लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले झापाको विर्तामोडबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७३ नंको बसमा चेकजाँचका क्रममा झापाका २२ वर्षीय राजु दाहाललाई आज पक्राउ गरेको हो । पक्राउ दाहालसँग अनुसन्धान गर्दा ललितपुरका २३ वर्षीय अजय लिम्बू र २५ वर्षीय विजय राईलाई समेत पक्राउ गरेको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक केशव भट्टले ८० एम्पुल डाइजेपाम, ८० एम्पुल फेनार्गन र ८० एम्पुल नुर्फिनसहित पक्राउ गरिएकोे जानकारी दिए । झोलामा लुकाएर ल्याएको अवस्थामा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका दाहालसँग सोधपुसपछि…

Read More

नेकपा सचिवालय बैठक: प्रदेश कमिटिले पूर्णता पायो, सदस्यहरुको नाम सार्वजनिक भएन्

नेकपा सचिवालय बैठक: प्रदेश कमिटिले पूर्णता पायो, सदस्यहरुको नाम सार्वजनिक भएन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बुधबार बसेको बैठकले प्रदेश कमिटि एकतालाई पूर्णता दिएको छ। सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिइएको र प्रदेश कमिटिका सदस्यको नाम टुंगो लगाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयको अर्को बैठकमा केन्द्रीय समिति सदस्यको कार्यविभाजन, जिल्ला समितिको मुख्य नेतृत्वको चयन प्रक्रियामाथि छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए । सात प्रदेश कमिटिको एकतालाई बैठकले पूर्णता दिए कमिटि सदस्यहरुको नाम भने सार्वजनिक गरेको छैन् ।

Read More

मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि तिथिअनुसार आजदेखि पूजा चलाउन मिल्ने भयो”, मूल पुजारी थापाले भन्नुभयो, “सधैँ जस्तै नियमितरुपमा गरिने नित्य पूजा गरेर मन्दिर खुला ग¥यौँ ।” बाहिरको केही काम गर्न अझै बाँकी छ । मूल मन्दिरमा पूजा गर्दा…

Read More

अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । भर्ना भएका कर्मचारीलाई सरकारको तलब स्केल, खाजा खर्च र ५० प्रतिशत भत्तासमेत दिने भनेर प्रलोभनमा पारेका थिए । कार्यालयमा हाजिर भएर काम गर्दै आएका कर्मचारीलाई यो नयाँ कार्यालय हो मलाई कार्यालय…

Read More

सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकिकरण मन्त्रालयले जानकारी दिएको छ । आगामी शुक्रबारबाट शुरु हुने यो सीमा क्षेत्र रेलमार्गको निरीक्षण १८ दिनसम्म हुने जनाइएको छ । यी दुई देशको सीमा क्षेत्रमा रहेको यस रेलमार्गको यसरी संयुक्तरुपमा निरीक्षण शुरु भएको सन् १९५३ मा दुई कोरियाको विभाजनपछिकै पहिलो पटक हो । दुई देशबीच गत जुन महिनाको अन्त्यबाट नै संयुक्तरुपमा यो रेलमार्ग निरीक्षण गर्ने विषयमा छलफल भई योजना बनेको थियो…

Read More

‘नागरिकताका विषयमा संवेदनशील हुनुपर्छ’

‘नागरिकताका विषयमा संवेदनशील हुनुपर्छ’

ठूलो जनसङ्ख्या रहेका छिमेकी मुलुकसँगको खुला सिमाना र रणनीतिक रुपमा उठाइने गरेको नागरिकताका विषयमा निकै संवेदनशील भएर निर्णयमा पुग्न सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँँदै सांसदले नेपाली नागरिकलाई सहज रुपमा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने तथा गैरनेपालीले कुनै पनि हालतमा नागरिकता प्राप्त गर्न नसक्ने प्रावधान राखिनुपर्ने सुझाव दिएका हुन् । नेपालको संविधानको भावनानुसार वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुका नामबाट लैङ्गिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र सहज रुपमा प्राप्त…

Read More

कालिकोट जिल्ला मदिरा निषेधित घोषणा

कालिकोट जिल्ला मदिरा निषेधित घोषणा

मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ । दोस्रो जिल्लासभाले पारित गरेका १७ वटा निर्यणको पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अहिलेसम्म मदिरा सेवनकै कारणले समाजमा परेको सामाजिक खलल नहुन दिन मदिरा निषेधित नीति तथा कार्यक्रम पारित गरेको बताए । सबै स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो नीति तथा कार्यक्रममा मदिरा निषेधित गर्ने निर्यण गरिसकेकाले मदिरा निषेधित घोषणाको मिति तोक्न मात्रै बाँकिरहेको प्रमुख शाहीले बताए । जिल्लाबाट अवैध तरिकाले जडीबुटी, काठ…

Read More

सप्तरीः आगलागीबाट पाँच लाखको क्षति

सप्तरीः आगलागीबाट पाँच लाखको क्षति

सप्तरीका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा आज रु पाँच लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी शिवलाल सदाको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा छिमेकी कुकुरा सदाको घरमा समेत आगो फैलिएको थियो । सो आगलागीबाट दुई घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । त्यस्तै खड्क नगरपालिका–४ अमहामा समेत आगलागी हँुदा स्थानीयवासी मोहम्मद गफुलको एउटा घर जलेको छ । आगलागीबाट उनको करीब रु एक लाखभन्दा बढी बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला…

Read More

एकल महिला हत्या आरोपमा पक्राउ परेका दुई जना रिहा, दुई थुनामा

एकल महिला हत्या आरोपमा पक्राउ परेका दुई जना रिहा, दुई थुनामा

एकल महिला हत्या आरोपमा पक्राउ परेका उनकै दुई साथी आज धरौटी राखी तारेखमा रिहा भएका छन् । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालयसँग जोडिएकै घरमा एक्लै बस्दै आएकी आशादेवी देवको हत्या आरोपमा एक महिनाअघि पक्राउ परेकी उनकै छिमेकी ३० वर्षीया चनरदेवी मेहतर ३५ हजार धरौटीमा र ३५ वर्षीया मुन्नीदेवी साह २५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा उनीहरु धरौटी राखी तारेखमा रिहा भए भने हत्या घटनामा प्रत्यक्ष संलग्न रहेका राजविराज नगरपालिका–६ का ३२ वर्षीय शङ्कर राउत र २६ वर्षीय सुरज राउत पुर्पक्षका लागि…

Read More

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले बलात्कार गरेको कसुरमा १७ र १४ वर्षीय दुई जनालाई साढे दुई वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष गरी पाँच वर्ष कैद सजायको फैसला गरेको हो । आरोपितहरु बालक रहेकाले बालसुधारगृहमा राखिने न्यायाधीश ढुङ्गानाले बताए । सप्तरीको कञ्चनरूप नगरपालिका–९ रूपनगरस्थित विष्णु सामुदायिक वनभित्र ०७४ साल असार १७ गते आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गराएकी…

Read More