डडेल्धुरा बस दुर्घटनामा आमा गुमाएका बालकलाई अमेरिकाबाट सहयोग

डडेल्धुरा बस दुर्घटनामा आमा गुमाएका बालकलाई अमेरिकाबाट सहयोग

गत हप्ता डडेल्धुरामा भएको गाडी दुर्घटनामा घाइते डोटीका १० वर्षीया बालक नविन बिकलाई अमेरिकामा बस्ने एक नेपालीले आर्थिक सहयोग गरेका छन् । दुर्घटनामा आमा गुमाएका बालकको आर्थिक अभावमा उपचारमा समस्या शिर्षकको समाचार टिभी अन्नपूर्णमा प्रकाशित भएपछि बागलुङका हरि पौडेलले उपचारका लागी आर्थिक सहयोग गरेका हुन । पौडेलले समाचारले आफुलाई निक्कै दुःखी बनाएकाले बालकको उपचारमा सहयोग गर्न चाहेको बताएका छन । आमाकै काखमा हुदाँ भएको दुर्घटनामा आमा गुमाएका बिकको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाईते बिकका आफन्तसमेत सम्पर्कमा नआएका बेला बिकको उपचारमा समस्या भईरहेको अस्पताल प्रशासनले बताएको थियो…

Read More

आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग

आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताएका छन् । राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उनले चीनले भाषा र सांस्कृतिक क्षेत्रमा समेत सहकार्य गर्न इच्छुक रहेको भन्दै खुसी व्यक्त गरे। कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत यु होङले नेपाल र चीन प्राचीन कालदेखि एक असल मित्र रहँदै आएको उल्लेख गर्दै नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने बताए । उनले सन् २०१८ नेपाल र चीनका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपाल…

Read More

स्व. नेता बाँस्तोलाको योगदान महत्वपूर्ण: सभापति देउवा

स्व. नेता बाँस्तोलाको योगदान महत्वपूर्ण: सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीतिक क्षेत्रमा स्व. नेता चक्रप्रसाद बाँस्तोलाको योगदान महत्वपूर्ण भएको बताएका छन् । स्व. बाँस्तोलाको स्मृतिमा आज यहाँ झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ४५ औँ दिनको श्रद्धाञ्जलि सभामा सभापति देउवाले मुुलुकको शान्ति प्रक्रियामा स्व बाँस्तोलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए । लामो समय बिरामी परेका नेता बाँस्तोलालाई उनकी धर्मपत्नी कुसुमले गरेको सेवा र धैर्यताको प्रशंसा गर्दैै सभापति देउवाले स्व बाँस्तोलाकी धर्मपत्नीलाई पार्टीको केन्द्रीय समितिमा भूमिका दिन आफू तयार रहेको घोषणा समेत गरे । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले स्व. बाँस्तोलाले मुुलुकको शान्ति प्रक्रियामा खेलेको…

Read More

लेबनानमा बेलायती रेडियोकर्मी मृत फेला

लेबनानमा बेलायती रेडियोकर्मी मृत फेला

लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला पर्नुभएको लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ । फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी शहरस्थित उहाँकै निवासमा भेटिएको थियो । फोर्डले काम गर्दै आएको ‘रेडियो वन’ समेत रहेको शहरमा बस्दै आएका रेडियोकर्मीको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, “हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ । हामीले उनीसँग बर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उहाँ सधैँ टाढा हुनुहुने छैन ।” प्रहरी तथा उनी कार्यरत…

Read More

कम्बोडियाका प्रधानमन्त्री र म्यानमारका विदेशमन्त्री किन आउँदैछन् नेपाल ?

कम्बोडियाका प्रधानमन्त्री र म्यानमारका विदेशमन्त्री किन आउँदैछन् नेपाल ?

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी उहाँहरु सद्भावना भ्रमणका क्रममा यही मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउन लागेको जनाएको छ । भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र उनका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।…

Read More

लुक्लाको एक होटलमा २ बालिका मृत अवस्थामा भेटिए

लुक्लाको एक होटलमा २ बालिका मृत अवस्थामा भेटिए

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा २ बालिका सुतेकै अवस्थामा मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर –२, लुक्लाको एभरेष्ट होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र होटेलमै बसेर अध्ययन गर्दै आएकी उनकी ९ वर्षीया बहिनी खुसी राई सुतेकै अवस्थामा मंगलबार मृत भेटिएका हुन् । महाकुलुङ गाउँपालिका वडा नम्बर –३, छेस्कामका बालिकाहरुमध्ये संगना ५ वर्ष तथा खुसी विगत एक वर्षदेखि होटेलमा काम गर्दै आएका थिए । बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिए…

Read More

श्रीमानले गरे आफ्नै श्रीमतीको आग्लो प्रहार गरि हत्या

श्रीमानले गरे आफ्नै श्रीमतीको आग्लो प्रहार गरि हत्या

दोलखाको जिरी नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् । तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा श्रीमती राममायाँको घटनास्थलमा नै मृत्यु भएको हो । सालोको विवाहका लागि ससुरालीमा गएका तामाङ श्रीमतीको हत्यालगत्तै फरार रहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायाँको शव जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान…

Read More

सुदूरपश्चिम प्रदेश सरकारको खर्च १ दशमलब ६ प्रतिशत मात्रै

सुदूरपश्चिम प्रदेश सरकारको खर्च १ दशमलब ६ प्रतिशत मात्रै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटमध्ये प्रथम चौमासिक अवधिमा १ दशमलब ६ प्रतिशत खर्च भएको छ । कूल खर्चमध्ये पूँजीगततर्फ रु दुई करोड नौ लाख (० दशमलब १८ प्रतिशत) र चालूतर्फ रु ३९ करोड ५३ लाख (२ दशमलब ९६ प्रतिशत) रहेको छ । प्रदेश सरकारको चालू आवमा कूल विनियोजित बजेट रु २५ अर्ब ६ करोड ५६ लाख रहेको छ । योमध्ये चालूतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख विनियोजन गरिएकोे छ । आज यहाँ आयोजित पत्रकार…

Read More

थ्रेसरले किचेर एक जनाको मृत्यु

थ्रेसरले किचेर एक जनाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थ्रेसर लगाएर फर्किंदै गरेको ना ५ त ४९७५ नंंको ट्र्याक्टरमा जडित थ्रेसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको मृत्यु भएको छ । घाइते सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच दिनअघि मात्रै सर्लाहीको कविलासी नगरपालिका–९ सलेमपुरमा थ्रेसर मेशिनमा बेरिएर एक मजदूरको ज्यान गएको थियो ।

Read More

प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम सिफारिस

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिए । संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै छन् । प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश…

Read More