उपचारका लागि अध्यक्ष दाहाल अस्पतालमा

उपचारका लागि अध्यक्ष दाहाल अस्पतालमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आज ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल जानुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

Read More

साना किसानलाई सहयोग हुने नीतिगत व्यवस्था गर्छौं : मन्त्री खनाल

साना किसानलाई सहयोग हुने नीतिगत व्यवस्था गर्छौं : मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले साना किसानलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गरिने बताउनुभएको छ । आज बाँकेको महादेवपुरीमा बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्दै उहाँले बाख्रा पालनमा लागेका साना किसानलाई सहयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला तथा मझौला किसानले सहयोग तथा अनुदान प्राप्त गरिरहे पनि साना किसान सहयोगको पहुँचभन्दा बाहिर रहेका छन् । अब साना किसानले सहयोग पाउने गरी नीतिगत व्यवस्था गर्नेतर्फ जोड दिनेछु ।” मन्त्री खनालले बाँकेलाई बाख्रा उत्पादन हुने जिल्लाको रुपमा चिनाउन किसानलाई आग्रहसमेत गर्नुभयो । सोही अवसरमा प्रदेश नं ५ सरकारका…

Read More

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताएका छन । एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन गर्नुहुँदै उनले सरकार सुशासन र विधिको शासनलाई थप संस्थागत गर्न लागिपरेको बताए । प्रधानमन्त्री ओलीले भने, “सरकार, विधिको शासन, कानूनी राज्य र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी तवरले लागिपरेको छ । कानूनी दृष्टिमा सबै नागरिक समान भएकाले सरकारले सोहीअनुसार व्यवहार गरिरहेको छ ।” सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी रहेको र त्यसमा जागरुप नागरिक समाज र सरोकार…

Read More

नगदरहित स्वास्थ्य उपचार सेवा सम्झौता

नगदरहित स्वास्थ्य उपचार सेवा सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्नेले बीमा लेखाको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक डा चक्रराज पाण्डे र इन्स्योरेन्स लिमिटेडका कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सो सम्बन्धी सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गरे । सो अवसरमा निर्देशक डा पाण्डेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वस्तरको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइराखेको बताए । अस्पतालले नगदरहित उपचार सेवालाई प्रवद्र्धन गर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउन सो इन्स्योरेन्सँग सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्स कम्पनीका कार्यकारी निर्देशक खत्रीले आफ्ना ग्राहकलाई बीमालेखा…

Read More

घुस लिएको आरोपमा पक्राउ

घुस लिएको आरोपमा पक्राउ

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।

Read More

कानून निर्माणले गति लिनेछ – उपाध्यक्ष

कानून निर्माणले गति लिनेछ – उपाध्यक्ष

पोखरा। राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानले व्यवस्था गरेअनुसार कानून निर्माणले गति लिने बताएका छन । यहाँ आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले पुस महीनाको पहिलो हप्तादेखि चल्ने सदनले आवश्यक कानून निर्माणलाई तीव्रता दिने बताए । संविधानले व्यवस्था गरेको समयभित्र कानून बनाइसक्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष दाहालले त्यहीअनुरुप संसद् अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद्बाट १०० भन्दाबढी कानून निर्माण गर्नुपर्नेमा हालसम्म २२ कानून बनेको उल्लेख गर्दै उनले बन्नुपर्ने अन्य कानूनका मस्यौदा विषयगत समितिमा अहिले पनि दैनिक जस्तै छलफल भइरहेको जानकारी दिए । निर्मला हत्या प्रकरणका दोषीलाई सरकारले ढिलै भए पनि कानूनी…

Read More

प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड

प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड

विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् । अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताएका छन् । उनले मुलुक स्थायित्वतर्फ अघि बढेको भन्दै जनताको आशा अब पुरा हुने तर्क समेत गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै…

Read More

अपाङ्गता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्छ : राष्ट्रपति

अपाङ्गता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल गर्न जरुरी रहेको जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताजस्ता विषयलाई आत्मसात् गरी स्रोतसाधनलगायत आवश्यक कुराको…

Read More

प्रहरी जवान मृत भेटिए

प्रहरी जवान मृत भेटिए

दमक। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । उनी डेरामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Read More

९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु

९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु

दाङ, जिल्लामा चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो । प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको…

Read More