एम्बुसमा परी एउटा खुट्टा घुमाएकी मीरा कटुवाललाई कटारी काँग्रेसले गर्यो सम्मान

एम्बुसमा परी एउटा खुट्टा घुमाएकी मीरा कटुवाललाई कटारी काँग्रेसले गर्यो सम्मान

अभिमन्यु लामीछाने, उदयपुर नेपाली काँग्रेस नगर समिति कटारी उदयपुरले नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मीरा कटुवाललाई सम्मान गरेको छ । कटारी कांग्रेस नगर समितिले सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेर कटुवाललाई सम्मान गरेको हो। नगर सभापति गोपी पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि काँग्रेस जिल्ला सचिव सागदोर्जे तामाङ, विशिष्ट अतिथि कोषाध्यक्ष राजेश चन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । गत वर्ष संघ र प्रदेशको निर्वाचनका क्रममा उदयपुरको उदयपुरगढी गाउँपालिका नेपालटारको जनसभालाई सम्बोधन गर्न जाने क्रममा मंसिर १३ गते दनुवार बेसींमा भएको एम्बुस विष्फोटमा परी कटुवालले एउटा खुट्टा गुमाएकी थिईन।…

Read More

उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी समावेश

उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी समावेश

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी परेका छन । पुष १३ गते हुने अवार्ड कार्यक्रममा २०७४ सालमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २९ खेलका खेलाडीलाई सम्मान गरिने आयोजकले बताएको छ । यसअघि एनएनआइपीले ३५ खेलका खेलाडीलाई सम्मान गर्दै आएको थियो । तर यो वर्ष सो संख्या घटाएर २९ मा पुर्याएको छ । २९ खेलबाट एक एक खेलाडीलाई वर्ष उत्कृष्ट अवार्ड दिइनेछ । उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन । यसअघिका संस्करणमा जस्तै यसपटक पनि…

Read More

गरीबी १० प्रतिशतमा झारिने

गरीबी १० प्रतिशतमा झारिने

प्रदेश नं ५ सरकारले निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसङ्ख्या आगामी पाँच वर्षभित्र १० प्रतिशतमा झार्ने महत्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ ।  विस २०६८ को जनगणनानुसार हाल प्रदेशमा कूल जनसङ्ख्याको २५ दशमलव ९ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि छ । प्रदेश ५ को कूल जनसङ्ख्या ४४ लाख ९९ हजार २७२ छ । प्रदेश नं ५ ले तर्जुमा गर्न लागेको पञ्चवर्षीय प्रदेश आवधिक योजना (आव २०७६/०७७ –२०८०/०८१) मा सो लक्ष्य प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पश्चिम नवलपरासीको सुनवलमा जिल्लाका सरोकार भएकाहरुबीच गरेको सुझाव सङ्कलन गोष्ठीमा आवधिक योजनाको प्रारम्भिक मस्यौदाबारे…

Read More

‘म बोल्छु’ भन्दै नायिका मानन्धर

‘म बोल्छु’ भन्दै नायिका मानन्धर

–सञ्चिता घिमिरे चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन् । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनी खुलेरै भन्न थालेकी छन् । उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनी गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी छन् । आमाले भोगेको समस्याका बारेमा उनले भनीन्, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँको अधिकार खोज्न सकिएन ।” जीवन निर्वाहका लागि आमासँगै आफू पनि कठिन परिश्रम गरेको स्मरण…

Read More

ठगीमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ठगीमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

प्रचलित बजार भाउअनुसार एक किलो सुन दिने भन्दै झन्डै ५० लाख रुपैयाँ ठगीमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित सूर्यविनायक गेस्ट हाउसमा बोलाई सुन व्यवसायी बुद्ध विश्वकर्मा शंकरको ४९ लाख ४७ हजार लुट्ने समूहका ४ जनालाई मंगलबार राति ललितपुरको बल्खुबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई काठमाडौं मैतीदेवीस्थित बुद्ध ज्वेलरी वर्कसपका सञ्चालक विश्वकर्माको जाहेरीपछि पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत ३५ वर्षीय हवल्दार मोहनबहादुर बम, ललितपुर सानेपा बस्ने दाङ घोराहीका २८ वर्षका गोपाल विश्वकर्मा, राप्ती गाउँपालिका बाराहखुट्टी बस्ने २७…

Read More

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनयक–धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङमार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । महाशाखाका प्रमुख श्रेष्ठले एक महीनापछि सुरुङमार्ग निर्माण कार्यको अध्ययन शुरु गर्ने जानकारी दिनुभयो । यसअघि पनि प्रतिनिधिसभा…

Read More

आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका हुन् ।

Read More

फिफा बरियतामा नेपाल एक स्थान तल

फिफा बरियतामा नेपाल एक स्थान तल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् । नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम…

Read More

रिसको झोकमा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

रिसको झोकमा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

राजविराज आमाले गाली गरेको झोकमा सप्तरीमा एक बालिकाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । कञ्चनरूप नगरपालिका– ४ जगतपुरकी १३ वर्षीया अञ्जली चौधरीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । दिदी सविनाका अनुसार विद्यालय नगएको विषयमा आमा सरीताले गाली गरेपछि बुधबार साँझ अञ्जलीले शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी थिइन् । उनी कञ्चनरुपस्थित इन्टरनेसनल लक्की इंगलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिइन् । जलेर घाइते भएकी अञ्जलीलाई उपचारका लागि बुधबारै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना गरिएकी अञ्जलीको बिहीबार बिहान १०…

Read More

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयू ७८ दशमलब ६ वर्ष भएको छ ।…

Read More