नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो । केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल…

Read More

उड्दै गरेकाे तारा एअरको जहाजभित्रै यात्रुको मृत्यु

उड्दै गरेकाे तारा एअरको जहाजभित्रै यात्रुको मृत्यु

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् । यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाँजभित्र अचेत भएको खबर आउना साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताउनुभयो । रारा विमानस्थल तारा एअरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधानअनुसार मृतक…

Read More

जनताको सच्चा साथी काङ्ग्रेस हो : डा कोइराला

जनताको सच्चा साथी काङ्ग्रेस हो  : डा कोइराला

नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा उहाँले सरकारले जनतामाथि करको भार बढाउनु गलत भएको तर्क गर्नुभयो । जनताको सच्चा साथी काङ्ग्रेस भएको दावी गर्दै नेता कोइरालाले लोकतान्त्रिक चरित्रलाई काङ्ग्रेसले कहिल्यै नछाड्ने दावी गर्नुभयो । आमसभामा काङ्ग्रेसका केन्द्रीय नेता अमरेशकुमार सिंह, सांसद मोहम्मद याकुव अन्सारी, सर्वतआरा खातुन लगायतले पार्टीलाई एकीकृत बनाएर जनताको पक्षमा लाग्ने वातावरण बनाउने दावी गर्नुभयो ।

Read More

प्रक्रियामा नअल्झिइ विकास निर्माणका काममा गति दिन प्रधानमन्त्रीको निर्देशन

प्रक्रियामा नअल्झिइ विकास निर्माणका काममा गति दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाकाबारेमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समीक्षा बैठकमा उहाँले मन्त्री र सचिवलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदन मात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभई कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताउँदै उहाँले वर्तमान…

Read More

शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा गए राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उनकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो । पाँच जनाको मृत्युले भूतही र पातो क्षेत्र मात्र नभई सिङ्गो जिल्ला नै शोकमा डुबेको हो । शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द…

Read More

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा कोइराला

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा कोइराला

नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।” महामन्त्री डा कोइरालाले नेपालमा ६० प्रतिशत व्यक्ति ४० वर्षभन्दा कम उमेरका रहेको उल्लेख गर्दै राष्ट्रको उन्नति तथा विकासको काममा उनीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने चर्चा गर्दै उहाँले नवलपुरमा जिल्ला अस्पताल नभएकाले यसको स्थापना गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख चेसराम…

Read More

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

फाइल तस्बिर नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन् । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । आज दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ ।…

Read More

चौथो चरणका खेलहरु मङ्सिर १०देखि

चौथो चरणका खेलहरु मङ्सिर १०देखि

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाको जीतमा कर्ण लिम्बूले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो । मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलको ६६ औँ मिनेटमा लिम्बूले गोल गर्दै शमिालयन शेर्पालाई अग्रता दिएका थिए । लिम्बूले नै खेलको ७५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता…

Read More

भारतको कर्नाटकमा बस दुर्घटना, २८ जनाको मृत्यु

भारतको कर्नाटकमा बस दुर्घटना, २८ जनाको मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा २८ जनाको मृत्यृ भएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्वजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्,” एक प्रहरी अधिकारीले बताए । प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन । तर दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ । स्थानीय…

Read More

चाँडै सङ्घीय निजामती ऐन आउँछ : मन्त्री पण्डित

चाँडै सङ्घीय निजामती ऐन आउँछ : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताएका छन् । झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताए । उनले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको छ बताएका छन् । मन्त्री पण्डितले प्रतिपक्षी दल काङ्ग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दाबी समेत गरे । यसैबीच, मैथली समाज अर्जुनधाराले मन्त्री पण्डितलाई…

Read More