योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

अशोक घिमिरे/काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त…

Read More

सारस लुम्बिनीको नगरपन्छी घोषित

सारस लुम्बिनीको नगरपन्छी घोषित

लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ । लुम्बिनीमा आजदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गरेका हुन् । कार्यक्रममा सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरिकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएकाले सोको संरक्षण जरुरी भएको बताए । कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले शान्ति र प्रेमको प्रतीक सारस नेपालमै सबैभन्दा धेरै…

Read More

सरकारले जनचाहाना अनुरुप काम गर्न सकेन: वरिष्ठ नेता पौडेल

सरकारले जनचाहाना अनुरुप काम गर्न सकेन: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको आरोप लगाए । सो कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न…

Read More

विश्वका कम्युनिस्ट पार्टीहरुको बैठकमा नेकपाका तर्फबाट धारणा व्यक्त

विश्वका कम्युनिस्ट पार्टीहरुको बैठकमा नेकपाका तर्फबाट धारणा व्यक्त

ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राखेका छन् । कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा धारणा राख्दै रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीहरुमध्येको एक बनेको बताए । उनले एमालेले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी…

Read More

‘जनताले सरकारका लोकप्रिय कामको अनुभूति गर्नेछन्’

‘जनताले सरकारका लोकप्रिय कामको अनुभूति गर्नेछन्’

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारका लोकप्रिय कामको परिणाम जनताले अनुभूति गर्ने बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले योजना बनाएर कामको शुरुआत गरेकाले परिणाम चाँडै आउने प्रस्ट पारे। उनले सरकारको राम्रो कार्यमध्ये यातायात सिण्डिकेट हटाउने कार्यबाट पछाडि नहटेको र यसलाई निरन्तरता दिइएको बताए । रक्षामन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी विधानअनुसार नै सञ्चालन भएको उल्लेख गर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा गृहकार्य भइरहेको बताए । नेपाली सेनाले आफ्नो प्रक्रियाअनुसार नै सेनामा बढुवा कार्य अगाडि बढाइरहेको उनले बताए ।

Read More

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन् । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।” प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर…

Read More

हातहतियार सहित शनिबार पक्राउ परेकाहरुको पहिचान खुल्यो

हातहतियार सहित शनिबार पक्राउ परेकाहरुको पहिचान खुल्यो

विराटनगर । विराटनगरबाट पेस्तोल र लागुऔषधसहित शनिबार पक्राउ परेका अभियुक्तहरुको पहिचान खुलेको छ । प्राप्त जानकारी अनुसार विराटनगर–१६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरी र ३६ वर्षीय रुपम राई रहेको खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोलीले पक्राउ गरेकामध्ये राई काठमाडौँमा सेक्युरिटीको काम गर्दै आएका थिए । प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ परेका मण्डलका साथबाट पेस्तोल, गोली र १ सय ८० थान लागुऔषध बरामद भएको छ। त्यसैगरी गिरीका साथबाट २ सय थान लागुऔषध बरामद भएको छ । प्रहरीका अनुसार मण्डल र गिरीले भारतबाट ल्याउने र…

Read More

प्रदेश २ ले पारित गर्यो करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक

प्रदेश २ ले पारित गर्यो करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक

प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो । विधेयकको पक्षमा सत्ताधारी दल सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली काङ्गे्रस तथा विपक्षमा नेकपाका प्रदेशसभा सदस्य रहेका थिए । सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना गर्नु रहर नभई बाध्यता…

Read More

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गरेका हुन् । गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले सार्थकता पाउने उनको भनाइ छ । यसअघि शेर्पाले इलाम र पाँचथरका विभिन्न डाँडामा समेत सम्भावना उडान गरिसकेको बताए । देउमाई नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको वडाध्यक्ष बाँस्तोलाले बताए । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अब सिद्धिथुम्काबाट…

Read More

नेपाल–अमेरिका संसदीय मैत्री समूह गठनको तयारी

नेपाल–अमेरिका संसदीय मैत्री समूह गठनको तयारी

सभामुख कृष्णबहादुर महरासँग अमेरिकी राजदूत -यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको द्विपक्षीय भेटमा नेपाल–अमेरिका बीचको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय मैत्री समूह गठनलगायत विषयमा छलफल भएको छ । सो अवसरमा सभामुख महराले राजदूत बेरीको कार्यकाल सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहाद्रपूर्ण रहेको बताउनुभएको सभामुख महराका सञ्चार संयोजक डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले दुई देशबीचको संसदीय सम्बन्धलाई प्रगाढ बनाउन ‘संसदीय मैत्री समूह गठन’को तयारी भइराखेको उल्लेख गर्दै यस्ता समूहले संसदीय अभ्यास,…

Read More