जाडोका लागी महिला पुरुष दुबैलाई हुने पस्मिना आउटवेयर

जाडोका लागी महिला पुरुष दुबैलाई हुने  पस्मिना आउटवेयर

उदयमान युवा फेशन डिजाइनर शुभम चौधरीले जाडोमा महिला र पुरुष दुबैका लागि हुने सस्तो र आकर्षक पस्मिनाको आउटवेयर बजारमा ल्याएका छन् । फर्मल पार्टी वेयरदेखि क्याजुअल ड्रेसअपसमा समेत लगाउन मिल्ने यो आउटवेयर अथेन्टिक पस्मिनाबाट बनाइएको हो । एकमूल्य ३ हजार रुपैयामा उपलब्ध पस्मिना आउटवेयर कम जाडो मौषममा भित्र टिसर्ट लगाएर पनि लगाउन सकिने एकदम जाडो हुँदा भित्रपट्टी स्वेटर लगाएर ओभरकोटका रुपमा प्रयोग गर्न सकिने खालको रहेको छ । गतबर्षको मिस्टर थारुका फस्ट रनरअप समेत रहेका युवा फेशन डिजाइनर चौधरी यसबर्षको मिस एण्ड मिस्टर थारुका सांस्कृतिक डिजाइनर समेत रहेका थिए ।…

Read More

डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २३ पुग्यो

डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २३ पुग्यो

डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । डडेल्धुराको अमरगढीबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा र बाँकी १३ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलाभएको भएको दुर्घटनामा २३जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे । जिल्ला…

Read More

सङ्घीयता असफल पार्ने षड्यन्त्र भयो : मुख्यमन्त्री शाही

सङ्घीयता असफल पार्ने षड्यन्त्र भयो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा सङ्घीयता असफल पार्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ । आज सम्वाद चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद उठाएर सङ्घीयता असफल बनाउने दाउमा लागेको बताउनुभयो । सङ्घीयता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उहाँले सङ्घीयता नयाँ व्यवस्थामा भएकोले त्यसमा अभ्यस्त हुनका लागि केही समय लाग्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले केन्द्र सरकारले प्रशासनिक र वित्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै प्रधानमन्त्री र मुख्यमन्त्रीहरु…

Read More

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिनुभयो । विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उहाँले बताउनुभयो । त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् । यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । ती संस्थाहरूमा झण्डै दुई लाख ३०…

Read More

दुई वटा कार र भारतीय रुपैया सहित दुई जना लागुऔषध कारोवारी पक्राउ

दुई वटा कार र भारतीय रुपैया सहित दुई जना लागुऔषध कारोवारी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ११ तुल्सीमार्गबाट दुई वटा कार र भारुसहित दुई जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही घर भई पोखरा–९ नयाँ बजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र तनहुँ व्यास नपा–११ भादगाउँकी ३३ वर्षीय गीता भन्ने मनु गुरुङ र उनीहरुले प्रयोग गरेको ग२च ८३६३ र ग१च ४३२७ कार रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोक जाँचका क्रममा सडक छेउमा रोकी राखेका शङ्कास्पद गाडी र ठूलो परिणाममा लागुऔषध र नगद पक्राउ गरेको प्रहरी प्रवक्ता रविन्द्रमान…

Read More

पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री ओली

पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न तथा तापक्रम वृद्धि नियन्त्रणका निम्ति विश्वका सबै देशले पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । जलवायु संवेदनशील मञ्चको अप्रत्यक्ष सम्मेलनलाई आज दिनुभएको भिडियो सन्देशमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर हिमाली क्षेत्रमा अधिक परेको र त्यसले पर्वतीय भेगको पर्यावरणीय पद्धतिमा गम्भीर जोखिम सिर्जना गरेको बताए । “जलवायु परिवर्तनका प्रभावले उच्च हिमाली भेगका वनस्पति र वन्यजन्तुको अस्तित्व जोखिममा परेको छ, केही जीवजन्तुका प्रजाति लोप भएका छन्,” उनले धरातलीय सत्य सुनाउँदै भने । हिमनदी पग्लने र अनियमित वर्षाले जलवायु परिवर्तनका असरबाट…

Read More

खटिक हत्याका तीन जना अभियुक्त सार्वजनिक

खटिक हत्याका तीन जना अभियुक्त सार्वजनिक

बर्दियामा बढैयाताल गाउँपालिका– ३ गोब्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामा हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका–३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षीय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षीय शालिकराम खटिक र २५ वर्षीय राजेन्द्र खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतकी श्रीमती समरीरीले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ । हत्याका मुख्य आरोपी भारतीय नागरिक भएको इलाका प्रहरी कायालयले जनाएको छ…

Read More

‘जलवायु परिवर्तनबाट हिमालय क्षेत्र बढी प्रभावित’

‘जलवायु परिवर्तनबाट हिमालय क्षेत्र बढी प्रभावित’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् । वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग (खुला छलफल) को उद्घाटन सत्रमा उहाँले जलस्रोतको मुहानका साथै जडीबुटीको भण्डार र जनजिविकाको माध्यम हिमालय क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्ने बताए । वातावरण क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता सम्मिलित उक्त छलफलबाट निस्कने सुझाव जलवायु परिवर्तनका असरसँग जुध्न मार्गनिर्देशक हुने र मुलुकको राष्ट्रिय नीति निर्माणमा समेत उपयोगी हुने उनको धारणा थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य…

Read More

समुन्द्रको प्रदुषण कति ?, ह्वेलको पेटमा भेटियो ६ किलो प्लास्टिक

समुन्द्रको प्रदुषण कति ?, ह्वेलको पेटमा भेटियो ६ किलो प्लास्टिक

समुद्रमा प्रदूषण कतिसम्म रहेछ भन्ने उदाहरण इन्डोनेसियामा देखिएको छ । इन्डानेसियाको कपोता टापुको वाकातोवी राष्ट्रिय निकुञ्जमा फेला परेको एउटा मृत ह्वेलको पेटमा ६ किलो प्लास्टिक भेटिएको हो । पार्कका अधिकारीले हेलको पेटबाट प्लास्टिक ब्याग, बोतल, चप्पल, ११५ प्लास्टिक कप र १ हजार वटा रबर फेला पारेका थिए । जलचर संरक्षण विभागका संयोजक डी सुप्राप्तिले ह्वेल मृत्युको कारण खुल्न नसके पनि फेला परेका तथ्य अचम्मलाग्दो भएको बताए । गत जुनमा पनि उत्तरी थाइल्यान्डमा फेला परेको मृत ह्वेलको पेटबाट १७ पाउन्ड प्लास्टिकका थैला परेका थिए । ओसन कन्जर्भेन्सी एन्ड दी म्याककिन्से सेन्टर फर बिजनेसको सन् २०१५ को…

Read More

५० वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

५० वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

भक्तपुर । एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई असोज १६ गते श्रेष्ठले पसलभित्र रहेको अर्को कोठामा लगेर जबर्जस्ती बलात्कार गरेको पीडित महिलाले जाहेरी दिएपछि पक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । टिपर चालक गिरफ्तार सूर्यविनायक नगरपालिका–२…

Read More