मुखमा पैसा अड्किँदा दुई वर्षीय बालकको ज्यान गयो

मुखमा पैसा अड्किँदा दुई वर्षीय बालकको ज्यान गयो

वीरगञ्ज महानगरपलिका–३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ ।शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

पूर्वमन्त्रीसहित राप्रपाका नेता कार्यकर्ता पक्राउ

पूर्वमन्त्रीसहित राप्रपाका नेता कार्यकर्ता पक्राउ

पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् ।एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने कामा गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अचियानमा सक्रिय रहेको सन्देश दिएको उसको आरोप छ । साथै आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।

Read More

राष्ट्रिय हित अनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा प्रचण्डको जोड

राष्ट्रिय हित अनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा प्रचण्डको जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उहाँले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गर्नुभयो ।”समाजवाद…

Read More

गाँजासहित दुई पक्राउ

गाँजासहित दुई पक्राउ

चन्द्रागिरि नगरपालिका–२ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका– ७ बस्ने १८ वर्षीया सरिता तामाङ र सोही ठाउँका १७ वर्षीय सञ्जोक तामाङलाई तीन किलो अवैध गाँजासहित पक्राउ गरेको छ । गएराति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

Update: पिकनिकमा गएको बस दुर्घटनामा दुईको मृत्यु ४३ घाइते

Update: पिकनिकमा गएको बस दुर्घटनामा दुईको मृत्यु ४३ घाइते

  सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। कटकुवाबाट सुर्खेत आउदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा अरू ४३ जना घाइते भएका छन्। प्रहरीको अनुसार भर्खरमात्र उद्धारकार्य सकिएको छ। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, देउती अस्पताल, माया नर्सिङहोममा उपचार भइरहेको छ। पिक्निक खाएर फर्कदै गरेको अवस्थामा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको हो। बसमा कति जना सवार थिए भन्ने भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

Read More

लकिङ सिस्टमको ट्यांकरबाट डिजल चोरी भएको घटनामा सीआईबीको छानविन

लकिङ सिस्टमको ट्यांकरबाट डिजल चोरी भएको घटनामा सीआईबीको छानविन

मंसिर ६ गते भारतको बरौनीबाट विराटनगर आएको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजल चोरी भएको घटनाको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले छानबिन शुरु गरेको छ ।सिआईबीको प्रहरी निरीक्षकको टोलीले शुक्रवार देखि अनुसन्धान शुरु गरेको र सम्बन्धित व्यक्तिहरुसंग सोधपुछ थालेको नेपाल आयल निगम विराटनगरका प्रादेशिक प्रमुख दिनेश यादवले जानकारी दिनुभयो ।अत्यन्त सुरक्षित र विश्वसनीय मानिएको ट्यांकर लकिङ प्रणाली लगाइएको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट डिजल हराएपछि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको तीन सदस्यीय अनुसन्धान टोली विराटनगर पठाएको थियो । आयल निगमको टोली शुक्रवार नै राजधानी काठमाण्डौ फर्किसकेको…

Read More

काठमाण्डौमा १९ वर्षीया भावना गुरूङको बेहोस भएर मृत्यु

काठमाण्डौमा १९ वर्षीया भावना गुरूङको बेहोस भएर मृत्यु

काठमाडौं जडिबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको शनिबार बिहान बेहोस भएर मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल डेरा गरी बस्ने सर्लाही जानकीनगरका सञ्जीप लोप्चन (तामाङ) को कोठामा अचानक बेहोस भएकी भावनालाई उपचारको लागि नेपाल मेडिकल कलेज आत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।सञ्जीपलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

आगामी तीन दिन वर्षा र हिमपात हुने

आगामी तीन दिन वर्षा र हिमपात हुने

मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याएको छ । आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज बिहानैदेखि काठमाडौँ…

Read More

लघु वित्तको ब्याज चर्को भयोः प्रधानमन्त्री

लघु वित्तको ब्याज चर्को भयोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरूले उच्च ब्याज लिने गरेको भन्दै राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराएका छन्। राजधानीमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताए। गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरूले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ति जनाए। उनले राष्ट्र बैंकबाट कार्यक्रममा उपस्थित अधिकारी प्रति इंकित गर्दै लघुवित्त संस्थाले लिने उच्च ब्याजदर प्रति गम्भीर ध्यानाकर्षण जनाए। गरिबी निवारणमा सहयोगी भुमिका निर्वाह गर्न, गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई…

Read More

तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

  तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ । उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ । “सडकमा बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ,” स्थानीय किसान छोटीराम चौधरीले भने, “सडकमा बसेर तरकारी बिक्री गर्दा दुर्घटनाको जोखिम रहन्छ ।” तरकारी बिक्री गर्नका लागि घरघरमा पु¥याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११…

Read More