बस दुर्घटनाका घाइतेलाई डाक्नेश्वरी नगरपालिकाकी उप मेयरले सहयोग गर्ने

बस दुर्घटनाका घाइतेलाई डाक्नेश्वरी नगरपालिकाकी उप मेयरले सहयोग गर्ने

राजविराज । बस दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल डाक्नेश्वरी नगरपालिकाका संयोजक तथा नगरपालिकाकी उप मेयरले आइतवार आर्थिक सहयोग गरेकी छन् । डाक्नेश्वरी नगरपालिकाका संयोजक ओमप्रकास यादव तथा सोहि नगरपालिकाकी उप मेयर इन्दुदेवी यादवले संयुक्त रुपमा एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । दुर्घटनामा घाइते भएकाहरुको उपचारमा केहि सहयोग हुने उद्देश्यले सो रकम प्रदान गरिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव गजेन्द्र मण्डलले जानकारी दिएका छन् । यसअघि घाइतेहरुलाई उपचारकालागि जिल्ला समन्वय समिती सप्तरीका संयोजक प्रभावकर कुमार यादवले पनि ४१ हजार रुपैयाँ आर्थिक…

Read More

मुस्ताङमा बेवारिसे शव फेला पर्यो

मुस्ताङमा बेवारिसे शव फेला पर्यो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक बेवारिसे शव फेला भेटिएको छ । मुक्तिनाथको पुराङ गाउँनजिकै स्थानीय छंगुर खोलाको किनारमा अन्दाजी ३० वर्षीय उमेरको एक युवकको शव फेला परेको मुस्ताङ प्रहरीले जनाएको छ । शव हेर्दा गहुँगोरो वर्ण, मझौलो कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच इञ्च अग्लो, निलो हुड, निलो जिन्स पाइन्ट र हरियो जुत्ता लगाएको पाइएको छ। स्थानीयबासीले शव देखेपछि प्रहरीमा खबर गरेका थिए।

Read More

मुटु र कलेजो जोडिएका जुम्ल्याहा छोरीहरुको मृत्यु

मुटु र कलेजो जोडिएका जुम्ल्याहा छोरीहरुको मृत्यु

सुर्खेतमा मंसिर २ गते जन्मिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै थियो । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरुलाई जन्म दिएकी थिइन् । प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिशषज्ञ डा. नवराज केसीले बालिकाकाहरुको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरिर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरुको मृत्यु भएको बताए । डा. केसीका अनुसार एउटै मुटु कलेजो भएकाले उनीहरुको श्वासप्रवास बढेको थियो ।

Read More

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं । माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । इँटाभट्टामा राखिएको माटोको ढिस्कोमा काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो । प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार हिरा इँटा उद्योगमा राखिएको माटोको ढिस्कोमा उनी पुरिएका थिए ।

Read More

दार्चुला दुर्घटनाका घाइतेलाई स्थानीय तहको आर्थिक सहयोग

दार्चुला दुर्घटनाका घाइतेलाई स्थानीय तहको आर्थिक सहयोग

मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमकाबीच दार्चुलाका महाँकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । बस दुर्घटनामा परी घाइते भएर उपचारमा रहेका छ जना घाइतेका लागि प्रति स्थानीय तह रु एक÷एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले बस दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारमा स्थानीय सरकारकोतर्फबाट सहयोग गर्ने घोषणा…

Read More

हातहतियार सहित २ जना पक्राउ

हातहतियार सहित २ जना पक्राउ

विराटनगरबाट अवैध हातहतियार सहित २ जनालाई पक्राउ गरिउको छ । प्रहरीका अनुसार शनिबार राति विराटनगरको बसपार्क नजिकबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन् । प्रहरीका अनुसार, मेड इन युएसए लेखिएको पेस्तोलसहित पक्राउ परेका दुवै जना लामो समयदेखि भारतबाट अवैध हतियार ओसारपसारमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीका अनुसार, मेड इन युएसए लेखिएको पेस्तोलसहित पक्राउ परेका दुवै जना लामो समयदेखि भारतबाट अवैध हतियार ओसारपसारमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। हतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला…

Read More

विश्वकै ठूलो एक किलो १५३ ग्राम च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

विश्वकै ठूलो एक किलो १५३ ग्राम च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गरे । सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिएका थिए । सो च्याउको तौल एक किलो १५३ ग्राम…

Read More

सशस्त्र प्रहरीको दीक्षान्त: जिम्मेवारीपूर्वक काम गर्न गृहमन्त्रीको निर्देशन

सशस्त्र प्रहरीको दीक्षान्त: जिम्मेवारीपूर्वक काम गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालीमको आज दीक्षान्त समारोहमा गृहमन्त्री थापाले जनताप्रति समर्पित भई अनुशासित र लगनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिए । उनले नेपाललाई समृद्ध बनाउने सरकारको एकमात्र सङ्कल्प रहेकाले सुरक्षा निकाय जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले भने, “लोकतन्त्रको संस्कार, विधिको शासन, कानूनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै जनताप्रति पूर्ण बफादार रही सरकारका…

Read More

तीन महिनामा नेपालको व्यापारघाटा ३ खर्ब ४९ अर्ब ८४ करोड

तीन महिनामा नेपालको व्यापारघाटा ३ खर्ब ४९ अर्ब ८४ करोड

चालू आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत थियो । चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७४ करोड पुगेको छ ।…

Read More

चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु संघिय सांसदः यादव

चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु संघिय सांसदः यादव

आलोक यादव/लहान । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आइतबार सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी बिकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् । उनले भने “यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु…

Read More