भारतीय नेता भन्छन नेपालको विकासले भारतको समेत हित गरेको छ ?

भारतीय नेता भन्छन नेपालको विकासले भारतको समेत हित गरेको छ ?

भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गरे । नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उनले बताए । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पारे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उनले आफूले १८ वर्षदेखि…

Read More

दाइजो नदिएको निहुँमा हत्या

दाइजो नदिएको निहुँमा हत्या

कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् । बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन् । डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने पत्रकारसँगको कराकानीका क्रममा जानकारी दिएको छ । मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ…

Read More

‘घर बाहिर गएकी महिलाको यौन व्यवहारबारे प्रश्न उठाइन्छ’

‘घर बाहिर गएकी महिलाको यौन व्यवहारबारे प्रश्न उठाइन्छ’

बेचबिखनमा परेका महिलाहरूको उद्धार गरिएपनि उनीहरूको पारिवारिक र सामाजिक पुनर्मिलन गराउन नसक्दा उनीहरू फेरि पनि बेचिने संभावना निकै धेरै रहेको त्यस क्षेत्रमा कार्यरत अभियानकर्मीले बताएका छन्। उनीहरू भन्छन्-बेचबिखनमा परेकाहरू यौन शोषणमा परेका हुन्छन् भन्ने गलत बुझाइका कारण परिवारसँग पुनर्मिलन गराउन कठिन देखिन्छ। बेचबिखनमा परेकाहरूको उत्थानका लागि सरकारी प्रयास पनि पर्याप्त नभएको अधिकारीहरू नै स्वीकार गर्छन्। मध्यमाञ्चलकी एक जना महिला एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर सरसफाइको काम गर्न भनी कुवेत गएकी थिइन्। तर त्यहाँ पुगेपछि घरेलु कामदारको रूपमा काम गर्न बाध्य पारिएको उनले बताइन्। नेपालमा हुँदा कबोल गरिएको भन्दा आधा…

Read More

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख…

Read More

निर्मला पन्तका पोष्टरले नकारात्मक सन्देश दिएको भन्दै प्रहरीले च्यात्याे पोष्टर

निर्मला पन्तका पोष्टरले नकारात्मक सन्देश दिएको भन्दै प्रहरीले च्यात्याे पोष्टर

निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ। ‘सरकार त भेटियो, न्याय भेटिएन’ लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो। बुधबार राती एक युवा समूहले यस्ता पोष्टरहरु टाँसेका थिए। त्यही अभियानलाई निरन्तरता दिँदै अर्को युवा समूहले पोष्टरिङ गरेपछि १२ जनालाई प्रहरीले आज गिरफ्तार समेत गरेको थियो। महानगरीय प्रहरी बृत सिंहदरबारको टोलीले उनीहरुलाई राजधानीको माइतिघरबाट पक्राउ गरेको थियो। राजधानीमा एसिया प्रसान्त सम्मेलनका लागि आएर विदेशी राष्ट्रका प्रधानमन्त्रीलगायत अति विशिष्ट अथिति आएको समयमा यस्ता पोष्टरले नकारात्मक सन्देश जाने भन्दै प्रहरीले पोष्टर हटाउने काममा लागेको हो। पक्राउ…

Read More

सरकारले देखिने गरी काम गर्छ : प्रवक्ता श्रेष्ठ

सरकारले देखिने गरी काम गर्छ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठन भएको छोटो अवधि भएकाले अहिल्यै कामको मूल्याङ्कन गर्ने समय नभएको प्रष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठले पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै कोही कसैले समूह निर्माण गर्न खोजे जरैदेखि उखेल्नु पर्नेमा जोड दिनुभयो । “व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैन भन्दै यसलाई निरुत्साहित बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या हुनु दःुखद भएको उल्लेख गर्दै सङ्लग्न अपराधीलाई सरकारले पक्राउ गरी कानूनअनुसार कारवाही गर्ने…

