सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु

सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु

सप्तरी । सप्तरीमा बस दुर्घटना भएको छ । जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकामा भएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई दर्जनभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । तीर्थालु बोकेको १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो । पोखरीमा पल्टिएको बस डोजर लगाएर निकाल्ने काम भइरहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने डिएसपी रिमालले बताए । बसमा करिब ७० जना सवार रहेको अनुमान छ ।

Read More

नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने

नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ । नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेश गरेका थिए । प्रवक्ता श्रेष्ठले भने,…

Read More

देश विकासमा लाग्न कांग्रेस नेता सिटौलाको आग्रह

देश विकासमा लाग्न कांग्रेस नेता सिटौलाको आग्रह

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताएका छन् । उनले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गरे । कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गरे । “सरकारले काम गरोस् । त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले थपे, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।” कार्यक्रममा १ नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास…

Read More

रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु

रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु

अखिलेश कुमार यादव रौतहट । रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको गौरबाट काठमाडौंका लागि छुटेको बाहुबली नाइट बसले पैदल यात्रुलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट ज्यान गुमाएका व्यक्तिको परिचय खुल्न सकेको छैन् । बसले मृतकको पुरै अनुहार क्षतविक्षत बनाएको छ । बस जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाकी नै छ ।

Read More

अबको संसद बैठकबाट संविधान संशोधनको प्रस्ताव अघि बढाइने

अबको संसद बैठकबाट संविधान संशोधनको प्रस्ताव अघि बढाइने

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आफूहरु तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने बताए । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको जानकारी दिए । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको जानकारी गराए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने…

Read More

निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै

निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै

अशोक घिमिरे/काठमाडौँ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरणसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर लागू भएको घोषणा गर्नेछन् । यो कार्यक्रममा समावेश हुनेले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा,…

Read More

वाइडबडी प्रकरणः भीम रावलले बैठकमै महाप्रबन्धक कंसारकारलाई थर्काएपछि..

वाइडबडी प्रकरणः भीम रावलले बैठकमै महाप्रबन्धक कंसारकारलाई थर्काएपछि..

“जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे । उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरीद प्रक्रियाको प्रष्टताको माग गरे । लगत्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको वाइडबडी जहाज खरीदको अस्पष्टता, भ्रष्टाचार इत्यादि कुरा देशको इज्जत र प्रतिष्ठासँग जोडिएको गम्भीर विषय भएकाले समिति गठन गरी गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि आजको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निकै हङ्गामा मच्छियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा करीब चार घण्टा चलेका सवाल जवाफका दृश्य निकै रोचक र…

Read More

बालिका बलात्कारको आरोपमा ७४ वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कारको आरोपमा ७४ वर्षीय वृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति पक्राउ परेका छन् । इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् । घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँसो बलात्कार गरेको पीडितले बताइन् । पीडितका साथ राजविराज आएकी उनकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा आज स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ ।

Read More

खटाएको ठाउँमा नजाने कर्मचारी घर फर्किए हुन्छः मन्त्री पण्डित

खटाएको ठाउँमा नजाने कर्मचारी घर फर्किए हुन्छः मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताएका छन् । झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भने । उनले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताए । उनले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका…

Read More

काभ्रेमा सडक दुर्घटनाः १८ जना घाइते

काभ्रेमा सडक दुर्घटनाः १८ जना घाइते

काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिदा घाइते मध्ये १० जना उपचारपश्चात् घर फर्किसकेका र बाँकी सातको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको छ । यसैबीच आज दिउँसो धुलिखेल नगरपालिका–४, स्थित…

Read More