न र सूचनाको प्रवाहमा ढिलाइ गर्न नहुने बताउँदै शान्तिसुरक्षालाई बलियो बनाउन र कार्यालयको काम कारवाहीमा देखिएको ढिलासुस्तीलाई निरुत्साहित गर्न सिसीटिभीको प्रयोगलाई प्राथमिकतामा राख्न सबैमा आग्रह पनि गरे ।

Read More

बलिउड कलाकार आलोक नाथ पनि मिटुको शिकार

बलिउड कलाकार आलोक नाथ पनि मिटुको शिकार

भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ । “हिजो (मङ्गलबार) भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने ।…

Read More

दुई तिहाइको ओली सरकारले न्यायपालिकाको अस्तित्व धरापमा पार्दैछ

दुई तिहाइको ओली सरकारले न्यायपालिकाको अस्तित्व धरापमा पार्दैछ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए । नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गरे । कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको…

Read More

निर्धारित समय पालना गर्न ट्रिपर व्यवसायीलाई उच्च अदालत पाटनको आदेश

निर्धारित समय पालना गर्न ट्रिपर व्यवसायीलाई उच्च अदालत पाटनको आदेश

उच्च अदालत पाटनले ट्रिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो । आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ । जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै ट्रिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत…

Read More

३० तोला सुनका गहना चोर्ने ३ जना पक्राउ

३० तोला सुनका गहना चोर्ने ३ जना पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत…

Read More

विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष: सङ्क्रमणकालीन न्याय समाधानतर्फ केन्द्रित

विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष: सङ्क्रमणकालीन न्याय समाधानतर्फ केन्द्रित

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ तर द्वन्द्वको एउटा पाटो सङ्क्रमणकालीन न्याय पूर्णरुपमा समाधान हुन बाँकी छ ।विस्तृत शान्ति सम्झौतापछि मुलुकमा ऐतिहासिक संविधानसभाबाट संविधान जारी भयो र मुलुकले समानुपातिक समावेशी सिद्धान्त अपनायो । तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारबीच सम्झौतापछि तत्कालीन माओवादी सेना र हतियार व्यवस्थापन जस्तो महत्वपूर्ण कार्य सम्पन्न भयो । विस्तृत शान्ति सम्झौताको फलस्वरुप अहिले तत्कालीन नेकपा (माओवादी) अन्य राजनीतिक दलसँगै सरकार र संसदीय अभ्यासमा एकै ठाउँमा उभिएका छन् । तर द्वन्द्वको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको पीडितको पाटो बीचमै छ । सरकारले शान्ति सम्झौता भएको…

Read More

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए । नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या…

Read More

रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिइन्

रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिइन्

राजविराज, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ । पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् । यसअघि संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो । केन्द्रको निर्णय…

Read More

नेपाललाई हरतरहले सघाउँछौ : राजदूत पुरी

नेपाललाई हरतरहले सघाउँछौ : राजदूत पुरी

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको आर्थिक–सामाजिक विकासका साथै शैक्षिक एवं सांस्कृतिक उन्नयनमा पनि भारतले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा आगामी मङ्गलबार राजदूत निवासको पटाङ्गिनीमा विश्वविख्यात तबलावादक उस्ताद जाकिर हुसेनले प्रस्तुत गर्ने साङ्गीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटमा राजदूत पुरीले नेपालप्रति भारत सधैँ सकारात्मक र सहयोगी रहेको दोहो्याए । भाषा, साहित्य,…

Read More

कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना

कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना

कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बनेकी थिइन् । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उनलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो । प्रसूतिगृहका निर्देशक प्रा. डा. जागेश्वर गौतमले भने, “हामीले उनको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।” बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक…

Read More