Read More

शैक्षिक भ्रमणको बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

शैक्षिक भ्रमणको बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

पोखराबाट शैक्षिक भ्रमणका लागि गोरखा आएको रिजर्ब बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका पाटनबेशीको तारापुञ्ज माविका विद्यार्थी बोकेको ग १ ख ६३९६ नम्बरको बसले शुक्रबार दिउँसो गोरखा नगरपालिका १२ शिखरडाँडाको सेन्ट जोसेफ स्कुलका विद्यार्थी प्रिन्स थापा मगरलाई किचेको हो। थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  विद्यालयबाट घर र्फकने क्रममा विद्यालयको बसबाट ओर्लेर सडक पार गर्दै गर्दा गोरखा सदरमुकाम बाट पोखरा र्फकदै गरेको उक्त बसले थापालाई ठक्कर दिएको थियो । प्रहरीले बस र चालकलाई लियन्त्रणमा लिएको छ। बसमा रहेका शैक्षिक भ्रमणका विद्यार्थीलाई…

Read More

सेती लोक मार्ग निर्माण तीन महिनामा सुरु हुन्छः सांसद साउद

सेती लोक मार्ग निर्माण तीन महिनामा सुरु हुन्छः सांसद साउद

पवन मुडभरी, बौनिया । प्रदेश ७ का प्रदेश सभा सदस्य नन्द बहादुर साउदले तीन महिना भित्रै सेती लोक मार्ग निर्माणको काम सुरु हुने बताएका छन् । सेती लोक मार्ग निर्माणका लागि पूरक वातावरणिय मूल्याङ्कन एसईआईएको कैलालीको बौनियामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । साउदले पूरक वातावरणिय प्रभाव मूल्याङ्कनको अध्ययन गरी काम सुरु गर्न इन्जिनियरहरूलाई आग्रह गरे । विगतका दिनहरूमा विभिन्न बहानामा ढिलाइ गरिएको भए पनि अब प्रदेश मातहतमा आइसकेकोले निर्माण कार्य सुचारु गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी र विभिन्न सरोकारवाला व्यक्तिहरूले जिज्ञासा…

Read More

फोटोमा एशिया प्यासिफिक शिखर सम्मेलनः दुलहीझै सिङगारियो ह्यात होटेल (फोटो फिचर)

फोटोमा एशिया प्यासिफिक शिखर सम्मेलनः दुलहीझै सिङगारियो ह्यात होटेल (फोटो फिचर)

विष्णु गिरी । काठमाडौं–एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ । ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यातको मुख्य गेटबाट प्रवेश गरेपछि होलको जताततै फूलैफूलले आगन्तुकको स्वागत गर्दछन् । विजुलीका पोलहरु सबै फुलले ढाकिएका छन् । होटलको वरपर ढुंगा विच्छ्याइएका सिँढीहरुमा समेत रेड कार्पेट विच्छ्याइएको छ । होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ…

Read More

लाखौं विद्यार्थीको भविष्य बनाउने जिम्मा पाएका शिक्षक आन्दोलनमा

लाखौं विद्यार्थीको भविष्य बनाउने जिम्मा पाएका शिक्षक आन्दोलनमा

विभिन्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघले आफूहरुको माग सरकारले सम्बोधन नगरेको भन्‍दै आन्दोलन गरेको हो । विहीबार १६ बुँदे मागसहित उनीहरु भृकुटीमण्डपमा आन्दोलनमा उत्रिएका हुन। काठमाडौं ललितपुर र भक्तपुर शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् भने देशका विभिन्न ठाउँबाट पनि आन्दोलनमा सहभागी हुन शिक्षकहरु आएका छन् । महासंघको आन्दोलनलाई प्रहरीले भृकुटीमण्डपमै हस्तक्षेप गरेको थियो। उनीहरुले प्रदर्शनीमार्गबाट सुरु गरी नयाँ बानेश्‍वरमा पुगेर कोणसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम प्रहरी हस्तक्षेपका कारण सफल हुन सकेन। लाखौं विद्यार्थीको भविष्य बनाउने जिम्मा पाएका शिक्षक नै पढाउन छोडेर आन्दोलनमा उत्रिनु बिडम्बनाको…

Read More